News & Events

सडक डिभिजन कार्यालय मकवानपुरले छोटो समयावधि दिई पूर्ण रुपले सुसूचित नगराई २५/२५ मिटर सडक विस्तार गर्ने कार्यलाई अगाडी वढाएको सन्दर्भमा सोको ठोस निष्कर्षकालागि मकवानपुर उद्योग वाणिज्य संघको पहलमा वृहत –यालीको आयोजना गरिएकोले निम्न मिति, समय र स्थानमा सम्पूर्ण घरधनी, उद्योगी, व्यवसायी र सरोकारवालाको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

निम्न ः
मिति ः २०७३ साल पौष १७ गते ।
समय ः विहान ८ः०० बजे ।
स्थान ः पल्पसा सभागृह ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौडा ।

... Read More

मकवानपुर उद्योग वाणिज्य संघको ५० औं बार्षिक साधारण सभा तथा स्वर्ण जयन्ति समारोहको अवसरमा खुल्ला निबन्ध प्रतियोगिता गराउने भएको छ । स्वर्ण महोत्सव समारोहको शिक्षा समितिका संयोजक केशवलाल तौजलेको अध्यक्षतामा आज भएको पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धि जानकारी दिईएको थियो । “मकवानपुर उद्योग वाणिज्य संघको पचास बर्ष” र “मकवानपुरमा पर्यटन विकासको सम्भावना” यी दुई विषयमा जुनसुकै उमेर समूहका व्यक्तिले प्रतियोगितामा भाग लिन सक्ने पत्रकार सम्मेलनमा बताईएको थियो । यही आउदो पौष १४ गते सम्मको समय सीमा दिईएको प्रतियोगिताका पहिलो, दाश्रो र तेश्रो नगरी उत्कृष्ट तीनै जनालाई जनही १० हजार रुपैया तथा प्रमाण पत्र प्रदान गरिने संयोजक तौजलेले बताउनु भयो ।  पत्रकार सम्मेलनमा ... Read More


हेटौंडामा क्षेत्रीय स्तरको कृषि उपज थोक बजार निर्माण गर्ने उद्देश्यले हिजो नेपाल सरकार, कृषि विकास मन्त्रालयमा स्थानीय सरोकार तथा राजनैतिक दलको प्रतिनिधिले माननीय राज्यमन्त्री राधिका तामाङ्गलाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएकोछ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ति किनारमा रहेको सरकारी स्वामित्वको जग्गालाई हेटौंडा उपमहानगरपालिकाले समेत बजार निर्माणमा लिखित रुपमै स्वीकृत दिएपछि मकवानपुरको टोलीले काठमाडौंमा नै गएर कृषि उपज निर्माणका लागि कृषि विकास मन्त्रालयको ध्यानाकर्षण गरेको हो । राज्यमन्त्री तामाङ्गलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको हेटौंडामा क्षेत्रीय स्तरको कृषि उपज बजारको आवश्यकता सम्बन्धी व्यावसायिक विवरण प्रस्तुत गर्नु भएको थियो । भेटका अवसरमा राज्यमन्त्री तामाङ्गले आफूले समेत उक्त स्थानको ... Read More