News & Events

नेपाल सरकारबाट २०७६ श्रावण १ गतेदेखि लागू गरेको उद्योग/व्यवसाय संग सम्बन्धित विभिन्न आर्थिक नीति (सामाजिक सुरक्षा योजना, केहि ब्यबसाय अनिवार्यरुपमा VAT मा जानुपर्ने, VCTS आदि) र अन्य कर (निर्माण ब्यबसाय, स्क्र्याप व्यवसाय आदि) सम्बन्धि नियम कार्यान्वयनको सन्दर्भमा व्यवहारिक कठिनाईहरु देखिएकोकारण मकवानपुर उद्योग बाणिज्य संघले प्रमुख जिल्ला अधिकारी आस्मान तामांगज्यु मार्फत सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष 2076 श्रावण 2 गते पेश ज्ञापनपत्रको पूर्ण विवरण:

नेपाल सरकारबाट २०७६ श्रावण १ गतेदेखि लागू गरेको उद्योग/व्यवसाय संग सम्बन्धित विभिन्न आर्थिक नीति कार्यान्वयनको सन्दर्भमा गम्भिर तथा व्यवहारिक कठिनाईहरु देखिएका छन् । देशको भौगोलिक अवस्था, सडक सञ्जाल, आर्थिक स्तर, जनशक्ति, प्रविधिमा पहुचलगायत विभिन्न कारणले उक्त नीतिहरु कार्यान्वयनमा असहजता देखिएको हो ... Read More


Firm Renew facility @ Cottage & Small Industry Office

३ नम्बर प्रदेश अन्तर्गतका प्राइभेट फर्म रजिष्ट्रेसन दर्ता भएर व्यवसाय गर्दै आएपनि नवीकरण म्याद सकिएर समस्यामा पर्नु भएका व्यवसायीहरुको फर्म नवीकरण हुने भएको छ । ३ नम्बर प्रदेशको उद्योग, बन बाताबरण तथा पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय भएको हो । २०७६ असोज मसान्तसम्मका लागि यो व्यवस्था गरिएको हो । तसर्थ घरेलु तथा साना उद्योग कार्यालयमा नबिकरण नियमित नभई समस्यामा पर्नु भएका व्यबसायीहरुले समयमै यो बिशेष सुबिधा सदुपयोग गर्नुहुन सुचित गरिन्छ ।

मकवानपुर उद्योग बाणिज्य संघ
हेटौडा, मकवानपुर

... Read More

२०७६ जेष्ठ २१, हेटौंडा
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम ऐन २०७४, श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन २०७४ र सामाजिक सुरक्षा योजनाका अन्तरवस्तु बारे जानकारी गराउने उद्देश्यले मंगलबार एक कार्यक्रम गरिएको छ । हेटौंडामा आयोजित उक्त कार्यक्रमको आतिथ्यता मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ ले गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतमको सभापतित्व तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्दप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, नेउवामहासंघका ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले जिल्लामा आउनु हुने नवआगन्तुक प्रमुखज्यूहरुको स्वागत तथा विदाई गर्ने परम्परा अनुसार आज मिति २०७५ साल माघ ६ गते हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका नव आगन्तुक प्रमुख श्री राजेन्द्र कडेलज्यूको स्वागत तथा भरखरै सरुवा भई जान लाग्नु भएका नेपाल भूषण वैद्यज्यूको विदाई कार्यक्रम एक साथ सम्पन्न गरेको छ ।
संघका अध्यक्ष श्री कृष्ण कटुवालले एकै साथ स्वागत तथा विदाई गर्नु हुदै कार्यक्रममा संघ र हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय विच हाम्रो सम्वन्ध सधै समुधुर रहेको र आगामी दिनमा समेत रहने व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा नव आगन्तुक कडेलले संघको कार्यक्रम गर्ने परम्परा प्रति खुसि ... Read More


यस संघको ५२ औं वार्षिक साधारण सभा यही २०७५ पौष २१ गते शनिवार संघको पल्पसा सभागृहमा विहान ९ बजेदेखि हुने भएकाले ०७५ मंसिर मसान्तभित्र नविकरण गर्नुभएका सम्पूर्ण नविकृत सदस्यज्यूहरुलाई सहभागिता जनाईदिनु हुन हार्दिक अनुरोध गर्दछौं । साथै प्रतिनिधि परिवर्तन गर्नुपर्ने भए साधारण सभाको ७ दिन अगावै परिवर्तन गर्नुहुन र कुनै प्रस्ताव पेश गर्नुपर्ने भए साधारण सभाको ३ दिन अगावै सचिवालयमा पेश गर्नुहुन पनि अनुरोध गर्दछौं । साधारण सभामा सहभागी हुन आप्mनो परिचय खुल्ने कागजात अनिवार्य रुपमा लिएर आउनुपर्नेछ ।

धन्यवाद ।


मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा, मकवानपुर
फोन नं. ०५७–५२०३१०, ५२३३१०

... Read More

वि.सं. २०४२ सालदेखि नै स्थानीय उद्योगी व्यवसायीको प्रवद्र्धनकालागि यस संघले मेला महोत्सव आयोजना गर्दै आईरहेको छ । सोपश्चात मेलालाई निरन्तरता प्रदान गर्ने क्रममा बि.सं. २०४३, २०५३, २०५५, २०५६ सालमा आयोजना गरिएको थियो भने बि.सं. २०६६ मा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८, २०७० र २०७२ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न गरिसकेको छ । देशकै मध्यभागमा रहेको ३ नं. प्रदेशको राजधानी यस सुन्दर हेटौंडा नगरीको ५० बर्षभन्दा बढीको औद्योगिक संस्कार रहेको र हेटौंडा औद्योगिक क्षेत्र क्षेत्रफलको हिसाबमा राष्ट्रकै ठूलो औद्योगिक क्षेत्र पनि हो । संगसंगै अर्को नया औद्योगिक क्षेत्रको स्थापना भई भौतिक पूर्वाधारको तयारी पनि भईरहेको अवस्था छ । प्रादेशिक ... Read More


                आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट प्रत्येक वर्ष मनाईने कर सप्ताह कार्यक्रममा संघले पनि आवश्यक सहयोग गर्दै आईरेहको छ । यसवर्ष पनि “करः समृद्ध नेपाल खुशीभर” भन्ने नाराकासाथ सातौं राष्ट्रिय कर दिवस २०७५ मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाईएको छ । कर सप्ताह मनाउने क्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडाले दैनिकरुपमा विभिन्न कर सम्बन्धी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर १ गते हेटौंडामा निकालिएको प्रभातफेरीमा संघको तर्फबाट उद्योगी व्यवसायीसहितको सहभागिता रहेको थियो । मंसिर ३ गते मकवानपुर जिल्लाको पूर्वी क्ष्ँेत्र बाग्मती गाउ“पालिका वडा नं. ६ को कार्यालयमा मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त टोलीले एक दिवसीय करदाता शिक्षा ... Read More


संघले हरेक वर्ष झै यस वर्ष पनि शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई निरन्तरता प्रदान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा तिहार, नेपाल सम्वत १११९ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो । शुभकामना मन्तव्य राख्नुहु“दै अध्यक्ष कटुवालले नेपालीहरुको पर्वहरुले नेपालीलाई एकतामा बा“ध्न सहयोग गरेको बताउनुहु“दै सबै नेपालीको सुस्वास्थ्य, समृद्धिको कामना गर्नुभएको थियो ।

                शुभकामना तथा चियापान कार्यक्रममा मकवानपुरका माननीयज्यूहरु, स्थानीय निकाय तथा प्रहरी प्रशासनका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, संघका पूर्वअध्यक्षज्यूहरु, संघका सल्लाहकारज्यूहरु, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरु, गैरसरकारी संघसंस्थाहरु, बस्तुगत संघसंस्थाहरु, निजी क्षेत्रका संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरु, संघका सदस्यहरुलगायत सञ्चारकर्मीज्यूहरुको उल्लेखनीय ... Read More


संघले पल्पसा सभागृह परिसरमा निर्माण गरिन लागेको अतिथि गृहको शिलान्यास हेटौंडा उपमहानगरपालिका कार्यालयका नगरप्रमुख हरिबहादुर महतज्यूबाट गरिएको छ । तिहारको पहिलो दिन विहान ७ बजेर २८ मिनेटको शुभ साईतमा शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रम अघि संघका अध्यक्ष कृष्ण कटुवाल र नगरप्रमुख हरिबहादुर महतज्यूले संयुक्त रुपमा पूजा गर्नुभएको थियो । संघको हेटौंडा वडा नं. २ मा रहेको जग्गामा पल्पसा सभागृहलाई यथावत राखी उत्तर पश्चिम भागमा १५ धुर जग्गामा ३२ कोठा र १ अत्याधुनिक सभाहल समेतको ५ तल्ले आधुनिक भवन निर्माण गरिन लागिएको हो । भवनको पहिलो चरणको नक्सा बनाउने कार्य सकिएको छ भने २ वर्षभित्र निर्माण गरिसक्ने संघका सचिव तथा संयोजक ... Read More


संघले विभिन्न सम्बन्धित निकायका नवआगन्तुक प्रमुखहरुको स्वागत गर्ने परम्परा कायमै राख्दै आन्तरिक राजश्व कार्यालयका नवआगन्तुक प्रमुख कर अधिकृत तथा कर अधिकृतज्यूहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा हालसालै मात्र आन्तरिक राजश्व कार्यालय मकवानपुरमा सरुवा भई आउनुभएका प्रमुख कर अधिकृत सन्तबहादुर ढकाल तथा कर अधिकृतहरु हरेराम ढकाल, नारायण भण्डारी, सरोजकुमार ढकाल, दिपककुमार ढकालज्यूको स्वागत गरिएको हो । संघका महासचिव प्रमोदसिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहु“दै अध्यक्ष कटुवालले आन्तरिक राजश्व कार्यालय र संघबीचको सुमधुर सम्वन्ध कायमै रहनु पर्नेमा जोड दिनुभएको थियो । सबैलाई टिका तथा गलबन्दी लगाई गरिएको ... Read More


प्रदेश नं ३ को राजधानी हेटौंडा कायम राख्ने विषयमा संघले बस्तुगत सदस्यहरु, टोल विकास संस्थाहरु, उपभोक्तावादी संस्थाहरु, सहकारी संस्थाहरु, एशोसियट सदस्यहरु, निजी क्षेत्रका संघसंस्थाहरु, शैक्षिक संघसंस्थाहरु, बार एशोसियसनहरु, विभिन्न क्लब, जेसीजहरुलगायत अन्य सम्बन्धित संघसंस्थाहरुसंग छलफल कार्यक्रम आयोजना गरेको छ । राजधानीकालागि पूर्वाधालगायत सबै कुराले उपर्युक्त हेटौंडाबाट राजधानी सार्ने विषय नेताहरुको जु·ाको लडाई मात्र भएको सहभागीहरुले बताउनुभएको छ । अन्य स्थानमा राजधानी सार्दा भौतिक पूर्वाधारकालागि प्रयोग हुने अर्बौ रकम विकास निर्माणमा खर्च गर्न सकिने भएकाले राजधानी सार्न खोजिए सबै क्षेत्रमा आन्दोलन चर्कन सक्ने पनि सहभागीहरुले बताउनुभएको छ । राजधानी कायम राख्न सम्पूर्ण मकवानपुरवासी एक ढिक्का भई लाग्ने प्रतिबद्धता पनि सहभागीहरुले जनाउनुभएको छ ... Read More


                “म्याग्दी घुम्न जाऔं, पर्यटकीय सौन्दर्यतामा रमाऔं, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गरौं” भन्ने मूलनाराका साथ गण्डकी प्रदेश अन्तर्गत म्याग्दी उवासंघसहितको प्रचारप्रसार टोलीलाई संघले स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको स्वागत तथा छलफलल कार्यक्रममा अध्यक्ष कटुवालले संघ र जिल्लाको हालको वस्तुस्थितिको विषयमा जानकारी गराउ“दै म्याग्दी भ्रमण वर्षभित्रै संघको टोली म्याग्दीको भ्रमणमा आउने बाचा गर्नुभएको थियो ।

                म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा म्याग्दी भ्रमण वर्ष २०७५ का मूल संयोजक उत्तमकुमार कर्माचार्यज्यूले म्याग्दीको समुचित विकासकालागि म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजना, जिल्ला समन्वय समिति बेनी, विभिन्न गाउ“पालिकाहरु, म्याग्दी विकास मञ्च, म्याग्दी प्रवासी नेपाल संघ (मोला) को आयोजना तथा ... Read More


संघले निर्माण व्यवसायी संघको नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालज्यूले टिका, माला लगाई स्वागत तथा वधाई दिनुहु“दै नवनिर्वाचित कार्यसमितिलाई नया“ कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

                निर्माण व्यवसायी संघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष श्यामसुन्दर ढकालज्यूले मउवासंघले गरेको कार्यक्रमले दुई संघ विचको प्रगाढ सम्वन्धलाई थप मजवुत बनाउन स्वागत कार्यक्रम आयोजना गरी सम्मान व्यक्त गर्नु भएकोमा धन्यवाद दिनुभएको थियो । संघका महासचिव प्रमोदसिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले निर्माण व्यवसायीकोे अनुभवको प्रशंसनीय कार्य गरी कार्यकाल सफल बनाउन शुभकामना व्यक्त गर्नुभएको थियो ।

                कार्यक्रममा निर्माण व्यवसायी संघका नवनिर्वाचित पदाधिकारी ... Read More


                संघले हरेक वर्ष आश्विन ३ गते संविधान दिवसको अवसरमा आयोजना हुने प्रभातफेरीमा सहभागिता जनाउने गरेको छ । यस वर्ष पनि संविधान दिवसको अवसरमा आयोजित प्रभातफेरीमा संघले सहभागिता जनाएको छ । जिल्ला समन्वय समितिको आयोजनामा भएको प्रभातफेरीमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार तथा कर्मचारीवर्गको सहभागिता रहेको थियो । प्रभातफेरी भुटनदेवी मा.वि. को प्रां·णबाट शुरु भई बजार परिक्रमा गरी मकवानपुर बहुमुखी क्याम्पसमा पुगी विसर्जन गरिएको थियो ।

... Read More

संघले मकवानपुरे चेली मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई एक कार्यक्रमका विच खादा टिका लगाएर स्वागत गरेको छ । स्वागत मन्तव्य राख्नुहु“दै कार्यक्रमका सभाध्यक्ष अध्यक्ष कृष्ण कटुवालज्यूले खतिवडाले मकवानपुरको गरिमा उच्च बनाएको बताउनुभएको थियो । आगामी मिस वल्र्डकालागि शुभकामना दिनुहु“दै अध्यक्ष कटुवालले वन होम फाउण्डेशनद्वारा कैलाश गाउ“पालिकामा निर्माणाधीन स्वास्थ्य चौकीकोलागि संघका पदाधिकारी तथा कार्यसमितिज्यूहरुको तर्पmबाट संकलित  रु. १,००,०००।– (एक लाख मात्र) को चेक पनि खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।
स्वागत तथा छलफल कार्यक्रममा मन्तव्य राख्नुहु“दै मिस नेपाल खतिवडाले मिस वल्र्डकालागि “व्यूटी विथ अ पर्पस” शीर्षक अन्तर्गत कम्तिमा एउटा सामाजिक कार्य गनुपर्ने भएकोले आप्mनै गृह जिल्लाको विकट क्षेत्र कैलाश गाउ“पालिका वडा नं. ७ ... Read More


                नगरका बैंकहरुले नगरको सुरक्षाको प्रत्याभूतिकालागि मउवासंघको अगुवाईमा राखिएको नगरका सिसिटिभी विस्तारमा आप्mनो सहयोग रहने बताएका छन् । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङज्यूको प्रमुख आतित्थ्यता एवम् प्रहरी उपरीक्षक बुद्धिराज गुरु·ज्यूको विशेष आतिथ्यतामा आयोजित छलफल कार्यक्रममा बैंकर्सहरुले यस्तो बताएका हुन् । नगरको सुरक्षाकालागि राखिएको सिसिटिभीको मर्मत र यसको विस्तारकालागि आपूmहरु सकारात्मक रहेको बताउ“दै बैंकर्सहरुले छिट्टै बजेटको व्यवस्था गरी रकम हस्तान्तरण गर्ने बताएका छन् ।

... Read More

                संघले उपभोक्ता मञ्च नेपाल मकवानपृरका नवनिर्र्वा्चित अध्यक्ष तथा पदाधिकारीज्यूहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रको आयोजना गरेको छ । संघका का.वा. अध्क्षक्ष माधव न्यौपानेज्यूले मञ्चका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीज्यूहरुलाई खादा तथा टिका लगाएर स्वागत गर्नुभएको थियो । न्यौपानेले दुवै संस्था पहलकालागि आवाज उठाउने संस्था भएकाले सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभएको थियो । समृृद्ध नेपाल वनाउन हातेमोलो गर्नुपर्नेमा जोड दिनुहु“दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

                संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठज्यूले नेपाल सरकारको कतिपय नीति नियमले व्यवसायीहरुलाई समस्या परेको बताउनुहु“दै अण्डरबिलि· समस्या, नदिको सतह वृद्धि, २५ मिटर समस्या, बढ्दो सवारी चापलगायतको विषयमा मञ्चको ध्यानाकर्षण गराउनुभएको थियो । संघका कोषाध्यक्ष अनिल अग्रवालज्यूले दुवै संस्था ... Read More


                मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालज्यूको नेतृत्वमा कार्यसमितिका पदाधिकारी, सदस्यलगायत ३४ सदस्यीय व्यवसायीहरुको पर्यटकीय अध्ययन अवलोकन भ्रमण टोली १० दिने जोर्डन र इजिप्टको पर्यटकीय अध्ययन अवलोकन भ्रमणमा जानुभएको हो । भ्रमण टोलीले जोर्डनका पुरातात्विक शहर पेट्रा, मृत सागर र ईजिप्टका कायरो, नाईल नदि, शताब्दिऔं पुराना पिरामिडहरुको अवलोकन गर्नुभएको थियो । पर्यटकीय भ्रमण उपलब्धिमूलक रहेको भ्रमणका सहभागीहरुले बताउनुभएको छ । भ्रमण अघि संघले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराईएको थियो ।

... Read More

                संघले मकवानपुर सरुवा भएका आउनुभएका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी अस्मान तामा·ज्यूको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण अग्रवालज्यूको अध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा अध्यक्ष कटुवालले जिल्लाको विषयबस्तु, व्यावसायिक समस्या, पार्कि·, सिसिटिभी र सुरक्षास्थितिको विषयमा तामा·को ध्यानाकर्षण गराउनुभएको थियो । स्वागत कार्यक्रम आयोजना गरी सम्मान गरिदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुहु“दै प्रमुख जिल्ला अधिकारी तामा·ले जिल्लालाई अपराधमुक्त बनाउने र यसकोलागि सबै संघसंस्थाहरुको सहयोग जरुरी रहेको बताउनुभएको छ ।

                स्वागत तथा छलफल कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माज्यूले आफ्नो क्षेत्रगत विषयमा मन्तव्य ... Read More


                संघले अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी चक्रवहादुर वुढाज्यूको विदाई कार्यक्रमको आयोजना गरेको थियोे । प्रजिअको कार्यकाल सुमधुर र सहज रहेको वताउनु हु“दै आगामी दिनमा मिलन हुने विचार व्यक्त गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । प्रजिअको कार्यकालमा जिल्लाका विभिन्न गतिविधिहरु उल्लेखनीय भएको बताउनुहु“दै अध्यक्ष कटुवालले उहा“को कास्कीको कार्यकालको सफलताको पनि कामना गर्नुभएको थियो ।

                प्रमुख जिल्ला अधिकारी बुढाले मकवानपुरमा आप्mनो ११ महिने सेवाको क्रममा सवैको सहयोग, समन्वय, सहकार्यले सफलता मिलेको बताउनुभएको थियो । जिल्लाको सौहार्दपूर्ण वातावरणले प्रभावित भएको बताउनुहु“दै यहा“को समस्याको समाधानमा सक्दो प्रयास गरेको र व्यवसायीहरु पनि उपभोक्ता भएकोले व्यवसायलाई नियम संगत र मर्यादित बनाई लैजानुपर्ने बताउनुभएको ... Read More


               संघमा आवद्ध ८ वटा वस्तुगतका व्यवसायीहरुकालागि संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूको अध्यक्षतामा लेखा तथा कर शिक्षा तालिमको आयोजना गरिएको थियो । तलिममा आर्थिक विधेयक २०७५ ले परिवर्तन गरेको विषयहरु, मिसम्याचका विषय तथा खाता राख्ने सम्बन्धमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु हु“दै बरिष्ठ उपाध्यक्ष न्यौपानेले तालिमपश्चात सिकेका कुराहरुलाई व्यवहारमा पनि उतार्नु पर्नेमा जोड दिनुभएको थियो ।

                आन्तरिक राजश्व कार्यालयका कर अधिकृत दिलक आचार्यज्यूले आर्थिक विधेयक २०७५ ले परिवर्तन गरेका विषयहरु, मूल्य अभिवृद्धि करमा हाल भएका परिवर्तनले व्यवसायीहरुमा परेको अन्यौलताको बारेमा सहजीकरण गर्नुभएको थियो । साथै व्यवसायीहरुलाई विधेयकमा भएको परिवर्तन लागू गर्दा समस्या उत्पन्न भएमा सम्वन्धित सरोकारवाला निकायहरुसंग समन्वय गरी ... Read More


संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षता तथा पदाधिकारी कासस एवम् मउवासंघ÷महिला उद्यमी विकास समितिकी सभापति निलम बैद्यलगायत पदाधिकारीसहित सदस्यहरुको उपस्थितिमा संघको तर्फवाट थाहानगर उवासंघकी महिला उद्यमी सभापति आरती श्रेष्ठज्यू बधाई दिईएको थियो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट सम्मानित श्रेष्ठको सम्मानमा बधाई कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा थाहानगर उवासंघका अध्यक्ष कविराज खत्रीज्यूको पनि उपस्थिति रहेको थियो ।

... Read More

संघले आन्तरिक राजस्व कार्यालय हेटौंडाको सहयोगमा संशोधित कर व्यवस्था सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष कटुवालले गत जेठमा आएको नेपाल सरकारको बजेट सम्बोधनपश्चात भएका करको संशोधनहरुको विषयमा उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ठूला उद्योगी व्यवसायी भन्दा पनि धेरै जसो साना उद्योगी व्यवसायीहरु करको समस्यामा धेरै पर्ने भएकोले बस्तुगत संघसंस्था र सो अन्तर्गतका उद्योगी व्यवसायीहरुलाई कार्यक्रम लक्षित गरिएको पनि उहा“ले बताउनुभयो ।

बजेटपश्चात भएका संशोधित करको व्यवस्थाको विषयमा आन्तरिक राजस्व कार्यालयका तात्कालिन प्रमुख कर अधिकृत राजेन्द्र पौडेलज्यूले सहजीकरण गर्नुभएको थियो । प्रमुख कर अधिकृत पौडेलले ... Read More


                जिल्ला प्रहरी कार्यालय, मकवानपुरका नवआगन्तुक प्रहरी उपरीक्षक बुद्धिराज गुरु·ज्यूको सम्मानमा संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्युको सभाध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रमका अध्यक्ष कटुवालले जिल्लाको समसामयिक विषयबस्तुको बारेमा ध्याकर्षण गराउनुहु“दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । छलफल कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा सल्लाहकार उत्तमशर्मा ढकालज्यूले बजारको यातायात चाप तथा सुरक्षा र होटल एशोसियसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माज्यूले होटल व्यवसायमा परेको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

                प्रहरी उपरिक्षक गुरुङले शान्ति कायम गर्नु सबैकोे कर्तव्य भएको र समाजलाई शान्ति सुरक्षा दिन प्रहरी प्रशासन निरन्तर लागि परेकोे र लागि रहने कुरामा जोड दिनुभएको थियो । ... Read More


                संघको तर्फवाट संघका अध्यक्ष कृष्ण कटुवालज्यूले भैंसे प्रहरी चौकीका असई हितबहादुर कटुवालज्यूलाई भैंसे प्रहरी चौकीकालागि १ (एक) थान २४ ईन्चको एलईडि टिभि हस्तान्तरण गरिएको छ । टिभी हस्तान्तरण कार्यक्रममा संघका महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी तथा कासस नरेन्द्र भण्डारीज्यूको उपस्थिति रहेको थियो ।

... Read More

संघका सदस्यज्यूहरुले हेटौंडाका विभिन्न होटलहरुमा छुट सुविधा पाउनुहुने भएको छ । संघका सचिव विष्णुगोपाल महर्जनज्यूको अध्यक्षतामा होटल एशोशियसन तथा विभिन्न होटल व्यवसायीहरुबीच भएको छलफलपश्चात संघमा आवद्ध रहेका सदस्यहरुलाई छुट दिने निर्णय गरिएको हो । छलफल कार्यक्रममा होटल एशोसियसनका महासचिव शंकरलाल श्रेष्ठज्यूले होटलहरुले भोग्नुपरेका समस्याहरुमा पनि केन्द्रीत रहन आग्रह गर्दै मकवानपुरको पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय प्रगति हुन नसक्दा होटल व्यवसायीहरुलाई परेको समस्या श्रेष्ठले राख्नुभएको थियो । होटल प्रकाश ईन्टरनेशनल प्रा.लि का रविकुमार गुप्ताले होटलहरुले पनि समयसापेक्ष स्तरीकरण गर्दै लैजानु पर्ने र पर्यटक भित्र्याउन गरिने कार्यक्रमहरुमा संघबाट पनि आवश्यक पहल हुनुपर्ने बताउनुभएको थियो ।

संघका कार्यकारी सचिव विवेक मानन्धरज्यूले संचालन गर्नुभएको छलफल कार्यक्रममा समापन ... Read More


संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठज्यूको विदाई कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको विदाई कार्यक्रममा मन्तव्य राख्नुहु“दै अध्यक्ष कटुवालले उपरीक्षक श्रेष्ठले छोटो अवधिमा यस क्षेत्रमा अपराध न्यूनिकरणमा पु¥याएको सहयोगकालागि धन्यवाद दिनुभएको थियो । हराएका मोबाईल फिर्ता गर्ने, लागु पदार्थ ओसारपसारमा कमी, अपराधीहरुको पक्राउ गर्ने, सिसिटिभी मर्मतकालागि सहयोग जुटाउने कार्यको प्रशंसा गर्नुहु“दै अध्यक्ष कटुवालले श्रेष्ठको आगामी दिनको सफलताको कामना गर्नुभएको थियो ।

प्रहरी उपरीक्षक श्रेष्ठले छोटो समयमा आफुले सक्दो गर्ने प्रयास गरेको बताउनुभएको थियो । आपूmले गरेका हरेक कृयाकलापहरुमा आफुलाई सबैको साथ प्राप्त भएकोमा सबैलाई धन्यवाद दिनुहु“दै सकारात्मक सोचकासाथ सामुहिक रुपमा एक भई अघि बढ्न सुझाउनुभएको ... Read More


संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा व्यावसायिक सुरक्षा विषयमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा नगरका विभिन्न बैंकहरुबीच छलफल कार्यक्रम आयोजना गरिएको हो । छलफल कार्यक्रममा स्वागत मन्तव्य राख्नुहु“दै अध्यक्ष कटुवालले नगरको सुरक्षामा सिसिटिभीले पु¥याएको योगदानको चर्चा गर्नुहु“दै विभिन्न समयमा सिसिटिभी विग्रने समस्या आईरहेकोले यसकालागि बैंकहरुबाट पनि आवश्यक बजेटको व्यवस्था हुन सके चोरी, लुटपाटको घटना न्यूनिकरणमा सहयोग पुग्ने पनि बताउनुभयो । बैंकहरुको एटीएम काउण्टर पनि संसा“झै बन्द हुने भएकोले यसलाई २४ घण्टा नै खुला राख्नुपर्ने पनि उहा“ले बताउनुभएको थियो । तात्कालिन प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठज्यूले सिसिटिभीले नगरको सुरक्षामा उल्लेखनीय सहयोग पु¥याईरहेको भएपनि यसको मर्मतमा ध्यान पु¥याउनु सबैको दायित्व ... Read More


     मकवानपुर उद्योग वाणिज्य संघ र सनराइज बैंक लिमिटेड हेटौंडाको संयुक्त आयोजनामा “आधारभूत लेखा तथा कर नीति” सम्बन्धि अभिमुखिकरण कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षता तथा प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजनामन्त्री मा. कैलाशप्रसाद ढुंगेलज्यूको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि मा. ढुंगेलले मन्तव्यका क्रममा बैकहरुलाई राष्ट्र बैंकको निर्देशन अनुसार चल्न समेत सुझाव दिनुहु“दै बैंकहरुले अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको थियो । सनराईज बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाज्यूले “आधारभुत लेखा तथा कर नीति” सम्बन्धि अभिमुखिकरण कार्यक्रमले व्यवसायीलाई सो सम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रम राखिएको बताउनुभएको थियो ।

     कार्यक्रको सहजीकरण चार्टर एकाउण्टेन्ट अरुण राउतज्यूले गर्नुभएको थियो । ... Read More


संघले बीरगंजका भारतीय महावाणिज्यदुतसंग भेटघाट गरेको छ । आप्mना विभिन्न परियोजनाहरुको अवलोकन गर्ने क्रममा मकवानपुर आएको अवसरमा संघले भारतीय महावाणिज्यदुतसंग भेट तथा छलफल गरेको हो । संघमै भएको छलफलको क्रममा भारतीय महावाणिज्यदुत वि.सी. प्रधानज्यूले मकवानपुरलाई औद्योगिक र पर्यटनमा अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो । मकवानपुरको जैविक विविधता र यहा“को भौगोलिक वातावरणको कारण औद्योगिक र पर्यटनमा लगानी वृद्धि गर्न सके रोजगारी र आर्थिक विकासमा यस क्षेत्रले नै ठूलो फड्को मार्न सक्ने पनि उहा“ले बताउनुभएको थियो । नेपाल भारत बहुप्राविधिक महाविद्यालय निर्माणको कार्य अघि बढिरहेको र समय समयमा आउने विभिन्न बाधा व्यवधानहरुलाई मिलेर सुल्झाउन सके भोलिका दिनमा दक्ष जनशक्ति उत्पादन भई यही क्षेत्रका ... Read More


आन्तरिक पर्यटन प्रवद्र्धनकालागि संघले जेठ महिनाको नियमित बैठक मकवानपुरकै पर्यटकीय क्षेत्रको रुपमा विकसित हु“दै गईरहेको कुलेखानीको मार्खु क्षेत्रमा आयोजना गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गराउने उद्देश्य अनुरुप बैठक मार्खुमा आयोजना गरिएको हो । संघको कार्ययोजनामा पनि पर्यटन प्रवद्र्धन कार्यक्रम रहेकोले सोही अनुसार संघबाहिर नियमित बैठक आयोजना गरिएको थियो । आगामी दिनमा पनि आन्तरिक पर्यटन प्रवद्र्धनकालागि बैठक संघबाहिर बस्नेछ ।

... Read More

संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा नेपाल पत्रकार महासंघ ३ नं प्रदेश समितिका अध्यक्ष प्रताप विष्ट र नवनिर्वाचित पदाधिकारीलाई वधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा अध्यक्ष कटुवालले अध्यक्ष प्रताप विष्ट, सदस्य नानीमैया विष्टज्यूलाई टिका खादा लगायर स्वागत तथा कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रदेश समिति अध्यक्ष विष्टले स्थानीय व्यवसाय फष्टाएको हेर्न चाहेको विचार व्यक्त गर्नुहुदै उद्योगी व्यवसायी र संचारकर्मीहरुबीचको सम्वन्ध अझै मजवुत हुन जरुरी रहेको औल्याउनु भएको थियो । राष्ट्रको समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र पत्रकार राष्ट्रको चौथो अंग भएपनि नागरिक नै भएको पनि बताउनु भएको थियो ।

संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीज्यूले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले ... Read More


                संघका का.वा. अध्यक्ष माधव न्यौपानेज्यूको अध्यक्षतामा कर शिक्षा तालिमको आयोजना गरिएको छ ।

उद्घाटन मन्तव्यको क्रममा व्यवसायीहरुलाई कर शिक्षाको तालिम प्रदान गरी कर सम्वन्धी हिसाव किताव राख्न सहज वनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको न्यौपानेले वताउनुभएको थियो । व्यवसायीहरुले दैनिक राखेका हिसाव नियमानुसार भए नभएका हेर्नका लागि पनि अध्ययनरत विद्यार्थिहरुलाई समेत यस्ता तालिम दिने संघको लक्ष रहेको र तालिम पश्चात उनीहरुलाई व्यवसायीको माग बमोजिम कम भन्दा कम शुल्क लिई हिसाब हेर्ने व्यवस्थासमेत मिलाउने बताउनुभएको थियो । तालिममा आन्तरिक राजश्व कार्यालय, मकवानपुरका कर अधिकृत दिलक आचार्यज्यूले सहजीकरण गर्नुभएको थियो ।

कर शिक्षा तालिमको आवश्यकता बारे प्रकाश पार्नुहुदै संघका उपाध्यक्ष रामप्रसाद न्यापानेज्यूले तालिमले व्यवसायीहरुको ... Read More


                संघले आप्mना कर्मचारीहरुलाई कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्ने सम्वन्धि १ दिवसीय तालिम प्रदान गरेको छ । का.वा. अध्यक्ष माधव न्यौपानेज्यूको अध्यक्षतामा भएको तालिम कार्यक्रममा मन्तव्य राख्नुहु“दै न्यौपानेले तालिमपश्चात कम्पनी दर्ता संघबाट नै हुने बताउनुभएको थियो । तालिमको सहजीकरण धिरज कट्टेलले गर्नुभएको थियो भने उहा“लाई अजय कट्टेलज्यूले सहयोग गर्नुभएको थियो । तालिममा संघका कार्यकारी सचिव विवेक मानन्धरज्यूलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । समापन मन्तव्यको क्रममा संघका कासस रवि कडेल शर्माज्यूले यस क्षेत्रका उद्योगी व्यवसायीहरुको कम्पनी रजिष्ट्रारको काम जिल्लाबाटै हुने र यसले संघमा आय पनि हुने विश्वास व्यक्त गर्नुभएको थियो । प्रशिक्षकलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

... Read More

दक्षिण कोरियाको विभिन्न क्षेत्रको विकासलाई मध्यनजर गरी कृषि क्षेत्रलाई विशेष चासोको विषय बनाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालज्यूको नेतृत्वमा दक्षिण कोरिया भ्रमणमा जानुभएको छ । ५ दिनको भ्रमणमा जानुभएको टोलीले दक्षिण कोरियाको गिम्हे माईग्रेन्ट हाउस, ग्या·नाम नेशनल युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजी र बुसान उद्योग वाणिज्य संघसंग भेटघाट गरी कृषि क्षेत्रको विकासकालागि छलफल गरेको थियो । अध्यक्ष कटुवालसहित पूर्वअध्यक्ष अरुणराज सुमार्गी, सचिव विष्णुगोपाल महर्जन, कासस कृष्णप्रसाद ढुंगाना र सदस्य भीम तिमल्सिनासहित पुगेको भ्रमण टोलीले कृषि उत्पादन, कुखुरापालनलगायतका उद्योगहरुको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणमा मउवासंघ र गिम्हे माईग्रेन्ट हाउससंग द्विपक्षीय सहयोग आदानप्रदान गर्न सम्झौता पनि गरिएको थियो । संघले ... Read More


क्षेत्रीय नापतौत गुणस्तर कार्यालय, बीरगंजबाट नापतौल ऐन र नियमानुसार व्यवसायीहरुको नाप्ने तौलने यन्त्रहरु जा“च, नविकरण तथा अनुमतिपत्र वितरण गर्ने गरेको छ । यस वर्ष पनि हेटौंडालगायत आसपासका व्यवसायीहरुलाई आ««–आफ्ना नापतौलका सामानहरुको चेकजा“चको सूचना प्रकाशित गरी खटिई आएको टोलीलाई पल्पसा सभागृहमा सम्पूर्ण व्यवस्था मिलाइएको थियो । टोलीले नापतौल जा“चका क्रममा उद्योगी÷व्यवसायीहरुको नापतौलका यन्त्रहरु जा“च, नविकरण तथा नया“ दर्ता गरिएको थियो । नापतौल यन्त्रहरु जा“च तथा नविकरण र नया“ दर्ता सम्बन्धी सेवा जिल्लाभरका २७३ व्यवसायीहरुले उपभोग गरेका थिए ।

... Read More

 

                जिल्ला प्रहरी कार्यालय, मकवानपुरका नवआगन्तुक प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठज्यूको सम्मानमा संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको थियो । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको सभाध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा अध्यक्ष कटुवालले जिल्लाको समसामयिक विषयबस्तुको बारेमा ध्याकर्षण गराउनुभएको थियो ।

                प्रहरी उपरिक्षक श्रेष्ठले अपराधी आप्mनालागि भुसुना सरह भएकाले जघन्य अपराध गर्ने कसैलाई पनि आपूmले नछोड्ने बताउनुहु“दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न आपूm अहोरात्र खट्ने बताउनुभया । जनता विना वर्दीका प्रहरी नै भएकाले शान्ति सुरक्षामा सबैको साथ आवश्यक रहेको बताउनुभएको थियो । सबैको साथ र सहयोग भए नगरमा २४ घण्टा नै व्यवसाय गर्ने वातावरण तयार हुने उहा“ले बताउनुभयो ।

                संघका महासचिव प्रमोदसिंह ... Read More


 

संघले नया“ वर्ष २०७५ को अवसरमा प्रकाशित क्यालेण्डर आप्mना सदस्यहरुलाई निःशुल्क रुपमा वितरण गरेको छ । संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुले सदस्यहरुलाई सम्बन्धित स्थानमा नै पुगी क्यालेण्डर वितरण गर्नुभएको थियो ।

... Read More

 

                संघले प्रदेश नं. ३ का माननीय सांसदज्यूहरुलाई हेटौंडाको भ्रमण गराएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा गरिएको भ्रमण कार्यक्रममा हेटौंडाको बस्तुस्थिति बुझाउन प्रदेश नं. ३ का माननीयज्यूहरुको भ्रमण कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश नं. ३ का ७३ जना माननीयज्यूहरुलाई हेटौंडाका विभिन्न उद्योगहरुमध्ये अन्टार्र्किटक विस्कुट उद्योग, हेटौंडा दुग्ध वितरण आयोजना र शिवम सिमेन्ट उद्योगको अवलोकन गराईएको थियो । त्यसैगरी धार्मिक पर्यटकीयस्थलको रुपमा चर्चित हुदै गईरहेको कुष्माण्ड सरोवरको पनि भ्रमण गराईएको थियो । मकवानपुरका उद्योगहरुको अवस्था र यहा“को धार्मिक पर्यटनका विषयमा अवगत गराउ“दा सांसदज्यूहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो । भ्रमण गराई हेटौंडाको बस्तुस्थिति बुभ्mन सहयोग गरेकोमा सबै माननीयज्यूहरुबाट मकवानपुर ... Read More


                संघ र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा पू“जी बजार सम्वन्धी जनचेतना अभिवृद्धि तथा प्रशिक्षण एवम् अन्तत्र्रिmया कार्यक्रम संघको सभाहलमा आयोजना गरिएको छ । संघका अध्यक्ष कृष्ण कटूवालज्यूको सभापतित्व तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालज्यूको प्रमुख आतित्थ्या एवम् तात्कालिन प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढाज्यूको विशेष आतित्थ्यतामा भएको थियो ।

                कार्यक्रममा प्रमुख अतिथि खुलालले सानो सानो पू“जीले पनि राष्ट्र निर्माणमा सहयोग पुग्ने भएकाले शेयर कारोबार बारे व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताउनुहु“दै सुरक्षित लगानीको वातावरण तयार गर्न यस्ता कार्यक्रमहरु महत्वपूर्ण रहने बताउनुभएको थियो । विशेष अतिथि बुढाले शेयर कारोबारमा नया“ प्रविधिहरु आएकाले यसको विषयमा सबैले जान्नुपर्ने बताउनुभएको थियो ।

                नेपाल ... Read More


                दमक उद्योग वाणिज्य संघको अध्ययन÷अवलोकन भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूको सभाध्यक्षतामा भएको कार्यक्रममा संघको गतिविधिको वारेमा उहा“ले प्रकाश पार्नुभएको थियो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले भ्रमणको सफलताको शुभकामनासहित दमक र संघको निरन्तर सहकार्य जारी राखी अगाडी बढ्नुपर्ने औंल्याउनु भएको थियो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालज्यूले भ्रमणको वारेमा प्रकाश पार्नु भएको थियो । अध्ययन अवलोकन भ्रमण टोलीमा दमक उद्योग वाणिज्य संघका अध्यक्षलगायत २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रम संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको थियो भने कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, कासस प्रतिमा श्रेष्ठ, निलम ... Read More


                संघले अक्षय तृतीयको शुभ साईतको अवसर पारेर पल्पसा सभागृह परिसरमा निर्माण शुरु हुन गईरहेको अतिथि गृह निर्माणस्थलको भूमिपूजन सम्पन्न गरेको छ । पल्पसा सभागृह परिसरमा आयोजित भूमिपूजन कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्ष जीवनकाजी माकजु श्रेष्ठ, पूर्वअध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र पूर्वअध्यक्ष भुवनलालश्रेष्ठज्यूबाट संयुक्त रुपमा गरिएको थियो । भूमिपूजनको विधिपश्चात सबैलाई प्रसाद वितरण गरिएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । अतिथि गृह निर्माणकालागि नक्सालगायतको काम अघि बढिसकेको र थप आवश्यककार्य अघि बढ्दै गरेको सचिव तथा निर्माण समिति संयोजक विष्णु गोपाल महर्जनले बताउनुभएको थियो । अनुमानित ५ करोडको लागतमा निर्माण हुन ... Read More


 

                प्रदेशको राजधानी हेटौंडा कायम राख्न संघले पूर्वप्रधानमन्त्री तथा नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवाज्यूलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा गएको प्रतिनिधिमण्डलले जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको अवसरमा हेटौंडा आउनुभएका पूर्वप्रधानमन्त्री देउवालाई ज्ञापनपत्र दिएको हो । संघले हेटौंडालाई स्थायी राजधानी कायम गर्न विभिन्न फोरमहरुमा आवाज उठाउ“दै आईरहेको छ ।

... Read More

                संघका नविकृत सदस्यहरुकालागि औषधी खरिदमा छुट दिने सम्वन्धमा अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा औषधी व्यवसायी संघका पदाधिकारीज्यूहरु विच भएको सहमति बमोजिम पत्रकार सम्मेलन आयोजना गरी जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष कटुवालले संघका नविकृत सदस्यहरुलाई छुट दिईने व्यानर नेपाल औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहालज्यूलाई हस्तान्तरण गर्नु भएको थियो ।

                नेपाल औषधी व्यवसायी संघ, मकवानपुरका अध्यक्ष दाहालले आफ्नो मन्तव्य व्यक्त गर्नुहु“दै छिट्टै आम सर्वसाधारणहरुलाई पनि छुट दिने विषयमा छलफल भईरहेको समेत जानकारी गराउनुभएको थियो । संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रममा संघका पूर्वअध्यक्ष, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, नेपाल औषधी व्यवसायी संघ मकवानपुरका पदाधिकारी तथा सदस्यज्यूहरु तथा ... Read More


 

भिक्टोरिया इन्टरनेशनल कलेज दाङका प्रशिक्षक वामदेव भण्डारीको नेतृत्वमा आएको २५ सदस्यीय भ्रमण टोलीबीच संघमा छलफल आयोजना गरिएको छ । संघका का.वा. अध्यक्ष माधव न्यौपानेज्यूको सभापतित्वमा भएको कार्यक्रममा संघको गतिविधि र औद्योगिक अवस्थाको विषयमा न्यौपानेले जानकारी गराउनुभएको थियो । भ्रमण टोलीका प्रशिक्षक बामदेव भण्डारीज्यूले मकवानपुर जिल्लाको औद्योगिक गतिविधि सम्बन्धी जानकारी हासिल गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको बताउनुभएको थियो । संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रमको समापन उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो । छलफलपश्चात भ्रमणटोलीलाई हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुको भ्रमण पनि गराईएको थियो ।

... Read More

 

                संघले हरेक वर्ष चैत्र २८ गते उद्योग वाणिज्य दिवस मनाउ“दै आएको छ । ०७४ साल चैत्र २८ गते १९ औं उद्योग वाणिज्य दिवशको अवसरमा हेटौंडा ५ मा रहेको ग्रामीण सुधार मञ्चमा आश्रित रहेका ३५ जना अनाथ वालबालिकाहरुलाई संघको तर्पmबाट १० हजार बरावरको खाद्यान्न वितरण गरिएको थियो ।

का.वा. अध्यक्ष माधव न्यौपानेज्यूको सभापतित्वमा भएको खाद्यान्न वितरण कार्यक्रममा संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठज्यूबाट आश्रमकालागि स्व. पिता प्रेमलाल श्रेष्ठको नामवाट अक्षय कोष राख्नको लागि आफनो रु. दशहजार रकम प्रदान गर्ने घोषणा पनि गर्नुभएको थियो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले उद्योग वाणिज्य दिवसको बारेमा प्रकाश पार्नुभएको थियो ।

संस्थाकी सञ्चालिका ईन्दिरा न्यौपानेज्यूले आश्रमको हालसम्मको अवस्था र यसको ... Read More


 

                नेपाल उद्योग वाणिज्य महासंघ, नया“ पत्रिका र आर्थिक पत्रकार समाजको सहकार्य तथा मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ को सह–आयोजनामा हेटौंडामा आर्थिक बहस कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश ३ को सम्बृद्धिको विषयमा चलाईएको बहस कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री मा. कैलाश ढुंगेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, प्रदेश नं. ३ अध्यक्ष दिनेश श्रेष्ठ, मा. ईन्द्रबहादुर बानिया“, मा. कुमारी मोक्तान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बहस कार्यक्रममा अर्थ विश्लेषक अच्युत वाग्लेले सहजीकरण गर्नुभएको ... Read More


 

                संघले एक कार्यक्रमका बीच हेटौंडा वडा नम्बर १ की आगलागी पीडित बीबीमाया स्या·तानलाई सहयोग हस्तान्तरण गरेको छ । संघका वस्तुगत सदस्यहरु खाद्यान्न व्यवसायी संघ र कपडा व्यवसायी संघबाट प्राप्त सहयोग संघका अध्यक्ष कृष्ण कटुवालज्यू र वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेज्यूले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् । सहयोगमा ३० किलो चामल, २० किलो चिउरा, लत्ता–कपडा लगायत संघका कार्यसमिति सदस्यज्यूहरुबाट संकलित नगद रु. ८०००।– (आठहजार) पीडित स्या·तानलाई हस्तान्तरण गरिएको थियो । घरमा लगाईएको विद्युत मिटर पड्केर आगलागी हु“दा स्या·तानको एउटा घर, एउटा गोठसहित नगद, जिन्सी गरी करीब ४ लाखको क्षति भएको वडा अध्यक्ष न्यौपानेले सहयोग हस्तान्तरण कार्यक्रममा बताउनुभएको थियो ... Read More


 

                संघले राष्ट्रियसभा सदस्य माननीय रामनारायण बिडारीज्यूको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको आर्थिक विकासमा छलफल गरिएको थियो भने समसामयिक र पछिल्लो वस्तुगत अवस्थाको विषयहरुमा माननीय विडारीज्यूको ध्यानाकर्षण गराईएको थियो । स्वागत कार्यक्रमकोलागि धन्यवादज्ञापन गर्दै माननीय विडारीले आपूm हेटौंडाका सबैजसो विषयमा केन्द्रीत रहेको र हेटौंडाको समस्याहरुको समाधानमा जीउज्यान दिएर पहल गर्ने बताउनुभएको थियो । स्वागत कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु र सञ्चाकर्मीज्यूहरुको उपस्थिति रहेको थियो । माननीय बिडारी संघका सल्लाहकार पनि हुनुहुन्छ ।

... Read More

 

                ३ नं प्रदेशका माननीय मुख्यमन्त्री, प्रतिनिधिसभा सदस्य,राष्ट्रियसभा सदस्य, प्रदेशसभा सभामुख, प्रदेशसभा मन्त्रीज्यूलगायत जनप्रतिनिधिज्यूहरुको स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा मा. मुख्यमन्त्री डोरमणी पौडेल, मा. प्रतिनिधिसभा सदस्य विरोध खतिवडा,कृष्णप्रसाद दहाल, मा.राष्ट्रियसभा सदस्य रामचन्द्र राई,रामनारायण विडारी, मा. सभाभुख सानुकुमार श्रेष्ठ, मा. मन्त्रीहरु शालिकराम जमरकट्टेल, केशव स्थापित, अरुण नेपाल, दाबा दोर्जे लामा, कैलाश ढुंगेल, युवराज दुलाल, मा. उपसभामुख राधिका तामाङ, मा. ईन्द्रबहादुर वानिया, मा. प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी “छिन्तु”, मुनु सिग्देल, जुनेली श्रेष्ठ, ओम घलान, सन्त वहादुर चेपाङज्यूको उपस्थिति रहेको थियो । स्वागत सम्मान कार्यक्रममा मुख्यमन्त्री माननीय डोरमणि पौडेलज्यूले कानून संशोधन आजको आवश्यक रहेको बताउनुहु“दै कानून बनेपछि जनतालाई ... Read More




Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback