News & Events

मकवानपुर उद्योग वाणिज्य संघले आज रुपन्देही स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, रुपन्देहीको भ्रमण टोलीसँग अन्तक्र्रिया गरेकोछ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपालमा रहेका औद्योगक क्षेत्रहरुको समेत भ्रमण गर्ने सिलसिलामा भ्रमण टोली हेटौंडा आईपुगेको हो ।
    कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुर उद्योग वाणिज्य संघले गरेका गतिविधि तथा भूमिकाको विषयमा आफ्नो धारणा राख्नुभएको थियो । अन्तक्र्रिया कार्यक्रममा संघका महासचिव महेन्द्र राउतले भ्रमणबाट आएका अनुभवहरुको संगालोबाट संघको आगामी दिनको रणनीतिका लागि उपयोगी हुने भएकोले यस तर्फ समेत ध्यान दिन आग्रह गर्नु भएको थियो । अध्ययन ... Read More


हेटौंडा २२ । मकवानपुर उद्योग वाणिज्य संघले आज जिल्लाका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाको सरुवापछि मैनाली मकवानपुरका स्थानीय विकास अधिकारीका रुपमा एक साता अघि आएका हुन् । जिल्लामा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार स्थानीय विकास अधिकारीलाई स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा स्थानीय विकास अधिकारी मैनालीले उद्योग वाणिज्य संघसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएका छन् । संघका अध्यक्ष न्यौपानेले जिल्लाको व्यवसायिक गतिविधिको बारेमा प्रष्ट गर्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले हेटौंडा बजारको ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज संघको सभाहलमा नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । विगतमा जस्तै दशै र तिहारको बीच समयमा शुभकामना आदान प्रदान गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा संघले कार्यक्रम गरेको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भएको थियो । विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी व्यवसायी, संघका सल्लाहकार,पदाधिकारी तथा सदस्यहरु, कर्मचारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

... Read More