News & Events

मकवानपुर उद्योग वाणिज्य संघको माघ २१ गते बसेको कार्यसमिति नियमित बैठकले संघको स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारण सभा २०७३ फागुन २१ गते गर्ने निर्णय गरेको छ । स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारण सभाको अवसरमा संघले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्नेछ ।

जसमा निवन्ध प्रतियोगिता,

खेलकुद अन्तर्गत फुटसल कार्यक्रम २०७३ फागुन १४ गते ।
रक्तदान कार्यक्रम २०७३ फागुन १५ गते ।
फलफूल वितरण कार्यक्रम २०७३ फागुन १६ गते ।
लोगोसहितको होर्डिङबोर्ड स्थापना २०७३ फागुन १७ गते ।
महिला उद्यमी विशेष कार्यक्रम २०७३ फागुन १८ गते ।
प्रतिक्षालय उदघाटन २०७३ फागुन १९ गते रहने छ ।
Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज लमजुङ्ग उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको भ्रमण टोलीलाई स्वागत गरेको छ । लमजुङ्ग उवासंघ, महिला समितिको सभापति इन्दु न्यौपानेको नेतृत्वमा भ्रमण टोली हेटौंडा आईपुगेको हो । १३ जनाको समूहमा आएको भ्रमण टोलीलाई पुष्पगुच्छा सहित स्वागत गर्दै संघका अध्यक्ष न्यौपानेले संघका गतिविधिहरुलाई संस्थागत रुपमा छलफल हुनुपर्ने र यसो भएमा व्यावसायीले आफ्ना योजना बनाउन सघाऊ पुर्याउने बताउनु भएको थियो । लमजुङ्ग उवासंघका तर्फबाट टोली नेतृ ईन्दु न्यौपाने तथा मउवासंघको तर्फबाट महिला सभापति निलम पाण्डेले महिला उद्यमी गतिविधि प्रस्तुत गर्नु भएको थियो । स्वागत कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले मकवानपुर भ्रमणको क्रममा औद्योगिक क्षेत्रको ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको माघ २१ गते बसेको कार्यसमितिको नियमित बैठकले संघको ५० औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सव समारोह आउँदो फागुन २१ गते गर्ने निर्णय गरेको छ । यसअघि यही माघ २९ गर्ने भनिएको भएतापनि २५ मिटर सडक विस्तार समस्याका कारण वार्षिक साधारण सभाको मिति फागुन २१ गतेकालागि सारिएको हो । संघले ५० औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवको अवसर पारी गर्ने भनिएको सप्ताहव्यापी कार्यक्रमहरु पनि क्रमशः आयोजना गर्ने भएको छ ।

... Read More