News & Events

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हिजो आषाढ २३ बाट शुरु भएको महिला उद्यमीहरुको राष्ट्रिय अन्तक्र्रिया ३७ बुंदे प्रतिबद्धता पत्र सहित आज २४ गते सम्पन्न भएको छ । देश भरीबाट ३९ बटा उद्योग वाणिज्य संघमा आबद्ध करीब १२० जना महिला उद्यमीहरुको भेलाको छलफलबाट आएका उद्यमशीलता विकासका लागि प्रतिबद्ध पत्र महासंघ मार्फत सरकारलाई कार्यान्वयनका लागि दबाब श्रृजना हुने कार्यक्रमकी अध्यक्ष एवम् महासंघको महिला समितिकी सभापति कमला श्रेष्ठको धारणा रहेको थियो । महिलाहरुका लागि विशेष कर लगायत उद्योग स्थापनामा ५० प्रतिशत सम्मको छुट, व्यवसायिक तालिम, संविधानमा महिलाहरुका लागि बिशेष व्यवस्था रहेको धारा ५१, ५२, ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज राष्ट्रिय योजना आयोगका प्रतिनिधिसँग सिमेन्ट उद्योग पहुँच मार्ग विषयमा छलफल गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्र्यक्रममा योजना आयोगका उपसचिव चित्राङ्गत बरालले उद्योगहरुका लागि बनाईएका सडकहरुको अवस्था र यसले पारेको प्रभावका विषयमा प्रतिवेदन तयार गर्न आफूहरुको समूह मकवानपुर आएको बताएका छन् ।
छलफल कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कटुवालले सिमेन्ट उद्योगले खानी प्रयोग गर्दा वातावरणीय प्रभावलाई ध्यान नदिएकोले आगामी दिनमा यस प्रति आयोगको ध्यान जानुपर्ने र स्थानीय नागरिकलाई उनीहरुको क्षमता अनुसार प्रभावकारी माथिल्लो ओहोदामा समेत उद्योगले रोजगार दिनैपर्ने वातावरण श्रृजना गर्नु पर्ने बताएका छन् ।
छलफल कार्यक्रममा जिल्ला सकन्वय समितिका सामाजिक अधिकृत ... Read More


नेपाल उद्योग वाणिज्य महासंघले देशभरी रहेका महिला उद्यमीहरुको राष्ट्रिय भेला आउँदो आषाढ २३ र २४ गते मकवानपुरको हेटौंडामा गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा महिला उद्यमीहरुको प्रबद्र्धन विषयमा छलफल गरिने जनाईएको छ । स्थानीय रुपमा कार्यक्रमको संयोजन गरिरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौडामा कार्यक्रमको बारेमा सञ्चारकर्मींहरुलाई जानकारी दिएका थिए । देशभरीका नगरउद्योग वाणिज्य संघमा आबद्ध तथा व्यवसायमा क्रियाशील करीब १ सय ५० जना महिला उद्यमीहरुको सहभागिता रहने सो कार्यक्रममा आ–आफ्नो क्षेत्रका समस्या, कानूनी रुपमा आएका व्यवधानहरुको बारेमा छलफल गरिने र छलफलको निष्कर्षलाई महिला उद्यमी घोषणा पत्रको ... Read More