News & Events

भाद्र २३ । हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आज वालिङ्ग उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको गतिविधि तथा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यले वालिङ्ग उवासंघका अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वमा भ्रमण टोली हेटौंडा आईपुगेको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा संघहरुका वीच एकता सहकार्य भएमा उद्योगी व्यवसायी लगायत सम्पूर्ण नागरिकहरुलाई नै फाईदा पुग्ने बताउनु भयो । स्वागत कार्यक्रममा वालिङ्ग उवासंघका अध्यक्ष शोभाकान्त पौडेलले आफ्ना क्षेत्रमा अनुकरणीय काम गरेका उद्योग वाणिज्य संघहरुको अनुभव साटासाट गर्दै संघको आयआर्जन बृद्धिमा सघाउ पुर्याउने उद्देश्यले भ्रमणको ... Read More


हेटौडा, भाद्र १५ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा संघमा आवद्ध महिला उद्यमीहरुका लागि तीज विशेष कार्यक्रम सम्पन्न गरेकोछ । माननीय महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले तीजले महिलाहरुले भोगेका पीडा, कष्टलाई बाहिर ल्याउने हुनाले यस्ता चाडपर्वले महिलाहरुको हितमा काम गर्ने वातावरण मिल्ने बताउनुभएकोछ । कार्यक्रमका विशेष अतिथि महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहले महिलाहरु पुरुष सरह नै सक्षम रहेको तर उनीहरुलाई अवसरको खाँचो रहेको औल्याउनु भयो ।कार्यक्रमका सभाध्यक्ष तथा मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले संघले सम्पूर्ण ... Read More


भाद्र ११, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार महतले व्यवसायीले लेवल नलागेका, म्याद सकिएका वस्तु विक्री नगर्ने हो भने प्रशासनले अनुगमन नै गर्नु नपर्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराईले अनुगमन उपभोक्ताको हितका लागि हो भन्ने व्यवसायीले बुझ्नुपर्ने धारणा व्यक्त गर्नु भयो । अन्तक्र्रिया कार्यक्रममा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख राजकुमार रिजालले अनुगमन बजार सुधारका लागि भएको र व्यवसायीले अनुगमन आउदा गर्वका साथ विक्री गर्न राखिएका ... Read More