मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समिति मनहरीले आज मनहरी र राक्सिराङ्ग गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको मनहरीमा स्वात तथा सम्मान गरेको छ । पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालको अध्यक्षता र संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, राक्सिराङ्ग गाउँपालिका प्रमुख राजकुमार मल्ललगायत गाउँपालिकाका वडा अध्यक्षहरुलाई स्वागत सम्मान गरिएको थियो ।
पश्चिमी क्षेत्र सभापति रिजालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका प्रमुख राजकुमार मल्लले आफ्नो क्षेत्र लागूऔषध गाँजा खेतीहुने क्षेत्रको रुपमा चिनिएकोले यसको विकल्पमा सरकारले स्थानीय जनतालाई सीप, रोजगार दिनुपर्ने र यसका लागि आफूले जिल्ला स्तरका निकायमा प्रस्ताव लगिसकेको बताएका छन् । ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा बजार क्षेत्रमा सवारी व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग अन्तक्र्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तक्र्रियामा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले हेटौंडा बजार सुन्दर भए स्थानीय नागरिक लाई नै फाईदा पुग्ने र आफू कार्यान्वयन गराउने निकाय भएको हुनाले सुन्दर हेटौंडा बनाउन स्थानीय नागरिक, राजनैतिक दल, स्थानीय तहबाट आफूले सुझावको अपेक्षा गरेको बताएका छन् । अन्तक्र्रियामा नगरका केही वडाहरुबाट सवारी व्यवस्थापनका लागि सुझाव समेत आईरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताएका छन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वि के महर्जनले नगर कार्यपालिकाले सवारी व्यवस्थापनका लागि योजना बनाईसकेको र हाल जनप्रतिनिधि ... Read More
मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा आज संघको सचिवालय हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी समितिकी उपसभापति सरु के.सी.लगायतसँग महिला उद्यमशीलताको विकास तथा भावी कार्ययोजना अन्तक्र्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षता तथा समितिकी उपसभापति रवीलक्ष्मी श्रेष्ठको विशेष आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि सरु के.सी.ले अवको दिनमा महिला उद्यमीहरु परम्परागत तालिम तथा व्यवसाय भन्दा माथि उठ्नु आवश्यक भैसकेको बताएकी छिन् । के.सी.ले अगाडी भन्नुभयो, महिला शब्दको पूर्ण रुप भनेकै “म”गर्छु, “हि”म्मत गर्छु, “ला”गि पर्छु हो । “”सरकारले महिला व्यवसायीको विकासमा सघाऊ पुर्याउन बार्षिक बजेटको महिला उद्यम कोषका रुपमा ४० करोड समेत बिनियोजन गरेकोले महिला ... Read More