News & Events

नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले श्रमशक्ति निर्यातबाट मुलुक समृद्ध बन्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ । युवाशक्ति वैदेशिक रोजगारीमा जा“दा मुलुक नबन्ने उहा“को भनाइ छ ।
    मकवानपुर उद्योग वाणिज्य संघको ४७ औं साधारणसभाको  हेटौंडामा उद्घाटन गर्दै उहा“ले
रोजगारको अवसर सिर्जना गरेर अन्य देशमा गइरहेको युवा शक्तिलाई रोक्न सकेमात्र मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको हो ।
    दोस्रो संविधानसभाको निर्वाचनपछि पनि युवा विदेश जाने क्रम झन् बढेको उल्लेख गर्दै मुख्यसचिव पौडेलले भन्नुभयो– ‘हामीले युवालाई भविष्यप्रति आशावादी अझै बनाउन सकेका छैनौं ।’ संविधानसभाको निर्वाचनपछि पनि मुलुकका समस्या समाधान हुन्छ भन्नेमा युवा विश्वस्त हुन नसकेकाले विदेश गइरहेको पौडेलले ... Read More


संविधानसभाको निर्वाचनमा मकवानपुरबाट चुनिएका प्रतिनिधिहरुले आफूहरु जिल्लाको औद्योगिक विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको स्वागत कार्यक्रममा बोल्दै नवनिर्वाचित सभासदहरुले संविधान निर्माण भए मात्रै देशले निकास र समृद्धि पाउने दावी गर्दै संविधान निर्माणपछि देश स्वतः विकासको गतिमा जाने बताए ।
    कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित इन्द्र बानिया“ले जनताले आफूहरुलाई संविधान निर्माणका लागि चुनेको बताउ“दै उनीहरुको म्यान्डेडअनुसार काम गर्ने बताउनुभयो । आफू र आफ्नो पार्टीले आगामी दिनमा बन्द हड्ताल नगर्ने प्रतिवद्धता जनाएको भन्दै आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्नमा जोड दिने उहा“को प्रतिवद्धता थियो । ‘औद्योगिक अवस्था नसुध्रेसम्म देशको अवस्था ... Read More


ललितपुर उद्योग वाणिज्य संघका भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम आयोजना गरिएको छ ।
भ्रमणका क्रममा मकवानपुर आइपुगेका टोलीलाई संघको सभाकक्षमा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष भुवनलाल श्रेष्ठज्यूले संघको गतिविधिका बारेमा जानकारी गराउनुभएको छ भने कार्यक्रममा हेटौंडामा जडान हुन थालेको सीसी टिभी, सुरुङमार्ग, व्यवसायकर, थ्रेसहोल्ड, मिसम्याच, घरवहाल समस्या, मेलालगायतको विषयमा छलफल भएको थियो ।
स्वागत कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी, निवर्तमान अध्यक्ष मृगेन्द्रमान प्रधान, महासचिव सविन श्रेष्ठलगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा ललितपुर उवासंघका अध्यक्ष जोशीले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमकैरुपमा कान्तिराजपथलाई तत्कालिन समयमा ... Read More