News & Events

मकवानपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा हेटौंडामा हिजो ३ नम्बर प्रदेश अन्तर्गतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलुका करीब ५ बजेबाट शुरु भएको कार्यक्रममा ३ नम्बर तदर्थ समितिका संयोजक अरुणराज सुमार्गीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले राज्यको संरचनामा आएको परिवर्तनलाई आत्मसात गर्न महासंघले पनि आफ्नो विधानमा प्रादेशिक संरचना अनुसारको संगठन निर्माणमा लागि परेको बताउनु भएको छ । आसन्न महासंघको निर्वाचनमा आफूलाई बरिष्ठ उपाध्यक्षको रुपमा उभ्याएका महासंघका उपाध्यक्ष शेखर गोल्छाले बंैकहरुले आर्थिक रुपमा दुर्घटना निम्त्याएको गुनासो गर्नु भएको थियो । ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ नेतृत्वको टोलीले आज नेपाल सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री माननीय कमल थापासँग भेट गरेको छ । केही समय देखि हेटौंडा बजार क्षेत्रमा डिभिजन सडक कार्यालयले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ मिटर सडक विस्तार गरेको विषयमा छलफका लागि मन्त्री थापासँग भेट गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रतिनिधित्वमा गएको टोलीले बजार क्षेत्रबाट सडक लैजानु भन्दा हाल निर्माणाधीन बैकल्पिक मार्ग उचितहुने व्यहोरा सहितको कागजात तथा यस अघि विभिन्न मितिमा हेटौंडा बजारलाई सडक तथा जिविस आफैले मानवबस्ती घोषणाका लागि बुझाएको प्रतिबेदन, तत्कालीन नगर परिषदले बाईपास सडक खोल्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई लेखेको पत्रको छायाँप्रति सहित प्रतिनिधि मण्डलले ... Read More


हेटौंडा, चैत्र २ । “उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पत्ति जीउज्यान” भन्ने मूल नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस २०७३ आज हेटौडामा मनाईएको छ । जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट उपभोक्ता हक संरक्षण सम्बन्धी प्ले कार्ड सहितको र्यालीले हेटौडा बजार परिक्रमा गरी बुद्ध चौकमा दिवस तथा उपभोक्ता अधिकार सम्बन्धी कार्यक्रम गरिएको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बसन्त लामा, घरेलु कार्यालयका प्रमुख पुष्कर भट्टराई, मउवासंघका अध्यक्ष राजकुमार न्यौपाने, जिल्ला स्तरीय राजनीतिक दलका प्रमुख, उपभोक्ता अधिकार सम्बन्धी काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले ... Read More