News & Events

नेपाल सरकारका उद्योग मन्त्री माननीय नविन्द्रराज जोशीलाई एक कार्यक्रमका वीच मकवानपुर उद्योग वाणिज्य संघले स्वागत गरेकोछ । मकवानपुरमा रहेका विभिन्न उद्योगहरुको वस्तुस्थिति बुझ्न हेटौंडा आउनुभएका मन्त्री जोशीलाई स्वागत गरेको हो । हेटौंडा सिमेन्ट उद्योगको सभाकक्षमा भएको मजदुर तथा व्यवसायीहरुको भेटघाट कार्यक्रममा संघले व्यवसायीहरुका लागि विभिन्न औद्योगिक नीति, उद्योगमैत्री वातावरण बनाउन आग्रह गरिएको थियो । संघको तर्फबाट अध्यक्ष राजकुमार न्यौपानेले मन्त्री जोशीलाई फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा संघले उद्योगहरुको विकासका लागि आफ्नो अवधारणा सहितको स्मरण पत्र समेत दिएको थियो ।कार्यक्रममा उद्योग सचिव शंकर प्रसाद कोईराला, मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, जिल्ला प्रहरी प्रमुख मीरा चौधरी, हेटौंडा ... Read More


सबै नेपाली नागरिकलाई आफ्नो ठाऊँ, जिल्ला वा राष्ट्रिय रुपमा समेत गर्न सक्ने सम्भाव्य उद्योग अथवा परम्परा देखि चलि आएका व्यवसायको आधुनिकीकरणको सम्भाव्यता हेरी सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको छ । छनौटमा परेका प्रस्ताव उपर सम्बन्धित कार्यालय मार्फत प्रबद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
आवश्यक कागजातहरु
१. परियोजाना प्रस्ताव
२. व्यावसायिक योजना
३. नेपाली नागरिकताको प्रतिलिपी
४. सम्पर्क ठेगाना
कागजात पेश गर्नुपर्ने स्थान
जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय
थप जानकारीका लागि
९८४९१०३४४१ अथवा ९८४१२६७६४२

web site- www.moi.gov.np, www.dcsi.gov.np, www.csidb.gov.np

... Read More

प्राईभेट फर्म नविकरण बारे अत्यन्त जरुरी सूचना ।
उपर्युक्त सम्बन्धमा नेपाल सरकार उद्योग मन्त्रालय राजपत्र भाग ३, संख्या ३० मा उल्लेख भएअनुसार एवम् २०७३।०६।१० को निर्णयानुसार नविकरण नभएका प्राईभेट फर्महरुको धनीले नविकरण गराउन नसकेको मनासीव कारण देखाई मिति २०७४ आषाढ मसान्त भित्र दरखास्त दिएमा त्यस्ता फर्म जाँचबुझ गर्दा मनासीव ठहरिएमा प्रत्येक नविकरण अवधिको लाग्ने दस्तुरको तेब्बर दस्तुर र  रु. २० लाख सम्म पूँजी भएकाको हकमा प्रत्येक बर्षको रु. २ हजार पाँचसय र रु. २० लाख भन्दा बढी पूँजी भएकाको हकमा प्रत्येक बर्षको रु. ५ हजार जरिवाना बुझाई नविकरण गर्ने अवसर अएकोले नविकरण हुन नसकेका सम्पूण प्राईभेट फर्महरुले यथाशिघ्र घरेलु तथा साना ... Read More