News & Events

सहभागिताको लागि हार्दिक आमन्त्रण ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजना र प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लि.को सहयोगमा व्यवसायीहरुका लागि व्यावसायिक विमा सम्बन्धि अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम राखिएकोले निम्न मिति, समय र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
महासचिव
मिति– २०७३  आश्विन १ गते शनिबार
समय– दिउँसो १ बजे ।
स्थान– संघको सभाहल, हेटौंडा–२
विस्तृत जानकारीका लागि– ०५७–५२०३१०, ९८५५०७०११० मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२

... Read More

विगत १० महिला देखि बन्द बफेलो क्वालिटी फुड इण्डष्ट्रिजका मजदुरहरुले मकवानपुर उद्योग वाणिज्य संघको पहलमा सो उद्योगबाट आफ्नो पारिश्रमिक पाउने भएका छन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक पाउन उद्योग व्यवस्थापनसँग माग राखे पनि वेवास्ता गरेको भन्दै एक साता अघि संघमा संयुक्त हस्ताक्षरित निवेदन दिएका थिए । विगत १० महिना अघिबाट नै सो उद्योगको व्यवस्थापन पक्ष सम्पर्क विहीन भएपछि अन्ततः मजदुरहरु संघमा आईपुगेका थिए । संघका अध्यक्ष राजकुमार न्यौपानेको पहलमा मजदुरको समस्या सम्बोधन गर्न सो उद्योगका सञ्चालक मध्येका समीम अन्सारीलाई संघमा बोलाएर उनी सहित मजदुर तथा मजदुर सम्बद्ध संगठन र श्रम कार्यालयका प्रतिनिधि बीच छलफल गराईएको थियो । छलफल ... Read More


भाद्र २३ । हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आज वालिङ्ग उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको गतिविधि तथा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यले वालिङ्ग उवासंघका अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वमा भ्रमण टोली हेटौंडा आईपुगेको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा संघहरुका वीच एकता सहकार्य भएमा उद्योगी व्यवसायी लगायत सम्पूर्ण नागरिकहरुलाई नै फाईदा पुग्ने बताउनु भयो । स्वागत कार्यक्रममा वालिङ्ग उवासंघका अध्यक्ष शोभाकान्त पौडेलले आफ्ना क्षेत्रमा अनुकरणीय काम गरेका उद्योग वाणिज्य संघहरुको अनुभव साटासाट गर्दै संघको आयआर्जन बृद्धिमा सघाउ पुर्याउने उद्देश्यले भ्रमणको ... Read More