News & Events

मकवानपुर उद्योग वाणिज्य संघले आज त्रियुगा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेकोछ । नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण र जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँग त्रियुगा उद्योग वाणिज्य संघले कसरी सहकार्य गरी अघि बढ्न सक्छ ? भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताउनु भएकोछ । मकवानपुर  उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको समग्र व्यवसाय र व्यवसायिक सम्भावनाको बारेमा अवगत गराउनु भएको थियो । स्वागत कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले उदयपुरमा फस्टाउदै गएको सामुहिक तथा व्यवसायिक बाख्रापालनको बारेमा भ्रमण टोली सँग जिज्ञासा राख्नु भएको थियो ।
भ्रमण टोलीले ... Read More


श्रावण २७, २०७३ । मकवानुर उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा क्रिष्टल गहना बनाउने तालिम आजबाट मनहरीमा शुरु भएकोछ । ५ दिन सम्म चल्ने तालिममा करीब २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहनेछ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष न्यौपानेले तालिममा सिकेको सीपलाई व्यवसायकै रुपमा विकास गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा मउबासंघ, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेले यस तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याई आर्थिक रुपमा सक्षम बनाउने बताएकीछिन् । कार्यक्रममा मउबासंघका बरीष्ठ उपाध्यक्ष कृष्ण कटुवालले कुनै पनि तालिम निजी विकास र व्यवसायिक विकासका लागि हुने र यो तालिम ... Read More


सहभागीहरुको मागलाई मध्यनजर गर्दै मकवानपुर उद्योग वाणिज्य संघ (महिला उद्यमी विकास समिति) को आयोजनामा पुनः आउँदो भाद्र पहिलो साताबाट क्रिष्टलको गहना बनाउने तालिम  हुने भएकोले इच्छुक महिलाहरुले मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सम्पर्क गरी फाराम भर्नहुन सूचित गरिन्छ ।

तपसील
तालिम हुने समय– विहान ११ देखि दिउंसो १ बजे सम्म ।
स्थान– मउवासंघको सभाहल ।
तालिम शुल्क रु.– १,०००।– मात्र ।
विस्तृत जानकारीका लागि ०५७–५२०३१० वा ५२३३१० (कार्यालय समयभित्र)
            अथवा मोवाईल नं.– ९८४५२६९९६६

... Read More