News & Events

मकवानपुर उद्योग वाणिज्य संघले आज आफ्नो अध्यक्ष राजकुमार न्यौपानेलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । बर्तमान अध्यक्ष न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघको २९ गते भएको ५१ औं साधारण सभामा कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् । कार्यक्रममा मकवानपुरले केन्द्रीय स्तरमा आफ्नो उपस्थिति जनाउन सफल रहनुमा सम्पूर्ण कार्य समिति तथा व्यावसायीहरुको प्रमुख भूमिका रहेको कार्यक्रमका सभाध्यक्ष तथा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले बताउनु भएको थियो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा संघका अध्यक्ष न्यौपानेले आफूले सधै व्यवसायीहरुको हकहितमा आफ्नो मूख्य ध्यान रहने र मतदातालाई निराश नबनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा, महासचिव ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले सोमबार एक कार्यक्रम आयोजना गरी उद्योग वाणिज्य दिवस २०७३ मनाएको छ । हरेक वर्ष चैत्र २८ गते उद्योग वाणिज्य दिवस नेपालभर मनाउने गरिन्छ । यसै बीच संघले मामाघर नेपालमा आश्रित असहाय वालवालिकाहरुको लागि एक दिनको खाना बराबरको सामाग्री सहयोग गरी मनाएको हो । संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, विष्णु खनाल, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, सचिव दिवस पराजुली, सन्तोष अर्याल, महिला उद्यमी सभापति निलम पाण्डे, कार्यसमिति सदस्यहरु अनिल अग्रवाल, काव्यमणि अधिकारी, छतेन्द्र आचार्य, रविन्द्र घिमिरे, दिपक उप्रेती, मामाघर नेपालका सचिव देवराज लामिछाने, आइरन तथा स्क्र्याप व्यवसायी संघका कावा ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका बीच बीरगञ्जमा नेपाल सरकारले यस बर्ष तर्जूमा गर्ने बजेटमा निजी क्षेत्रको विषयलाई अझ सशक्त रुपमा ल्याउन आफ्ना धारणा सहितको ५३ बुंदे ध्यानाकर्षण पत्र कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री कृष्ण बहादुर महरालाई बुझाएको छ । कार्यक्रममा संघका महासचिव महेन्द्र राउतले हाल बजारमा देखिएको न्युन विजकीकरणको समस्यालाई समाधान गर्न अर्थमन्त्री महराको ध्यानाकर्षण गराउनु भएको थियो । संघको तर्फबाट महासचिव राउतले हेटौंडा–काठमाडौं सुरुङ्ग मार्गमा सरकारले समेत लगानी गरी निर्माण सम्पन्न गर्नुको साथै हाल निर्माणाधीन औद्योगिक क्षेत्रको भौतिक संरचनाको लागि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नु भएको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको आयोजनामा बजेट तर्जूमा सन्दर्भमा सरोकारवालाबीचको अन्तक्र्रिया ... Read More