News & Events

मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका बीच संघको पश्चिमी क्षेत्र, मनहरीमा निःशुल्क मूल्य सूची बोर्ड वितरण गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख उपस्थितिमा संघले तयार गरेको मूल्य सूची बोर्ड वितरण गरिएको हो । कार्यक्रममा अध्यक्ष न्यौपानेले प्रशासनले गर्ने अनुगमनका क्रममा मूल्य सूची नभएका कारण पनि व्यवसायीहरु कार्वाहीमा पर्ने भएकोले आफ्ना सदस्यहरुलाई सो वोर्ड वितरण गरिएको बताएका छन् । संघका महासचिव महेन्द्र राउतले मूल्य सूची राखी सकेपछि नयां आएको परिमार्जित मूल्यलाई उल्लेख गर्न बिर्सन नहुने, अन्यथा सोही कारण अनुगमनको क्रममा व्यवसायी कार्वाहीमा पर्न सक्ने भएकोले यस प्रति ध्यान पुर्याउन व्यवसायीहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा संघको पश्चिमी क्षेत्रका सभापति ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज आफ्नो सचिवालयमा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । जिल्ला स्तरीय कार्यालयमा आउने नयाँ कार्यालय प्रमुखहरुको स्वागत गर्ने संघको परम्परा अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष न्यौपानेले समग्र मकवानपुरको औद्योगिक तथा व्यापारिक विषयमा आफ्नो धारणा राखेका थिए । करीब १ साता अघि मकवानपुर प्रमुख जिल्ला अधिकारीका रुपमा आएका बुढाले व्यावसायिक प्रतिष्ठान तथा व्यवसायीहरुको सुरक्षाका लागि आफू सदैव प्रतिबद्ध रहेको बताएका छन् । बर्तमान परिप्रेक्ष्यमा औद्योगिक विकासका लागि औद्योगिक नीतिमा केही संशोधन गर्नुपर्ने आफूले पनि महशुश गरेको र उद्योगमा बन्द हडताल, ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समितिको आयोजनामा आज मनहरीमा एकदिने कर शिविर सम्पन्न गरिएको छ । संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत, पश्चिमी क्षेत्रका सभापति गोविन्द रिजाल सहितको उपस्थितिमा शुरु गरिएको शिविरमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका सेवाहरु प्रवाह गरिएको थियो । शिविरमा राजश्व कार्यालयबाट कर अधिकृत डिल्लीराम चौलागाई, घरेलु कार्यालयबाट प्रमुख प्रशिक्षक कृष्ण कुमार श्रेष्ठ, संयुक्त वडासचिव ठाकुर बर्तौलासहितको टोलीले स्थानीय व्यवसायीहरुलाई सेवा प्रदान गरेका थिए । सो शिविर व्यवसायीहरुको सुविधालाई ध्यानमा राखी सम्बन्धित निकायसँगको सहयोगमा कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष न्यौपानेले बताएका छन् । शिविर मकवानपुरको पश्चिमी क्षेत्रका व्यवसायीहरुका लागि प्रत्येक बर्ष झै घरदैलो ... Read More