News & Events

मकवानपुर उद्योग वाणिज्य संघमा आज बजार क्षेत्रमा सवारी व्यवस्थापन गर्ने उद्देश्यले हेटौंडा बजारमा भारी सवारी प्रवेशको हकमा समय निर्धारण गरेको छ । सवारी व्यवस्थापन समितिका संयोजक काव्यमणि अधिकारीको अध्यक्षतामा भएको सो छलफलमा हेटौंडाको कान्तिराजपथ तर्फ बुद्ध चौक देखि नगरपालिका मोडसम्म स्कूल रोड तर्फ सीमा चौक देखि भुटनदेवी स्कूल मोड सम्म, पारिजात पथ तर्फ भुटनदेवी स्कूल मोड देखि शीतल महल चौक सम्मको क्षेत्र भित्र भारी सवारी साधन प्रवेशका लागि समय निर्धारण गरिएको छ । छलफलको निर्णयानुसार सो क्षेत्र भित्र सवारी साधनको बढी चापहुने समयलाई दृष्टिगत गरी बिहान ९ देखि ११ र दिउँसो ३ देखि साझ ५ः३० सम्म ९ टन क्षमता भन्दा कम ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आफ्नो त्रिबर्षीय विस्तृत योजना सहितको २ दिने गोष्ठी सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको सो कार्यक्रममा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्षा तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित आफ्नो तीन बर्षीय योजना तय गरेको छ ।
गत माघ १९ र २० गते भएको सो गोष्ठीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, संघका सल्लाहकार भरत पराजुली, निर्माण व्यवसायी ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आगामी ३ बर्षे रणनीति तथा कार्ययोजना सम्बन्धि कार्यशाला गोष्ठी भोलि माघ १९ देखि २० गतेसम्म चितवनको सौराहामा हुने भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी सहित जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ र मकवानपुर निर्माण व्यवसायी संघको समेत सहभागिता रहने संघका प्रवक्ता काव्यमणी अधिकारीले जनाएका छन् ।
कार्यशालामा संघका पूर्व अध्यक्ष, सल्लाहकार सहित करीब ४५ जनाको सहभागिता रहनेछ । संघको निर्वाचन पश्चात नयाँ कार्यसमिति आए पछि प्रत्येक ३÷३ बर्षमा कार्यशाला गोष्ठी हुँदै आएको छ ।  
कार्यशाला गोष्ठीको क्यानका पूर्व केन्द्रीय सदस्य विप्लवमान सिंहले सहजीकरण ... Read More