News & Events

नेपाल सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई आज उनको गृह जिल्लामा स्वागत तथा सम्मान गरेको छ । वर्तमान सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आईपुगेका मन्त्री थापालाई मकवानपुर उद्योग वाणिज्य संघले सम्मान गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा उपप्रधान मन्त्री थापाले बैशाखमा हुने स्थानीय निर्वाचन संविधान जारी पछिको पहिलो र २० बर्ष पछिको स्थानीय चुनाव भएकोले स्थानीय सरकार गठन गर्नका लागि सबैलाई चुनावमा सहभागि हुन आग्रह गर्नु भएको छ ।
    उपप्रधानमन्त्री थापाले भन्नुभयो, राष्ट्र हितलाई ध्यानमा राखी हाल मधेश केन्द्रित दलहरुको भावनालाई पनि सम्बोधन गरेर सरकारले चुनाव गराउने ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा हेटौंडामा हिजो ३ नम्बर प्रदेश अन्तर्गतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलुका करीब ५ बजेबाट शुरु भएको कार्यक्रममा ३ नम्बर तदर्थ समितिका संयोजक अरुणराज सुमार्गीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले राज्यको संरचनामा आएको परिवर्तनलाई आत्मसात गर्न महासंघले पनि आफ्नो विधानमा प्रादेशिक संरचना अनुसारको संगठन निर्माणमा लागि परेको बताउनु भएको छ । आसन्न महासंघको निर्वाचनमा आफूलाई बरिष्ठ उपाध्यक्षको रुपमा उभ्याएका महासंघका उपाध्यक्ष शेखर गोल्छाले बंैकहरुले आर्थिक रुपमा दुर्घटना निम्त्याएको गुनासो गर्नु भएको थियो । ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ नेतृत्वको टोलीले आज नेपाल सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री माननीय कमल थापासँग भेट गरेको छ । केही समय देखि हेटौंडा बजार क्षेत्रमा डिभिजन सडक कार्यालयले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ मिटर सडक विस्तार गरेको विषयमा छलफका लागि मन्त्री थापासँग भेट गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रतिनिधित्वमा गएको टोलीले बजार क्षेत्रबाट सडक लैजानु भन्दा हाल निर्माणाधीन बैकल्पिक मार्ग उचितहुने व्यहोरा सहितको कागजात तथा यस अघि विभिन्न मितिमा हेटौंडा बजारलाई सडक तथा जिविस आफैले मानवबस्ती घोषणाका लागि बुझाएको प्रतिबेदन, तत्कालीन नगर परिषदले बाईपास सडक खोल्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई लेखेको पत्रको छायाँप्रति सहित प्रतिनिधि मण्डलले ... Read More