News & Events

विगत केही दिन देखि मजदुर तथा व्यवस्थापनका बीच विभिन्न माग राखी बन्द भएको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आज भएको उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले उद्योग सञ्चालन भएको ४५ दिन भित्र मजदुरको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि उद्योग खुल्ने वातावरण बनेको हो । उद्योग व्यवस्थापनले उद्योग बन्द गरेवापत निलम्बनमा परेका मजदुरको ३० दिन सम्म आचरण हेरी निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा संघको सभाकक्षमा आज विमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न प्राकृतिक, भौतिक कारणबाट व्यवसायिक प्रतिष्ठानमा पर्न सक्ने जोखिमबाट व्यवसायीलाई विमा मार्फत सुरक्षित गराउन सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले मकवानपुरका व्यवसायीहरुले व्यवसायिक विमा गरी ढुक्क हुन आग्रह गर्नु भएकोछ । प्रुडेन्सियल एन्सुरेन्स कम्पनीको सहयोगमा भएको कार्यक्रममा सो इन्सुरेन्सका सिईओ वीरकृष्ण महर्जनले आजको व्यवसाय विमासहितको व्यवसाय हुनु पर्नेमा जोड दिनु भएको छ । प्रुडेन्सियल इन्सुरेन्सले सहयोग स्वरुप संघमा आवद्ध व्यावसायिक सदस्यहरुलाई विमा सम्बन्धि जानकारी दिन विमा विज्ञहरु उपलब्ध गराएको थियो ।
कार्यक्रममा प्रुडेन्सियल इन्सुरेन्सका अमरबहादुर ... Read More


दोश्रो थाहा महोत्सव २०७३ आजबाट मकवानपुरको थाहा नगर पालिकाको इन्द्रायणी चौरमा शुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्धी केपी ओलीले महोत्सवको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहदा ल्याएका योजनालाई हास्यास्पद भनेर खिल्ली उडाएको प्रति व्यंग गर्दै जसले मलाई बुझेनन् , आज उनीहरुनै मैले ल्याएका योजनालाई सही मान्दै अघि बढेको प्रष्ट पार्नु भएको थियो । यसै गरी दोश्रो थाहा महोत्सव २०७३ आजबाट मकवानपुरको थाहा नगर पालिकाको इन्द्रायणी चौरमा शुरु भएको छ । आश्विन ८ गते सम्म चल्ने महोत्सवलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्धी केपी ओलीले महोत्सवको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा अध्यक्ष ... Read More