News & Events

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा किवी खेतीको विषयमा छलफल कार्यक्रम आयोजना गरेकोछ । ओभीओपी कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्रमा भईरहेको किवी खेतीको विषयमा छलफल कार्यक्रम गरिएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वाईका नेपाल कार्यालयका प्रबद्र्धनकर्ता ताकेसी हाण्डा, सुसुमु निसिको समेत सहभगिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ कार्यक्रम अधिकृत गणेश शाक्यले किवी खेती तथा यसको व्यवसायिक प्रबद्र्धनका विषयमा प्रस्तुतिकरण समेत दिनु भएको थियो । मउवासंघका कार्यालय सचिव विवेक मानन्धरले कार्यक्रममा मकवानपुरमा किवी खेतीको हाल सम्म भएका प्रयास, यसको प्रगति तथा चुनौतिका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला कृषि कार्यालयका प्रमुख निर्मल गदालले ... Read More


हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा दक्षिण कोरियाका माटो विज्ञ लि बोङ्ग शूसँग व्यवसायिक कृषिको विषयमा छलफल गरेकोछ । दक्षिण कोरियाका पूर्वराष्ट्रपतिका कृषि सल्लाहकार समेत रहेका शू किम्हे माईग्रेन्ट हाउस, एशियन फोरम काठमाडौं, सपोर्ट नेपाल फाउण्डेशन, द. कोरियाको संयुक्त पहल तथा संघको निमन्त्रणामा उनी मकवानपुर आएका हुन् । कार्यक्रममा शूले आज भन्दा ४ दशक अघिसम्म समेत आफ्नो देश रिबीकै रेमुन रहेका स्रण गर्नुहुदै देशका नागरिकमा विकासको इच्छा शक्ति भएमा विकासमा फड्को मार्न सकिने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला कृषि कार्यालयका प्रमुख निर्मल गदाल तथा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान तथा क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका निमित्त ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको संयोजकत्वमा औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएकोछ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्व एवम् क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले कार्यक्रमको उद्येश्य माथि प्रकाश पार्दै शुरु भएको कार्यक्रममा उद्योगी व्यवसायीले आफ्नो धारणा, समस्याका बारेमा विचार व्यक्त गरेका थिए । आफ्नो धारणा राख्ने क्रममा व्यवसायी शान्तिराम धिमालले निजी क्षेत्रका लागि कतिपय कानून समेत बाधक रहेको गुनासो गर्नु भयो । यसै गरी उद्योगीको तर्फबाट बोल्नुहुदै विजय कुमार बैद्यले श्रम समन्वय समितिको कार्यप्रति गुनासो गर्नु भएको थियो । ... Read More