News & Events

हाल हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषय माथि मकवानपुर उद्योग वाणिज्य संघको आधिकारिक धारणाका लागि संघको कार्य समितिको बोर्ड बैठक सम्पन्न गरिएको छ ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा बसेको विशेष बैठकमा पूर्व अध्यक्ष, सल्लाहकार, कार्य समितिका सदस्यहरुको समेत २५ मीटर सडक विस्तारको विषयमा आ–आफ्नो धारणासहित निचोडमा संघले आफ्नो आधिकारिक धारणा तय गरेको हो ।
आजको विशेष बैठकले हिजो संसदमा मकवानपुरका सांसदहरुले २५ मीटर सडक विस्तारको विषयमा आवाज उठाएको प्रति धन्यवाद पारित गर्दै, २५ मीटर सडक विस्तार गर्नु परेमा घरधनीहरुलाई उचित क्षतिपूर्ति र व्यवसायीलाई व्यवस्थापनका लागि पर्याप्त समय दिनु पर्ने निर्णय गरेको छ । यसै गरी ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका वीच पत्रकार महासंघ,मकवानपुरको सूचना केन्द्रका लागि एक थान कम्प्युटर प्रदान गरेको छ । संघको कार्यालयमा एक कार्यक्रमका बीच संघका अध्यक्ष राजकुमार न्यौपानेले पत्रकार महासंघका सचिव कृष्ण सारु मगरलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको थियो । कम्प्युटर हस्तान्तरण पछि संघका अध्यक्ष न्यौपानेले व्यवसायीहरुको  हकहितमा आज सम्म मकवानपुरका पत्रकारहरुले खेलेको भूमिकाको प्रसंशा गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघका सचिव कृष्ण सारुले पत्रकार महासंघबाट सूचना ,समाचार प्रेषित गर्न आजको सहयोगले टेवा पुग्ने बताउनु भएको थियो । मकवानपुर पत्रकार महासंघ मकवानपुरको सूचना केन्द्रलाई नेपाल सरकारका सञ्चारमन्त्री सुरेन्द्र कार्काीले भोलि माघ ८ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ... Read More


सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक विस्तार गर्न गरेको सूचनाको विरोधमा आज हेटौडा बजार बन्द गरि विरोध सभा गरेकोछ ।
सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै विक्रम सम्वत २०११ साल देखि नै बसोबास गर्दै आएको  एवम् नगरपालिकाले सम्पत्ति कर लिईरहेको र सडक डिभिजन कार्यालयले भन्दै आएको २५ मीटर भित्रका घरजग्गाको लालपूर्जा व्यक्ती कै नाममा रहेका छन् । राज्यलाई हाल सम्म पनि नियमानुसार मालपोत कर तिर्दै आएको तथा मालपोत कार्यालयबाट खरीदबिक्री समेत हुदै आएकोले ती जग्गा निजी सम्पत्ति रहेकोले राज्यले लिनुपर्दा क्षतिपूर्ति मुआब्जा दिनु पर्ने हेटौडा ... Read More