News & Events

मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध क्रियाशिल महिला उद्यमीहरुले एक कार्यक्रम आयोजना गरी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा संघका अध्यक्ष राजकुमार न्यौपाने निर्वाचित हुनुभएकोमा सम्मान स्वरुप सोमबार स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
चैत्र २८ र २९ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारण सभा तथा अधिवेशनबाट कार्यकारिणी सदस्यमा न्यौपाने निर्वाचित भएका हुन् । दशकौंको अवधिपछि महासंघमा निर्वाचित प्रतिनिधित्व मकवानपुर जिल्लाको तर्फबाट हुन पाउनु जिल्लाको उद्योग वाणिज्य क्षेत्रको तर्फबाट गर्वको विषय बनेकाले सहर्ष स्वागत कार्यक्रम गरिएको र यसले महिला उद्यमीको प्रतिनिधित्व महासंघमा सुनिश्चित गराउन सक्ने बातावरण पनि बनेको कार्यक्रममा चर्चा गरिएको थियो ।
केन्द्रीय सदस्य न्यौपानेले महिला ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज आफ्नो अध्यक्ष राजकुमार न्यौपानेलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । बर्तमान अध्यक्ष न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघको २९ गते भएको ५१ औं साधारण सभामा कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् । कार्यक्रममा मकवानपुरले केन्द्रीय स्तरमा आफ्नो उपस्थिति जनाउन सफल रहनुमा सम्पूर्ण कार्य समिति तथा व्यावसायीहरुको प्रमुख भूमिका रहेको कार्यक्रमका सभाध्यक्ष तथा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले बताउनु भएको थियो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा संघका अध्यक्ष न्यौपानेले आफूले सधै व्यवसायीहरुको हकहितमा आफ्नो मूख्य ध्यान रहने र मतदातालाई निराश नबनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा, महासचिव ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले सोमबार एक कार्यक्रम आयोजना गरी उद्योग वाणिज्य दिवस २०७३ मनाएको छ । हरेक वर्ष चैत्र २८ गते उद्योग वाणिज्य दिवस नेपालभर मनाउने गरिन्छ । यसै बीच संघले मामाघर नेपालमा आश्रित असहाय वालवालिकाहरुको लागि एक दिनको खाना बराबरको सामाग्री सहयोग गरी मनाएको हो । संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, विष्णु खनाल, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, सचिव दिवस पराजुली, सन्तोष अर्याल, महिला उद्यमी सभापति निलम पाण्डे, कार्यसमिति सदस्यहरु अनिल अग्रवाल, काव्यमणि अधिकारी, छतेन्द्र आचार्य, रविन्द्र घिमिरे, दिपक उप्रेती, मामाघर नेपालका सचिव देवराज लामिछाने, आइरन तथा स्क्र्याप व्यवसायी संघका कावा ... Read More