News & Events

भारतीय दुतावास र नेपालमा विभिन्न संघसंस्था मिलेर गरिने कामबाट नेपाललाई व्यवसायिक तथा सामाजिक सम्बन्ध विस्तारमा निकै सहयोग पुग्ने निष्कर्ष निकालिएको छ । भारतीय महावाणिज्य दुतावास वीरगञ्ज र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शक्रबार हेटौंडामा भएको नेपाल भारत व्यावसायिक अन्तरक्रिया तथा प्रदर्शनी कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको उत्पादन भारत निर्यात गर्दा दिदेशीय सम्बन्ध मजबुत हुनुको साथै आर्थिक लाभ पनि लिन सकिने बताउनुभएको थियो ।
    अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत अञ्जु रञ्जनले नेपालमा उत्पादन हुने सामानहरु निकै गुणस्तर र आकर्षणयुक्त हुने भन्दै त्यसले भारतीय बजारमा निकै राम्रो स्थान पाउने बताउनुभयो । नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीका साथै मैनबत्तिको विशेष ... Read More



मकवानपुर उद्योग वाणिज्य संघ तथा भारतीय वाणिज्य महादूतावासको सहकार्यमा २०७० फागुन ३० गते र चैत १ गते द्विपक्षीय व्यावसायिक
अन्तरक्रिया तथा प्रदर्शनी मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभागृहमा हुने मेलामा मकवानपुरको उत्पादनहरु हस्तकला, कृषि उपज, हर्वल, तथा गैरकाष्ठजन्य उत्पादनहरुको प्रदर्शनी हुनेछ । उक्त मेलाले नेपाल र भारतको व्यापारिक सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ । उक्त मेलामा भारतीय महावाणिज्य दूतावासका विशेष व्यक्तिहरु, पट्ना, भारत विहार राज्यका व्यापारीहरुको जमघट हुने हुदा उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार हुने प्रवल सम्भावना रहेको बुझिन्छ ।   मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन हुनुका साथै समग्र जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने विश्वास ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको मूख्य आयोजना तथा हेटौंडा नगरपालिका र जिल्ला विकास समितिको मूख्य आयोजनामा गत माघ ११ गतेबाट हेटौंडाको हुप्रचौरमा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १९ गते सकिएको छ । ११ दिनसम्म चलेको मेलामा करिब १९ करोड ६० लाख रुपिया“को कारोबार भएको जनाइएको छ ।
    मेलामा करिब ४ लाख ७५ हजार दर्शकले अवलोकन गरेको मेलाका प्रवक्ता तथा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव माधव न्यौपानेले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन मात्र करिब ३ करोड रुपिया“को कारोबार भएको आयोजकले जनाएको छ । आइतबार मात्र २५ हजार दर्शकले अवलोकन गरेका छन् । मेलाको उत्तरार्धमा दर्शकको भीड तथा कारोबार निकै बढेको ... Read More