News & Events
FGD


मकवानपुरमा एक दिवशीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा ELMS Operation Unit का Team Leader चन्द्रकान्त अधिकारीको सहजिकरणमा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल एशोसिएसन नेपालको संयुक्त सहकार्यमा श्रम बजार सर्वेक्षण कार्य भएको ELMS Operation Unit का Team Leader चन्द्रकान्त अधिकारीले कार्यक्रममा बताउनु भयो । कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेर सर्वेक्षण गरिएको उहाले जानकारी गराउनु भयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) संग समन्वय ... Read More


welcome18

मकवानपुर उद्योग वाणिज्य संघले स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम गरेको छ । मकवानपुर जिल्लाको १० वटा पालिकाका प्रमुख तथा उप्रमुख, हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाका अध्यक्ष तथा हेटौंडाको कार्यपालिका सदस्यहरुको सम्मान कार्यक्रम गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाले हेटौंडाको व्यवसायीहरुको हकहितमा उपमहानगर लागिरहने बताउनु भयो । उहांले साना ठूला सबै व्यवसायीलाई लक्षित गरी व्यावसायिक सीप प्रदान गरिने बताउनु भएको थियो ।
कार्यक्रममा उपमेयर राजेश बानिया, भीमफेदी गाउंपालिकाका अध्यक्ष हिदम लामा, बकैया गाउंपालिकाका अध्यक्ष धर्मराज ... Read More


welcome12

मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न बस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई स्वागत गर्ने कार्यको केही समय अघिदेखि थालनी गरेको छ । यसअघि विभिन्न बस्तुगत संघको नव निर्वाचित कार्यसमितिलाई संघमा निम्त्याई स्वागत तथा छलफल गरिसकेको मउवासंघले सोमबार व्यावसायिक बाख्रापालन संघको नव निर्वाचित कार्यसमितिलाई मउवासंघमा स्वागत गरेको हो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बाख्रापालन संघको बागमती प्रदेश, मकवानपुर जिल्ला र हेटौंडा नगरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने मउवासंघका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
मउवासंघका अध्यक्ष कुष्ण कुमार गुप्ताले बस्तुगत संघहरुको महत्व रहेको, व्यवसायीहरु आफ्नो क्षेत्रको विज्ञ आफै रहेको र उहांहरुलाई प्रोत्साहित गर्न कार्यक्रम सहायक हुने ... Read More


training1

मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी विकास समितिले शुक्रबार मोबाइल बैंकिङ्ग सम्बन्धी एक दिवसीय तालिम सम्पन्न गरेको छ । समितिका सभापति अंकिता सुमार्गीको अध्यक्षतामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिममा महालक्ष्मी विकास बैंक, हेटौंडा शाखाका प्रमुख शम्भु प्रसाद पराजुली र अपरेसन ईन्चार्ज अन्जना ढुसुजुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, सहकोषाध्यक्ष निलम पाण्डे, कार्यसमिति सदस्यद्वय निलम वैद्य, सितादेवी भेटवाल, महिला उद्यमी विकास समितिका पूर्व सभापति सरिदी श्रेष्ठ, महालक्ष्मी विकास बैंक, हेटौंडा शाखाका सुपरभाइजरद्वय रामेश्वर अर्याल, रुषेश कुमार जोशीलगायत ... Read More


welcome10

संघले शुक्रबार दुईवटा बस्तुगत संघका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । दामोदर प्रसाद अटलको अध्यक्षतामा रहेको हेटौंडा अटोमोबाइल एशोसिएशन र राजु नेपालको अध्यक्षतामा रहेको मकवानपुर मुद्रण उद्योग संघका पदाधिकारी तथा सदस्यहरुलाईलाई स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा मउवासंघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बस्तगत संघहरुको उत्साह बढाउन र आपसी सम्बन्ध सुमधुर बनाउन स्वागत कार्यक्रमको थालनी गरिएको अध्यक्ष गुप्ताले कार्यक्रममा बताउनुभयो । त्यसैगरी बस्तुगत संघका अध्यक्षहरुले स्वागत ग्रहण गर्नुहुदै स्वागत तथा सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै बस्तुगत संघका समस्याहरु हल गर्न मउवासंघले पहल गर्ने विश्वास लिएको बताउनु भएको थियो । कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, बस्तुगत संघका ... Read More


Jacket1

मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ११० थान ज्याकेट सहयोग गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय, हेटौंडा–१० मा गई ज्याकेट हस्तान्तरण गरेको हो । टोलीमा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की, श्रीकृष्ण कर्माचार्य र कार्यसमिति सदस्य तेजराज अधिकारीको सहभागिता रहेको थियो ।

... Read More

GypanPatra

मकवानपुर उद्योग वाणिज्य संघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । बैंक व्याजको दर, सोमा भएको अनियन्त्रित बृद्धि र एल.सि. सम्बन्धी समस्या समाधान हुनुपर्ने व्यहोरा समेटिएको ज्ञापनपत्र बुधबार बुझाइएको हो । मउवासंघ अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेमार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई उक्त ज्ञापनपत्र बुझाएको हो । टोलीमा संघका उपाध्यक्ष राजु अधिकारी, महासचिव दिपक उप्रेती, सचिव माधव ज्ञवाली, सदस्यहरु अनिलभक्त श्रेष्ठ, प्रदिप अर्याल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछाने र कार्यकारी सचिव पवन कार्कीको सहभागिता रहेको थियो ।


मउवासंघका अध्यक्ष गुप्ताले पटक–पटकको कोभिड महामारीलगायतका समस्याहरुले आक्रान्त भएको अवस्था र ... Read More


Request for Naap Taul Office

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठलाई नापतौल कार्यालय हेटौंडामा राख्न अनुरोधसहित ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा सचिव माधव ज्ञवाली, कार्यसमिति सदस्य प्रदिप अर्याल र कार्यकारी सचिव पवन कार्की सम्मिलित टोलीले मन्त्रालय पुगी अनुरोध गरेको थियो । मन्त्री मिलन बाबु श्रेष्ठले नापतौल कार्यालय हेटौंडामा राख्नको लागि आफूले काम अघि बढाउने टोलीलाई बताउनु भएको छ ।

देश संघीयतामा गएपनि नापतौल कार्यालय हेटौंडामा नरहेकोले बागमती प्रदेशअन्तर्गत मकवानपुरका उद्योगी/व्यवसायी अर्को प्रदेशमा गएर नापतौल उपकरणहरुको दर्ता नविकरण गर्न वाध्य भएको जिकिर गरिएको थियो ।
नापतौल कार्यालय नहुदा उद्योगी/व्यवसायीहरुले ढक, काटा, ... Read More


Udhyog Banijya Diwas

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस २०७८ मनाएको छ । हेटौंडाको बसामाडी निवासी दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण गरी उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा उक्त खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । एकै परिवारका पाच सदस्य मध्ये तीनजना सदस्य दृष्टिविहिन रहेकोले सो परिवारमा आर्थिक समस्या परेको जानकारी आएकोले सहयोग गरिएको कार्यवाहक अध्यक्ष अनिल अग्रवालले बताउनु भएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी, कार्यसमिति सदस्यहरु ... Read More


Birgunj CCI

मकवानपुर उद्योग वाणिज्य संघले वीरगंज उद्योग वाणिज्य संघको टोलीलाई शनिबार हेटौंडामा स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी टोलीलाई हेटौंडामा स्वागत गरिएको हो । वीरगंज उवासंघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताको नेतृत्वमा टोली हेटौंडा आएको थियो । टोलीमा वीरगंज उवासंघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, सचिव अरविन्द्र अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सदस्यहरु रविन्द्र वर्णवाल, मनोज शर्मा, सुरेशकुमार रुंगटा, अंकित खेतान, प्रमोदकुमार चौरसिया, कार्यकारी सचिव सुनिलकुमार कण्ठ र अधिकृत खड्ग रावलको सहभागिता रहेको थियो । त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई, राजु ... Read More


Welcome4

मकवानपुर उद्योग वाणिज्य संघले आफ्ना दुई बस्तुगत संघ मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ र मदिरा व्यवसायी संघको नव निर्वाचित कार्यसमितिलाई बुधबार एक कार्यक्रम आयोजना गरी उहाहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ र मदिरा व्यवसायी संघको नव निर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । त्यसैगरी मउवासंघको तर्फबाट सल्लाहकार महेन्द्र राउत, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तव्य राख्नुहुदै दुवै संघका नव निर्वाचित कार्यसमितिको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुहुदै साझा विषयहरुमा संस्थागत सहकार्य रहने ... Read More


ELMS FGD1


मकवानपुर उद्योग वाणिज्य संघको अयोजनामा एक दिवशीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल एशोसिएसन नेपालको संयुक्त सहकार्यमा श्रम बजार सर्वेक्षण कार्य हाल देशका विभिन्न जिल्लासहित मकवानपुर जिल्लामा भइरहेको छ । सर्वेक्षण कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेर भइरहेको हो । सर्वेक्षणले नेपाल सरकारका सम्बन्धित निकायलाईसमेत योजना तर्जुमा गर्न भावि दिनमा सहयोगी हुने विश्वास लिइएको छ । त्यसैगरी रोजगारदाता र दक्ष व्यक्ति बीच उपयुक्त ... Read More


Welcome1

मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न तीन वटा बस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई बुधबार संघमा कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । नव निर्वाचित कार्यसमितिको सम्मानमा मउवासंघले स्वागत गर्ने र उहाहरुलाई संस्थागत क्रियाकलाप गर्न प्रोत्साहित गर्ने उद्देश्यले स्वागत कार्यक्रमको थालनी गरिएको हो । संघले निर्माण सामग्री व्यवसायी संघ, मकवानपुर भाडा व्यवसायी संघ र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको कार्यसमितिलाई स्वागत गरेको हो ।

स्वागत तथा छलफल कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाई, मकवानपुर भाडा व्यवसायी संघका अध्यक्ष हेमराज बानिया र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाईले मन्तव्य राख्नु भएको थियो । उक्त ... Read More


Welcome to Udhyog Sangh

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरका नव निर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिलाई मउवासंघमा एक कार्यक्रम गरी स्वागत गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमका उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रिनाथ शर्मा, उपाध्यक्ष श्रीहरि मास्के, महासचिव किशोर अर्याल, कोषाध्यक्ष श्याम ढकाल, सचिव सुयसराज पराजुली, सहकोषाध्यक्ष बुद्धराज अर्याल, सदस्यहरु सविना सडौला, हरिहर आचार्य, शरदचन्द्र भट्टराई, नितिन जैन, दिवस चौलागाई, बज्रङ्ग सिंह र सुदर्शन अधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दुबै संघको उद्देश्य समान भएकोले मिलेर अघि बढ्नुपर्ने, श्रम सम्बन्धी समस्याहरु मिलेर समाधानको ... Read More


Mask Distribution1

मकवानपुर उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायी तथा सर्वसाधारणलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित राख्न निःशुल्क मास्क वितरण र खोप कार्यक्रम संचालन गरेको थियो । संघ सचिवालय भवनको अगाडी डेक्स निर्माण गरी निःशुल्क मास्क वितरण कार्यक्रम गरिएको हो । सोही स्थानबाट कोभिड १९ बाट सचेत रहन अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा तथा भ्याक्सिनको महत्वको बारेमा जनचेतनामूलक सूचना सामग्री साउण्ड सिष्टममार्फत प्रचार गरिएको थियो । माघ २ गतेदेखि संचालन गरिएको निःशुल्क मास्क वितरण कार्यक्रम माघ ७ गतेसम्म संचालन गरिएको थियो । जस अन्तर्गत माघ २ गते ५५० थान, ३ गते ५०० थान, ४ गते ४५० थान, ५ गते ३५० थान, ६ गते २५० थान र ७ ... Read More


Consul General

मकवानपुर उद्योग वाणिज्य संघले आइतबार भारतीय महावाणिज्य दुतावास, बिरगंजका महावाणिज्य दुत नितेश कुमारलाई एक कार्यक्रम आयोजना गरी हेटौंडामा स्वागत गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा उक्त कार्यक्रम भएको हो । स्वागत तथा छलफल कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले भारतीय महावाणिज्य दुतावाससंग विभिन्न समयमा सहकार्य हुदै आएको चर्चा गर्नुभएको थियो ।

छलफलमा विगतमा भारतीय महावाणिज्य दुतावासबाट संघलाई एउटा एम्बुलेन्स सहयोग प्राप्त भएको, भारतीय मजदुरहरुलाई परिचयपत्रको अभावमा भुक्तानीमा समस्या रहेकोले परिचयपत्र बनाउन महावाणिज्य दुतावासबाट सहजिकरण हुनुपर्नेलगायत विभिन्न निकासी, औद्योगिक अवलोकन भ्रमण, आपसी हित, आयात निर्यात जस्ता विषयहरुमा कार्यक्रममा छलफल भएको थियो ।

भारतीय महावाणिज्य दुत नितेश कुमारले ईन्डियन कष्टम र नेपालको ... Read More


Donation to fire victim

मकवानपुर उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हित कोषबाट बिहीबार एक व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता र व्यवसायी हितकोष व्यवस्थापन समितिका संयोजक अनिल भक्त श्रेष्ठको संयोजनमा एक कार्यक्रम आयोजना गरी रु. पचासहजार सहयोग गरिएको हो । हेटौंडा–८ मा आर के किराना स्टोर्सको नामबाट व्यवसाय गर्दै आउनुभएका रामकृष्ण लामिछानेको पसलमा आगलागी भई ठूलो क्षति पुगेको थियो । उहालाई संघको सचिवालयमा निम्त्याई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । संघले २०७२ सालमा व्यवसायी हितकोष स्थापना गरी दैवी विपत्ति परेका व्यवसायीहरुलाई सहयोग गर्दै आएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनु भयो । संयोजक अनिल भक्त श्रेष्ठले हितकोषमा ... Read More


Welcome by CCI Chitwan


मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको योजना कार्यशाला गोष्ठी सम्पन्न गरी नवलपरासीबाट हेटौंडा फर्कने क्रममा उवासंघ चितवनले संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा रहेको कार्यसमिति टिमलाई चितवनमा एक कार्यक्रम गरी स्वागत गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले मउवासंघको नवनिर्वाचित टिमलाई बधाई ज्ञापनसहित स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन श्रेष्ठ, तृतिय उपाध्यक्ष भोजराज कौडेलको पनि सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य राख्नु हुदै उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको आम्दानीको मुख्य श्रोत मेला, घरभाडा, सदस्यता शुल्क र महानगरपालिकाबाट प्राप्त हुने व्यवसाय कर रहेको बताउनु भएको थियो । साथै यहि ... Read More


Planning Workshop1

मकवानपुर उद्योग वाणिज्य संघको तीन दिवसीय योजना कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा गोष्ठीको शुभारम्भ गरिएको थियो । नया कार्यसमिति चयन भइसकेपछि संघको लक्ष्य तथा उद्देश्य प्राप्तिको लागि समान धारणा तथा कार्यदिशा बनाउन संघको समाथ्र्य तथा चुनौतिहरु पहिचान गर्न र आपसी सदभाव बढाउन योजना कार्यशाला गोष्ठी अयोजना गर्ने गरिएको छ ।

 

२०७८ पौष १५ गतेदेखि १७ गतेसम्म नवलपारसीको देवचुली नगरपालिका वडा नं. १७ मा उक्त योजना कार्यशाला गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र ... Read More


Welcome to Tax Office Head2


मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न निकायका नव आगन्तुक प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार मंगलबार आन्तरिक राजश्व कार्यालय, हेटौंडाका नव आगन्तुक प्रमुख कर अधिकृत मोहलाल जि.सी.लाई हेटौंडामा स्वागत गरेको छ । संघको बैठककक्षमा एक कार्यक्रम गरी उहालाई स्वागत गरिएको हो । सोही कार्यक्रममा कर अधिकृतहरु अवधेश कुमार यादव र मनिस कुमार महतोलाई स्वागत गरिएको थियो । उहाहरु भर्खरै सरुवा भई हेटौंडा आउनुभएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । अध्यक्ष कृष्ण कुमार गुप्ताले मकवानपुर जिल्लाको बसाई सुखद र प्रगति उन्मुख रहोस् भनि शुभकामना ... Read More


Welcome to Chief Minister & Ministers

मकवानपुर उद्योग वाणिज्य संघले बुधबार बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र प्रदेशका मन्त्रीहरुको हेटौंडामा स्वागत तथा सम्मान गरेको छ । संघद्धारा निर्माण गरिएको पल्पसा सदनमा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । बागमती प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, माननीय सामाजिक विकास मन्त्री कुमारी मोक्तान र माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालको सहभागिता रहेको थियो । उहाहरुलाई संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले टिका तथा दोसल्लालगाई फोटोफ्रेम प्रदान गरी सम्मान गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका ... Read More


SP Welcome Program

मकवानपुर जिल्लामा भर्खरै सरुवा भई आउनुभएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गलाई संघले आइतबार स्वागत गरेको छ । संघको बैठक कक्षमा एक कार्यक्रम गरी उहालाई स्वागत गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मन्तव्य राख्नुहुदै प्रहरी उपरीक्षकज्यूको कार्यकाल सफलताको शुभकामना दिनुहुदै जिल्लाको बस्तुस्थिति, विगतमा जिल्ला प्रहरी कार्यालयसंग भएका सहकार्य, लागूपदार्थको नियन्त्रण, उद्योग/व्यवसाय क्षेत्रमा सुरक्षा, पार्किङ्ग व्यवस्थापन, ट्राफिक व्यवस्थापनको लागि हेभी गाडी बाइपासबाट प्रयोग र फुटपाथ व्यवस्थापनको बारेमा बोल्नुभएको थियो । त्यसैगरी सल्लाहकार अशोक शाक्य, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष राजु अधिकारी, कार्यसमिति सदस्यहरु दिवस पराजुली, तेजराज अधिकारीलगायतले प्रहरी उपरीक्षकज्यूको कार्यकाल सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो ... Read More


New Executive Committee

मकवानपुर उद्योग वाणिज्य संघको २०७८ कात्तिक ७, ८ र ९ गते सम्पन्न ५४ तथा ५५ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमबाट कृष्ण कुमार गुप्ता अध्यक्ष पदमा निर्वाचित भएका छन् । उहांसंगै निम्नानुसार पदाधिकारी तथा सदस्यहरु निर्वाचित अथवा कायम भएका छन् ।

... Read More


Donation4

मकवानपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले शुक्रबार दुईवटा वडामा स्वास्थ्य सामग्री वितरण गरेको छ । पल्पसा आइसोलेशन सेन्टर संचालन गर्दा खरिद गरिएका र सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु स्टक रहेकोले उक्त स्टक सहयोग गरिएको हो । हेटौंडा १२, पदमपोखरी र हेटौंडा १९, बस्तिपुरमा औषधी, पिपिई, अक्सिमिटर, साबुनसहितको स्वास्थ्य सामग्री वितरण गरिएको थियो । कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार तथा हेटौंडा नगरका उपप्रमुख मिना लामा, हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य बासु खतिवडा र व्यवसायी सरोज विडारीलगायतको टोलीले स्वास्थ्य सामग्री वितरण गरेको थियो । हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सहरी स्वास्थ्य केन्द्रलाई ... Read More


Donation2

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले गरेका विभिन्न गतिविधिहरुको बुधबार समिक्षा बैठक बसेको छ । बैठकले आवश्यक पर्दा पुनः सक्रिय हुनुपर्नेसम्मको छलफल गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको अध्यक्षतामा छलफल गरिएको थियो । हालसम्म पल्पसा आइसोलेशन सेन्टर संचलानदेखि कोभिड हेल्प डेस्क मकवानपुरको गतिविधि बारे बैठकमा समिक्षा गरिएको थियो । बैठकमा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सरोज खनाल, बासु खतिवडा, शंकरलाल श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । बैठकको समापनपश्चात स्टक रहेको खाद्य सामग्री सहयोग गरिएको छ । रजैयास्थित गुरु आश्रमलाई चामल, दाल, तेल, बिस्कुट, काजु, किसमिस र बदाम सहयोग ... Read More


COVID Help Desk 3.31



मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरको सेवा स्थगित गरिएको छ । आइसोलेशनमा स्वास्थ्यलाभ लिइरहनुभएका बाकी ४ जनालाई बिहीबार बिदाई गर्दै सेवा स्थगित गरिएको हो । नेपाल सरकारबाट सरकारीस्तरका आइसोलेशन संचालन गर्ने तर निजीस्तरका आइसोलेशनहरुले संक्रमितबाट शुल्क लिएर मात्र सेवा दिनुपर्ने गरी पछिल्लो व्यवस्था गरेको छ । सोही अनुरुप स्वास्थ्य कार्यालय मकवानपुरलेपनि आषाढ १८ गतेपश्चात पल्पसा आइसोलेशन सेन्टर संचालनको सम्झौता निस्क्रिय हुने जानकारी गराएको थियो । कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालले भन्नुभयो –‘आषाढ ३१ गतेसम्म स्वयमसेवी हिसावले व्यवस्थापन कार्यमा हामी जुट्यौ ... Read More


COVID Help Desk 3.30

कवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बुधबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–४, कर्राका एकजना बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।

हेल्प डेस्कबाट हेटौंडाको मुल बजार क्षेत्र अन्तर्गतका दुई स्थानबाट निःशुल्क मास्क वितरण गरिएको छ । सितलमहल चोक र मउवासंघ चोकबाट बुधबार कुल ९०० थान माक्स वितरण गरिएको हो ।

कोभिड हेल्प डेस्कलाई सहयोग प्राप्त भएको छ । हेटौंडा–२ का निरन श्रेष्ठबाट नगद रु. ५,०००।– सहयोग प्राप्त भएको हो । आईटी व्यवसायी प्रमेश प्रधानमार्फत मउवासंघका सचिव सन्तोष कुमार अर्याललाई बुधबार उक्त रकम हस्तान्तरण गरिएको ... Read More


COVID Help Desk 3.29


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट मंगलबार संक्रमण मुक्त हुनुभएका दुई जनालाई विदाई गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, हेल्प डेस्कका सदस्य कुमार पौडेल, मउवासंघका सल्लाहकार आनन्दराम पराजुली र विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीले उहांहरुलाई विदाई गर्नुभएको थियो ।

कोभिड हेल्प डेस्क मकवानपुरबाट मंगलबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हटियाका एकजना बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।

हेल्प डेस्कबाट मंगलबार हेटौंडा बजार क्षेत्रको दुई स्थानबाट निःशुल्क मास्क वितरण गरिएको छ । सितलमहल चोक र ... Read More


COVID Help Desk 3.26

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट शनिबार दुईजनालाई विदाई गरिएको छ । आइसोलेशन बसाईबाट स्वास्थ्यलाभ प्राप्त भई उहांहरु विदाई हुनुभएको हो । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, कोभिड हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता र मउवासंघका कार्यसमिति सदस्य रवि कडेल शर्माले उहांहरुलाई विदाई गर्नुभएको थियो ।

कोभिड हेल्प डेस्कबाट शनिबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा ५, पिप्लेका एकजना कोभिडको बिरामीका लागि उक्त अक्सिजन सहयोग गरिएको हो । कोभिड हेल्प डेस्क मकवानपुरको गठनदेखि हालसम्म हेल्प डेस्कले बिरामीहरुको लागि निरन्तर अक्सिजन सहयोग गर्दै आएको ... Read More


COVID Help Desk 3.25


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट शुक्रबार दुईजनालाई विदाई गरिएको छ । संक्रमण मुक्त उहांहरुलाई पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ र मउवासंघका कोषाध्यक्ष अनिल अग्रवालले विदाई गर्नुभएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई शुक्रबार सहयोग प्राप्त भएको छ । पुष्पाञ्जली होटल, हेटौंडा–१ का हरिसरण मानन्धरबाट सहयोग प्राप्त भएको हो । सहयोग सामग्रीमा चामल २ बोरा, मुसुराको दाल ५ किलो, चिनी ५ किलो, चियापत्ति १ किलो, फ्रुटी एक केस, अक्सिजन फ्लो मिटर एक थान रहेको छ ।

... Read More

Bhim Shrestha

मकवानपुर उद्योग वाणिज्य संघबाट ५८ बर्षे उमेरहदको कारण कार्यालय सहयोगी पदबाट भर्खरै अवकास भएका भीम बहादुर श्रेष्ठको उपचारको लागि संघका कार्यसमिति र सल्लाहकारबाट आर्थिक सहयोग गरिएको छ । संघका महासचिव प्रमोद सिंह रानाभाटको अगुवाइमा संकलित रकम रु. १,२५,०००।– बिहीबार भरतपुर नै गई हस्तान्तरण गरिएको महासचिव रानाभाटले जानकारी गराएका छन् ।

फोक्सो, किडनीमा संक्रमण र तत्कालै अप्रेसनसमेत गर्नुपर्ने भएकोले परिवारका सदस्यहरुले आषाढ ५ गते भरतपुरको पूरानो मेडिकल कलेजमा लगेका थिए । आषाढ ६ गते अप्रेसनसम्पन्न भएको र प्रारम्भमा भेन्टिलेटरमा राखी उपचार गर्नु परेपनि हाल जनरल वार्डमा स्वास्थ्यलाभ लिइरहेका छन् भने अस्पताल प्रशासनले चाडै डिस्चार्ज हुने जानकारी गराएका छन् ।

... Read More

COVID Help Desk 3.24



मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बिहीबार एकजनालाई विदाई गरिएको छ । कोभिड संक्रमण मुक्त भएका उहांलाई पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवासंघका उपाध्यक्ष गणेश भेटुवाल र अध्यक्ष सल्लाहकार नरोत्तम दहालले विदाई गर्नुभएको थियो ।

कोभिड हेल्प डेस्कबाट बिहीबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–९, लामसुरे निवासी कोभिडको कारण बिरामी पर्नुभएका एकजनालाई अक्सिजन सहयोग गरिएको हो ।

... Read More

COVID Help Desk 3.23


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बुधबार पांच जनालाई विदाई गरिएको छ । कोभिड संक्रमण मुक्त भएका उहांहरुलाई हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले विदाई गर्नुभएको थियो । बुधबार नै एकजना नयां कोभिड संक्रमित भर्ना हनुभएको छ ।



पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । बुधबार संघका सचिव सन्तोष कुमार अर्यालको संयोजन रहेको थियो ।

... Read More

COVID Help Desk 3.22


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट मंगलबार संक्रमण मुक्त हुनुभएका एकजनालाई विदाई गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले खादा लगाई विदाई गर्नुभएको थियो ।

हेल्प डेस्कबाट मंगलबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा ४, श्रमिक पथका एकजना बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । मंगलबार संघका कोषाध्यक्ष अनिल अग्रवालको संयोजन ... Read More


COVID Help Desk 3.21


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरलाई सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाबाट सहयोग प्राप्त भएको छ । सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाबाट खाद्यान्न सहयोग प्राप्त भएको हो । सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिला पाण्डेले कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवाललाई सोमबार खाद्य सामग्री हस्तान्तरण गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष सुशिला पाण्डे, हेल्प डेस्कका सदस्य सरोज खनाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता र संयोजक कृष्ण कटुवालले मन्तव्य राख्नुभएको थियो । हेल्प डेस्कका ... Read More


Welcome Program (1)


बागमती प्रदेश युवा परिषद्का नव नियुक्त उपाध्यक्ष सन्तोष चौलागाईको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले आइतबार उक्त स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको हो । सोही कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दहालको पनि संघले स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दहाल, प्रदेश युवा परिषद्का अध्यक्ष सन्तोष चौलागाईले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा संघका अध्यक्ष कृष्ण कटुवालले बधाईसहित उहांहरुको सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दहालले जिल्ला ... Read More


COVID Help Desk 3.20 (1)


मकवानपुर उद्योग वाणिज्य संघ नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट आइतबार तीनजनालाई विदाई गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म ५६ जना कोभिड संक्रमित भर्ना हुनुभएको मध्ये हाल १५ जना भर्नारत हुनुहुन्छ । बाकी घर फर्किसक्नु भएको छ ।

हेल्प डेस्कबाट एक सिलिण्डर अक्सिजन आइतबार सहयोग गरिएको छ । हेटौंडा–५, पिप्ले निवासी एक बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । आइबार संघका उपाध्यक्ष रामप्रसाद ... Read More


COVID Help Desk1 6


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट शनिबार एकजना संक्रमण मुक्त हुनुभएकाहरुलाई विदाई गरिएको छ । मध्यमाञ्चल आयुर्वेदिक औषधालयका डाक्टर श्रृष्टी श्रेष्ठबाट उहांलाई विदाई गरिएको हो । विदाई कार्यक्रममा डाक्टर श्रृष्टी श्रेष्ठ, हेल्प डेस्कका सदस्य सरोज खनाल र मउवासंघका उपाध्यक्ष गणेश भेटुवालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, पल्पसा आइसोलेशन सेन्टरका स्वास्थ्यकर्मीहरु, संक्रमण मुक्त हुनुभएकाको परिवारका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले ... Read More


COVID Help Desk 3.18


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा शुक्रबार ३ जना नयां संक्रमित भर्ना हुनुभएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी गराउनु भएको छ । शुक्रबार बेलुकासम्म १६ जना संक्रमितहरु भर्नारत रहेको उहांले बताउनु भयो ।

कोभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट शुक्रबार २० जना कोभिड संक्रमितहरुलाई फोनमार्फत सम्पर्क गरिएको छ । उहांहरु सबैजना घरमै रहेको जानकारी गराउनु भएको थियो । पल्पसा आइसोलेशन सेन्टरका स्वास्थकर्मीबाट दैनिक फोनसम्पर्क गरी संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिने गरिएको छ ।

पल्पसा आइसोलेशन सेन्टरमा उपचाररत कोभिड संक्रमितहरुको ... Read More


COVID Help Desk 3.17


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बिहीबार ६ जना संक्रमण मुक्त हुनुभएकाहरुलाई विदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत दिलिप श्रेष्ठको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम आयोजना गरी उहांहरुलाई विदाई गरिएको हो । विदाई कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य सरोज खनाल र मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटले मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि दिलिप श्रेष्ठले संक्रमण मुक्त भएपनि केहि समय घरबाहिर हिडडुल नगर्न सुझाउनु भएको थियो । कोभिडको प्रभावलाई वास्ता नगरी संगै खेल्ने, ... Read More


COVID Help Desk 3.16 (1)



मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बुधबार ३ जना संक्रमण मुक्त भएकालाई विदाई गरिएको छ । हेटौैंडा अस्पतालका प्रमुख मेसु डाक्टर रामचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम गरिएको थियो । हेल्प डेस्कका सदस्य सरोज खनालले संचालन गर्नुभएको विदाई कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता र डाक्टर रामचन्द्र सापकोटाले मन्तव्य राख्नु भएको थियो । डाक्टर सापकोटाले संक्रमण मुक्त भएपनि २ हप्ता आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न र पोषिलो खानेकुराहरु खान सल्लाह दिनुभएको थियो । उहांले लक्षण हेरेर कोभिड ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म ५० जना कोभिड संक्रमितहरु भर्ना हुनुभएको छ । जेष्ठ १९ गतेबाट संचालनमा आएको पल्पसा आइसोलेशन सेन्टरमा हाल १० जना महिला र ११ जना पुरुष उपचाररत हुनुहुन्छ ।

कोेभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयबाट नयां संक्रमितको प्राप्त विवरण अनुसार फोनमार्फत सम्पर्क गरिएको छ । स्वास्थ्य परामर्श दिने उद्देश्यले मंगलबार ६ जनालाई फोन सम्पर्क गरिएको हो । उहांहरु सबै घरमै रहेको जानकारी गराउनु भएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरको व्यवस्थापनमा खटेका ... Read More


COVID Help Desk3.14


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट सोमबार ५ जनालाई बिदाई गरिएको छ । आइसोलेशनमा बस्नुपर्ने पूरा अवधि बिताई उहांहरु घर फर्कनु भएको हो । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्याय, जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरे र डाक्टर ओजस्वी पोखरेलले उहांहरुलाई स्वास्थ्य परामर्श दिनुहुंदै विदाई गर्नुभएको थियो । विदाई कार्यक्रममा हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्य सरोज खनाल, मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटलगायतको उपस्थिति रहेको थियो । साथै सोमबार नयां संक्रमित तीनजना भर्ना हुनुभएको छ ।

कोेभिड हेल्प डेस्क ... Read More



मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरले शनिबार बेलुका थप दुई सिलिण्डर अक्सिजन सहयोग गरेको छ ।
पल्पसा आइसोलेशन सेन्टरलाई आइतबार सहयोग प्राप्त भएको छ । विनित फर्निचर उद्योगका संचालक सुशिला पोखरेल अर्यालले उहांको जन्मदिनको अवसरमा नगद रु. ३,०००।– सहयोग गर्नुभएको हो ।
त्यसैगरी रिलायन्स लाईफ इन्स्योरेन्सबाट हेल्प डेस्कलाई एक थान भित्तेघडी सहयोग प्राप्त भएको छ ।
पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । आइतबार संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको संयोजन रहेको थियो ।

... Read More

COVID Help Desk3.12



मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरले शनिबार एक सिलिण्डर अक्सिजन सहयोग गरेको छ । हेटौंडा–५, पिप्ले निवासी एकजना बिरामीको लागि अक्सिजन सहयोग गरिएको हो ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय सरस्वती बस्नेतबाट शनिबार पल्पसा आइसोलेशन सेन्टरको निरीक्षण गर्नुभएको छ । माननीय मन्त्री सरस्वती बस्नेतले निरीक्षणपश्चात मन्तव्य राख्नुभएको थियो । कोभिडले विश्व नै आक्रान्त छ । मृत्युहुनेको संख्या बढेको छ । यस्तो परिस्थितिमा मकवानपुर उद्योग वाणिज्य संघलगायतको विभिन्न संघसंस्थाहरु मिलेर पल्पसा आइसोलेशन सेन्टर संचालन गरेर सरकारलाई सघाएकोमा उहांले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै मन्त्रालयको तर्फबाट आवश्यक सहयोगको लागि ... Read More


COVID Help Desk3.11


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरमा २२ जना उपचाररत हुनुहुन्छ । हालसम्म पल्पसा आइसोलेशन सेन्टरबाट ४५ जनाले भर्ना भई स्वास्थ्यलाभ लिनुभएको छ । शुक्रबार एकजना संक्रमण मुक्त भई घर फर्कनु भएको थियो ।


पल्पसा आइसोलेशन सेन्टरबाट शुक्रबार २८ जना कोभिड संक्रमितहरुलाई फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये दुईजना पल्पसा आइसोलेशन सेन्टरमा भर्नाहुन आउनुभएको थियो । बाकी २६ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको छ ।


शिक्षा तालिम ... Read More


COVID Help Desk3.10


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरमा १७ जना उपचाररत हुनुहुन्छ । जसमध्ये १० जना पुरुष र ७ जना महिला हुनुहुन्छ । हालसम्म ४० जनाले पल्पसा आइसोलेशन सेन्टरमा भर्ना भई स्वास्थ्यलाभ लिनुभएको छ । संक्रमितहरुको उचित स्याहार र व्यवस्थापकीय कार्यमा हेल्प डेस्क टोली निरन्तर स्वयमसेवी तवरले खट्दै आउनुभएको छ ।
पल्पसा आइसोलेशन सेन्टरबाट बिहीबार २५ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये एकजना अस्पताल भर्ना हुनुभएको र एकजना पल्पसा आइसोलेशन सेन्टरमा भर्नाहुन आउनुभएको थियो । बाकी २३ जना घरमै रहेको जानकारी गराउनु भएको ... Read More


COVID Help Desk3.09



मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट बुधबार २३ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । उहांहरु सबै घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको छ ।
हेल्प डेस्कबाट बुधबार दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–४ का एकजना र मनहरी–१, मकरीका एकजना बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो ।

कोभिड हेल्प डेस्क मकवानपुरलाई महिला उद्यमी निलम बजगाईले सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसरमा ... Read More


COVID Help Desk3.08 (1)

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२, पल्पसा रोडमा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म कुल ४० जना संक्रमित भर्ना हुनुभएको छ । जसमध्ये १७ जना संक्रमित उपचाररत हुनुहुन्छ भने बाकी घर फर्किसक्नु भएको छ ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट मंगलबार २२ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । उहांहरु सबै घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको छ ।
हेल्प डेस्कबाट मंगलबार दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । ... Read More




Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback