News & Events

मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रम गरी पत्रकार महासंघ, मकवानपुरका नवनिर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघको सभा हलमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद हुमागाईं सहित महासंघका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय पार्षदहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले पत्रकारिताकै माध्यमले निजी क्षेत्रले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सघाउ पुर्याउने हुनाले अहिलेकै जस्तै यस तर्फ आगामी दिनमा समेत सहयोग पाउने अपेक्षा रहेको बताउनु खभएको छ । मकवानपुरका चारकर्मीहरुका लागि आर्थिक हिसाबले टेवा पुर्याउन संघको तर्फबाट गर्न सक्ने पहल आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा महासंघका ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा नेपाल भारत पारबहन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । भारत कोलकाताका लागि नेपालका महावाणिज्यदुत एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुरका उद्योगीहरुले भारतबाट आयात गर्ने क्रममा आएका समस्याको बारेमा छलफल गरेका थिए । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महावाणिज्यदुत अर्यालले आज आएका समस्यालाई आफूले सरकारी तबरबाट निकास खोज्ने बताउनु भएको थियो । पारवहन विषयमा महावाणिज्यदुत स्तरीय छलफल कार्यक्रम १६ बर्ष पछि यस क्षेत्रमा भएको सहभागीहरुले बताएका छन् । छलफल कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायी लगायत संघका पदाधिकारी, सदस्य, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

... Read More

मकवानपुर उद्योग वाणिज्य संघको ५० औ बार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत हेटौडाको राप्ति तटमा प्रतिक्षालय निर्माण गरेको छ । संघको स्वर्ण महोत्सव मूल समितिका संयोजक उत्तम शर्मा ढकालको अध्यक्षता तथा माननीय महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यतामा भएको प्रतिक्षालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले यस्ता समाजिक कार्यमा लागि थप सहयोगका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले सार्वजनिक भौतिक संरचनाहरु निर्माण सम्पन्न पछिको संरक्षण चुनौतिपूर्ण रहेकोले यस विषयमा नगरपालिकाले समेत ध्यान दिन आग्रह गर्नु भएको थियो । हिन्दु संस्कार अनुसार मृत्यु पछिको अन्तिम संस्कार ... Read More