News & Events

मकवानपुर उद्योग वाणिज्य संघको महिला सभापतिमा कार्य समिति सदस्य निलम बैद्य चयन भएकी छिन् । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा अघिल्लो कार्य समितिकी महिला सभापति तथा वर्तमा कार्य समितिकी सदस्य निलम पाण्डेले एक कार्यक्रमका बीच सो पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा संघका अध्यक्ष कटुवालले समितिले आगामी दिनमा गर्ने सबै तालिम, गोष्ठी, व्यावसायिक भ्रमण लगायतमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    आज भएको कार्यक्रममा निवर्तमान सभापति पाण्डेले आफ्ना कार्यकालमा भए गरेका विभिन्न गतिविधिलाई सारांशमा प्रस्तुत गरेकी थिईन् । पद हस्तान्तरण पछि बोल्दै सभापति बैद्यले आफ्नो कार्यकालका लागि १३ जनाको कार्यसमिति सहित आवश्यकता अनुसार अन्य क्षेत्रगत उपसमिति गठन ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद उपाध्यायको सम्मान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो । भारतको मेवार विश्वविद्यालयबाट IMPROVEMENT IN THE MANAGEMENT OF MUNICIPAL FINANCE IN NEPAL शीर्षकमा विद्यावारिधी (PhD) उपाधि हासिल गर्नुभएकोमा वहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै डा. उपाध्यायले लगनशील भएमा सफलता हुने र मकवानपुरलाई शैक्षिक हब बनाउन सबैले चासो दिनुपर्ने बताएका छन् । कार्यक्रममा डा. उपाध्यायले संघ र उपमहानगरपालिका एकापसमा सहकार्य गरी अघि बढ्नुपर्ने धारणा राखेका छन्  ।
महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गरेको सम्मान कार्यक्रममा संघका कोषाध्यक्ष अनिल अग्रवाल, पश्चिमी क्षेत्र सभापति गोविन्द रिजाल लगायतले शुभकामना ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आज हेटौडा नगरमा सवारी व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग अन्तक्र्रिया गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको अन्तक्र्रियामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले कानून बमोजिम आफू अघि बढिरहेको तर पनि कतिपय अवस्थामा व्यवहारिक पक्षलाई समेत ट्राफिक प्रहरीले ध्यान दिएको बताएका छन् । अन्तक्र्रिया कार्यक्रममा संघका अध्यक्ष कटुवालले फागुन १ गतेबाट फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने समेत जानकारी दिएका छन् भने, सवारी व्यवस्थापनका लागि विभिन्न सारेकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको जानकारी दिएका थिए ।
    अन्तत्र्रिmया कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले यस भन्दा अघि ट्राफिक प्रहरीसँग गरिएको ... Read More