News & Events

उद्योग वाणिज्य संघ, चितवनको आयोजनामा आजबाट शुरु भएको चितवन महोत्सवमा प्रमुख अतिथिका रुपमा चितवन आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले २५ मीटर सडकको विषयमा ध्यानाकर्षण गराउनु भएकोछ । महोत्सवको उद्घाटन पछि केहीबेर हेटौंडा क्षेत्रको २५ मीटर सडक विस्तारको विषयमा कुराकानी भएको अध्यक्ष न्यौपानेले बताउनु भएकोछ ।  मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद के.सी. समेतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले भन्नु भयो , यस विषयमा मैले जानकारी केही दिन अघि मात्रै पाएकोछु, बास्तविकता नबुझी सरकारले कुनै कदम नचाल्ने हुनाले मकवानपुरबासीलाई त्रसित नहुन आग्रह गर्नु भएकोछ । प्रचण्डले अगाडी भन्नु भयो,– यस विषयलाई लिएर मलाई भेट्न काठमाडौं आउनुस्, बास्तविकता के रहेछ, म आजैदेखि यस ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ तथा जिल्ला स्तरीय राजनैतिक दलहरुको संयुक्त टोलीले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेट गरेकोछ ।  मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्व तथा सडक डिभिजन कार्यालय, हेटौंडाले २५ मीटर भित्रका घरटहरा हटाउन गरेको १५ दिने सूचनाबाट हेटौडा बजार क्षेत्रका घरधनी त्रसित रहेकोले यसको निकासका लागि मन्त्री लेखकसँग भेट गरेको हो । मन्त्री लेखकलाई स्थानीय राजनैतिक दल, स्थानीय सरकारी कार्यालयहरुसँग गरेको यसभन्दा अघिका वार्ता, सम्झौताको विषयमा समेत मन्त्री लेखकसँग छलफल गरेको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हाल हेटौडा बजारमा सडक विस्तारको विषयले आतंकित रहेकोले सरकारको तर्फबाट ठोस निकास निकाल्न आग्रह गर्नु भएको थियो ... Read More


पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ मीटर सडक विस्तार गर्ने क्रममा मकवानपुरको हेटौडा बजार क्षेत्रमा रहेका निजी घरटहरा भत्काउनु अघि उचित क्षतिपूर्ति दिएर मात्र भत्काउनु पर्ने भन्दै आज यहाँका उद्योगी व्यवसायी तथा घरधनीहरुले मध्यमाञ्चल क्षेत्रीय कार्यालय, हेटौडामा ज्ञापन पत्र बुझाएका छन् । र्यालीमा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय व्यवसायी, घरधनीहरुको सहभागिता रहेको थियो । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद के.सी.लाई ज्ञापनपत्र बुझाउदै उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले आफूहरु विकास विरोधी नभएको तर बजारमा विभिन्न व्यवसाय गरिरहेका व्यवसायीलाई अन्य स्थानमा स्थान्तरण र घरधनीहरुलाई मुआब्जाका लागि सरकारले पहल गरोस् भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाएको बताउनु भएको छ । संघका अध्यक्ष न्यौपानेले आजसम्म सरकारलाई कर ... Read More