News & Events

संविधानसभाको निर्वाचनमा मकवानपुरबाट चुनिएका प्रतिनिधिहरुले आफूहरु जिल्लाको औद्योगिक विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको स्वागत कार्यक्रममा बोल्दै नवनिर्वाचित सभासदहरुले संविधान निर्माण भए मात्रै देशले निकास र समृद्धि पाउने दावी गर्दै संविधान निर्माणपछि देश स्वतः विकासको गतिमा जाने बताए ।
    कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित इन्द्र बानिया“ले जनताले आफूहरुलाई संविधान निर्माणका लागि चुनेको बताउ“दै उनीहरुको म्यान्डेडअनुसार काम गर्ने बताउनुभयो । आफू र आफ्नो पार्टीले आगामी दिनमा बन्द हड्ताल नगर्ने प्रतिवद्धता जनाएको भन्दै आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्नमा जोड दिने उहा“को प्रतिवद्धता थियो । ‘औद्योगिक अवस्था नसुध्रेसम्म देशको अवस्था ... Read More


ललितपुर उद्योग वाणिज्य संघका भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम आयोजना गरिएको छ ।
भ्रमणका क्रममा मकवानपुर आइपुगेका टोलीलाई संघको सभाकक्षमा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष भुवनलाल श्रेष्ठज्यूले संघको गतिविधिका बारेमा जानकारी गराउनुभएको छ भने कार्यक्रममा हेटौंडामा जडान हुन थालेको सीसी टिभी, सुरुङमार्ग, व्यवसायकर, थ्रेसहोल्ड, मिसम्याच, घरवहाल समस्या, मेलालगायतको विषयमा छलफल भएको थियो ।
स्वागत कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी, निवर्तमान अध्यक्ष मृगेन्द्रमान प्रधान, महासचिव सविन श्रेष्ठलगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा ललितपुर उवासंघका अध्यक्ष जोशीले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमकैरुपमा कान्तिराजपथलाई तत्कालिन समयमा ... Read More


Bhuwan Lal Shrestha (President)

मकवानपुर उद्योग वाणिज्य संघले राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को आर्थिक सहयोगमा जिम्मेवार व्यवसाय पुरस्कार –२०७० वितरण गर्नको लागि जिल्लास्तरीय पुरस्कार संयोजन समिति निर्माण गरेको छ । उक्त समितिमा ५ सदस्य रहेका छन् । जसको संयोजकमा संघका अध्यक्ष भुवनलाल श्रेष्ठ, सदस्यहरु संघका महासचिव माधव न्यौपाने, घरेलु महासंघका अध्यक्ष निरा गोर्खाली, घरेलु महासंघका सदस्य गणेशहरि उप्रेती र घरेलु कार्यालयका शाखा अधिकृत चन्दनकुमार अमात्य रहेका छन् । जिम्मेवार व्यवसाय पुरस्कार प्रदान गर्न आवश्यक फर्म विवरण संकलन कार्यका लागि स्थानीय घरेलु उद्योग महासंघ र मउवा संघ कार्यालयमा फर्मको व्यवस्था गरिएको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउनकोे लागि संघले स्थानीय सञ्चार माध्यममा सूचना प्रवाह गरेको ... Read More