News & Events

मकवानपुर उद्योग वाणिज्य संघले संघका सल्लाहकार समेत रहेका नेपाल सरकारका माननीय संस्कृति तथा पर्यटन राज्य मन्त्री इन्द्र बहादुर बानियालाई एक भव्य कार्यक्रम गरी संघको सभाहलमा स्वागत तथा अभिनन्दन गरेकोछ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बानियाँले राजनैतिक स्थिरता हुने हो भने देशले १५ बर्षमा विकासको महशुश गर्ने जीकिर गर्नु भएकोछ । आफ्नो जन्म र कर्मभूमि मकवानपुरमा राज्यमन्त्रीको पदभार ग्रहण पछि पहिलो पटक मकवानपुर आउनु भएको हो । राज्यमन्त्रीको छोटो राजनैतिक र सामाजिक परिचय पश्चात राज्यमन्त्री बानियाँलाई सम्मानपत्र हस्तान्रण गरिएको थियो । मकवानपुरका विभिन्न क्षेत्रका उद्यागी व्यवसायीहरुको उपस्थिति रहेको सम्मान कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा महिला ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ तथा बाल कल्याण समाजको संयुक्त आयोजनामा आज हेटौंडामा वाल श्रम न्युनीकरण तथा सुरक्षा विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । कार्यक्रम मकवानपुरमा रहेका निर्माण व्यवसायी, सुनचाँदी व्यवसायी, ट्र्याक्टर व्यवसायी र क्रसर उद्योग व्यवसायीहरुका बीच गरिएको थियो । अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव महेन्द्र राउतले धेरै बाल श्रम व्यवसायिक प्रतिष्ठानमै हुने भएकोले व्यवसायीहरुका बीचनै अन्तक्र्रिया राखिएकोले कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो । बाल कल्याण समाजका कार्यक्रम संयोजक प्रकाश खतिवडाले मकवानपुरलाई बाल श्रम मुक्त जिल्लाको रुपमा स्थापित गर्न व्यवसायीहरुको नै मुख्य भूमिका रहने भएकोले यसका लागि सँगै हातेमालो गर्न आग्रह गर्नु भएको थियो । अन्तक्र्रियालाई हेटौंडा ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मालाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । मकवानपुरका प्रजिअ मान बहादुर विक अध्ययनका लागि अमेरिका गएपछि शर्मा मकवानपुरका प्रजिअका रुपमा आएका हुन् । जिल्लामा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रजिअ शर्माले नियमक निककायसँग व्यवसायीको हितका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोछ । संघका अध्यक्ष न्यौपानेले जिल्लाको व्यवसायिक गतिविधिको बारेमा प्रष्ट गर्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले मकवानपुरमा हाल पछिल्लो समयमा देखा परेको लागुऔषध दुव्र्यसनीलाई न्युनीकरण तर्फ ध्यान दिन ... Read More