News & Events

मकवानपुर उद्योग वाणिज्य संघले सुदुर पूर्वको पहाडी जिल्ला तेह्रथुमको उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्लेको नेतृत्वमा १४ सदस्यीय भ्रमण टोली विहीबार हेटौंडा आएका हुन् । 

संघका कार्यवाहक अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष जीवनकाजि माकजु श्रेष्ठ, निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, महासचिव महेन्द्र राउत, मकवानपुर होटल एशोसिएसनका अध्यक्ष भगिरथ शर्मा, महिला उद्यमी सभापति निलम पाण्डे, कार्यसमिति सदस्यहरु माधव ज्ञवाली, दिवस पराजुली, अनिल अग्रवाल, पवन अग्रवाल, राजेन्द्र लामिछाने, व्यवसायी तुलसी गिरीको उपस्थिति रहेको थियो । 
संघको तर्फबाट कावा अध्यक्ष कटुवालले ... Read More



अमेरिकाको ईण्डियाना राज्यमा अवस्थित एक बहुराष्ट्रिय कम्पनीको विशेष निमन्त्रणामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने अमेरिका प्रस्थान गरेका छन् । अमेरिका प्रस्थानको क्रममा संघले कार्यक्रमको आयोजना गरी अध्यक्ष न्यौपानेको विदाई गरेको छ । विदाई कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, कासस दिवस पराजुली, माधव न्यौपाने, शान्तिराम धिमाल, विशेष आमन्त्रित सदस्य कमल मैनाली, महिला उद्यमीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । अध्यक्ष न्यौपाने १० दिने भ्रमण सकेर जेठ ६ गते फर्कने कार्यक्रम रहेको छ ।

... Read More