News & Events

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा उपमहानगरका मेयर तथा उपमेयरका प्रत्यासीहरुसँग आर्थिक समृद्धिमा भावी कार्ययोजनाको विषयमा आज अन्तक्र्रिया तथा छलफल सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफू विजयी भएमा समग्र नगरको आर्थिक, औद्योगिक तथा व्यावसायिक विकासको सम्बन्धमा सहभागी प्रत्याशीहरुले आफ्ना धारणा तथा प्रतिबद्धता व्यक्त गरेका थिए ।
    कार्यक्रममा नगर प्रमुखका प्रत्याशी आनन्दराम पराजुली, हरिबहादुर महत, मधुकर अधिकारी, भीमसेन महत, ओविन्द्र लुईटेल, शुभरत्न गोले, दीपेन्द्र श्रेष्ठ, राकेश शर्मा, सतार अन्सारी लगायतको उपस्थिति रहेको थियो । यसै गरी उपमेयरका प्रत्याशी बलराम बल, पुनम खतिवडाले पनि आफ्ना धारणा तथा प्रतिबद्धता ... Read More


यस मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा उप–महानगरपालिका लगायत मकवानपुर जिल्लाको समग्र औद्योगिक, आर्थिक तथा व्यावसायिक विकासमा नगर प्रमुखका प्रत्याशीका कार्ययोजना विषयक नगर प्रमुखका प्रत्याशीहरुसँग बृहत अन्तक्र्रिया तथा छलफल कार्यक्रम राखिएकोले यहाँको गौरवमय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति– २०७४ बैशाख २३ गते, शनिबार,
समय– विहान ११ बजे ।
स्थान– पल्पसा सभागृह, हेटौंडा
आयोजक
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२, चेम्बरमार्ग

... Read More

मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध क्रियाशिल महिला उद्यमीहरुले एक कार्यक्रम आयोजना गरी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा संघका अध्यक्ष राजकुमार न्यौपाने निर्वाचित हुनुभएकोमा सम्मान स्वरुप सोमबार स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
चैत्र २८ र २९ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारण सभा तथा अधिवेशनबाट कार्यकारिणी सदस्यमा न्यौपाने निर्वाचित भएका हुन् । दशकौंको अवधिपछि महासंघमा निर्वाचित प्रतिनिधित्व मकवानपुर जिल्लाको तर्फबाट हुन पाउनु जिल्लाको उद्योग वाणिज्य क्षेत्रको तर्फबाट गर्वको विषय बनेकाले सहर्ष स्वागत कार्यक्रम गरिएको र यसले महिला उद्यमीको प्रतिनिधित्व महासंघमा सुनिश्चित गराउन सक्ने बातावरण पनि बनेको कार्यक्रममा चर्चा गरिएको थियो ।
केन्द्रीय सदस्य न्यौपानेले महिला ... Read More