News & Events

गत फागुन २० देखि ३० गते सम्म मकवानपुर उद्योग वाणिज्य संघले गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ को आम्दानी खर्चको हिसाव पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ को हिसाव सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघले   आम्दानी र खर्च गरि करिब २ करोडको हिसाव किताव सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै  मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मेलाको समयमा निकै कठिन परिस्थितिको समय भएता पनि मेला सफल रहेको बताउनु भएकोछ ।  विभिन्न कारणले खर्चमा सोचेभन्दा बृद्धि भएको  तर पनि यस भन्दा अघिका मेलामा भएको ... Read More


सहभागिताको लागि हार्दिक आमन्त्रण ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजना र प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लि.को सहयोगमा व्यवसायीहरुका लागि व्यावसायिक विमा सम्बन्धि अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम राखिएकोले निम्न मिति, समय र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
महासचिव
मिति– २०७३  आश्विन १ गते शनिबार
समय– दिउँसो १ बजे ।
स्थान– संघको सभाहल, हेटौंडा–२
विस्तृत जानकारीका लागि– ०५७–५२०३१०, ९८५५०७०११० मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२

... Read More

विगत १० महिला देखि बन्द बफेलो क्वालिटी फुड इण्डष्ट्रिजका मजदुरहरुले मकवानपुर उद्योग वाणिज्य संघको पहलमा सो उद्योगबाट आफ्नो पारिश्रमिक पाउने भएका छन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक पाउन उद्योग व्यवस्थापनसँग माग राखे पनि वेवास्ता गरेको भन्दै एक साता अघि संघमा संयुक्त हस्ताक्षरित निवेदन दिएका थिए । विगत १० महिना अघिबाट नै सो उद्योगको व्यवस्थापन पक्ष सम्पर्क विहीन भएपछि अन्ततः मजदुरहरु संघमा आईपुगेका थिए । संघका अध्यक्ष राजकुमार न्यौपानेको पहलमा मजदुरको समस्या सम्बोधन गर्न सो उद्योगका सञ्चालक मध्येका समीम अन्सारीलाई संघमा बोलाएर उनी सहित मजदुर तथा मजदुर सम्बद्ध संगठन र श्रम कार्यालयका प्रतिनिधि बीच छलफल गराईएको थियो । छलफल ... Read More