मकवानपुर उद्योग वाणिज्य संघले सोमबार नेपाल पत्रकार महासंघ, मकवानपुरका नव निर्वाचित कार्यसमिति र प्रदेश तथा केन्द्रमा निर्वाचित मकवानपुर जिल्लाका पत्रकारहरुको सम्मानमा स्वागत कार्यक्रम गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघद्धारा पल्पसा परिसरमा निर्माणसम्पन्न हुने क्रममा रहेको पल्पसा सदनमा स्वागत कार्यक्रम गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवाल र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो भने संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा नव निर्वाचित पत्रकारहरुलाई अबिर र खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममै मउवासंघको तर्फबाट रु. ७५,०००।– रकम नेपाल पत्रकार महासंघ मकवानपुरको उपचार कोषको लागि सहयोग गरिएको थियो ।
स्वागत कार्यक्रमकै ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस २०७७ मनाएको छ । हेटौंडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आश्रित वालवालिकाहरुको लागि खाद्यान्न सहयोग गरेर उद्योग वाणिज्य दिवस २०७७ मनाइएको हो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा उक्त वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुदै उद्योगी व्यवसायीको पर्वको दिनमा सहयोग कार्यक्रम लिएर आएको न्यौपानेले बताउनु भएको थियो । ममामाघर नेपालको संचालनमा अर्पण पराजुलीको लगनशिलताको उहाले सह्राना गर्नुभएको थियो ।
कार्यक्रममा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले सडक वालवालिका मुक्त समाज निर्माणको उद्देश्यलाई पूरा गर्न मामाघर नेपालको स्थापना भएको बताउनु भएको थियो । उहाले वालवालिका सडकमा आउनुपर्ने वाध्यता हटेको दिन मामाघर नेपाल बन्द गरिने र त्यो ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले २०७७ चैत्र ६ गते आयोजना गरेको प्रेस मिटमा संघका अध्यक्ष श्री कृष्ण कटुवालद्धारा प्रस्तुत
मकवानपुर उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको ३ (तीन) वर्षीय कार्यकालको समिक्षात्मक तथा विभिन्न कार्य सम्पादन मध्येको संक्षिप्त विवरणः
२०७४ साल
तत्कालीन ३ नं. प्रदेश राजधानी हेटौंडामा हुनुपर्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बैठक ।
प्रदेश सभा गठनपश्चात देखिएका समसामयिक विषयमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दललगायत निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुकाबीच छलफल कार्यक्रम ।
२५ मिटर सडकको विषयमा माननीय भौतिक पूर्वाधार विकास मन्त्री श्री केशव स्थापितज्यू संग छलफल कार्यक्रम ।
उद्योग वाणिज्य दिवसको अवसरमा ग्रामीण जीवनस्तर सुधार मञ्चमा आश्रित ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक सभा तथा निर्वाचन कार्यक्रम अन्तर्गत वार्षिक सभाको कार्यक्रम यथावत हुनेगरी निर्वाचन कार्यक्रमको कार्यतालिकामा संशोधन गरिएको छ । जसको कारण मतदाता नामावली प्रकाशन र भुलसुधार निवेदनको लागि २०७७ चैत्र १८ गते हुनेभएको छ । चैत्र १९ गते उम्मेदवारी दर्ता तथा दावीविरोध आदि रहने छ भने मतदान कार्यक्रम यथावत चैत्र २३ गते नै हुनेगरी कार्यतालिका संशोधन गरिएको छ । त्यसैगरी ५४ औं वार्षिक साधारण सभाको समुद्घाटन (पहिलो सत्र) र दोश्रो सत्र यथावत चैत्र २१ गते हुनेछ ।
... Read More
मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक सभा तथा निर्वाचन कार्यक्रम २०७७ चैत्र २१, २२ र २३ गते हुने भएको छ । चैत्र २१ गते उद्घाटन सत्र आयोजना गरिनेछ । चैत्र २२ गते उम्मेदवारी दर्ता, मतदाता तथा उम्मेदवार नामावली प्रकाशन आदि रहनेछ । त्यसैगरी चैत्र २३ गते मतदान कार्यक्रम हुनेछ । मतदान कार्यक्रम सम्पन्न भएलगत्तै मतगणना हुनेछ । अन्तिम मत परिणाम घोषणा भएको ३ दिन भित्र पद हस्तान्तरण तथा सपथ ग्रहण गर्ने संघको प्रचलन छ ।
... Read Moreमकवानपुर उद्योग वाणिज्य संघले प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई हेटौंडामा स्वागत गरेको छ । आईतबार एक औपचारिक कार्यक्रम आयोजना गरी राठौरको स्वागत गरिएको हो । मकवानपुुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय कृष्ण कुमार गुप्ता, राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिवत्रय सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, विष्णु गोपाल महर्जनलगायत कार्यसमितिका सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले मानव बेचविखन, लागू औषध कारोवारजस्ता कार्यले मकवानपुर जिल्लाको साखमाथि प्रश्न चिन्ह रहेको बताउनु भयो । संघले आयोजना गर्ने विभिन्न सिपमूलक तालिमहरुले बेरोजगारी समस्या समाधान गर्न थोरै योगदान गर्न सक्ने अवस्था रहेपनि ... Read More
आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट सुविधाहरु सम्बन्धमा आइतबार अन्तर्क्रिया कार्यक्रम भएको छ । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत विभिन्न छुट सुविधाहरुको व्यवस्था गरेको छ । जसको लाभ २०७७ फागुनसम्म लिन सकिने व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विनोद कुमार कार्कीले बताएका छन् ।
विभिन्न सुविधाहरुको बारेमा प्रस्तुति गर्नुहुदै अधिकृत कार्कीले सोको लाभ उद्योगी/व्यवसायीहरुले समयमै उठाउनु पर्ने अर्थात फागुन मसान्त भित्रै सुविधा लिनुपर्ने बताउनु भएको थियो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख कर अधिकृत शालिकराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कर तथा लेखा परामर्शदाता ... Read More
बागमती प्रदेश स्तरीय श्रम बजार सचिवालय परियोजनाको आइतबार घोषणा गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा हेटौंडामा उक्त घोषणा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुुनाथ खुलाल, सिटिइभिटी बागमती प्रदेशका प्रमुख टैलेन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय अरुणराज सुमार्गी, सुमित केडिया, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत रमेश सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विनोद विडारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल होटल संघका केन्द्रीय प्रथम ... Read More
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सम्मानमा मकवानपुर उद्योग वाणिज्य संघले शनिबार संघमै एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । स्वागत कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्षद्वय सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र उपाध्यक्ष कृष्ण कुमार गुप्तालगायतले मन्तव्य राखेका थिए ।
स्वागत कार्यक्रममा हेटौंडामा कार्यक्रम आयोजना गर्दैगर्दा नेउवामहासंघ बागमती प्रदेशले पूर्णता पाएको, हेटौंडामै प्रदेशको कार्यालय रहने सुनिश्चित भएको र एक हिसावले मकवानपुर उद्योग वाणिज्य संघकै नेतृत्वमा मध्यमाञ्चल ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले सोमबार राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक प्रसाद पाण्डे तथा आन्तरिक राजश्व कार्यालय, हेटौंडाका नव नियुक्त प्रमुख कर अधिकृत शालिग्राम आचार्यलगायतको टोलीलाई स्वागत गरेको छ । संघमा एक कार्यक्रम गरी स्वागत गरिएको हो । कार्यक्रममा बोल्नुहुदै मउवासंघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले कोभिड १९ तथा लकडाउनको बावजुद व्यवसायीहरुले कर बुझाएको जिकिर गर्नुभयो । राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक प्रसाद पाण्डेले आफूहरु नियमन गर्ने निकाय भएकाले कसैलाई राजश्व वढाउन जरिवाना नगर्ने बताउदै भिसिटिएस थप आर्थिक दायित्व नभएकाले सबैलाई यसको नियम पालना गर्न आग्रह गर्नुभयो । कार्यक्रमका अतिथिद्वय टंक प्रसाद पाण्डे तथा शालिग्राम आचार्यलाई संघका ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरको बिदाई गरेको छ । मउवासंघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा संघमा एक कार्यक्रम गरी विदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्नुहुदै का.वा. अध्यक्ष न्यौपानेले प्रहरी उपरीक्षक राठौरको कार्यकालमा धेरै सहजढंगले सहकार्य भएको बताउनुहुदै कोभिड–१९ को संक्रमण व्यवस्थापनमा सहज वातावरण बनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । आगामी कार्यकालमा थप प्रगतिको कामना व्यक्त गर्नुहुंदै का.वा. अध्यक्ष न्यौपानेले मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक राठौरले बन्दाबन्दी तथा निषेधाज्ञाका बावजुद सहज तरिकाले मकवानपुरमा कार्यसम्पादन गर्न सकिएको बताउनुहुदै जिल्लामा मउवासंघलगायतका संस्थाहरुसंग महत्वपूर्ण सहकार्य भएको बताउनुभयो । ... Read More
मकवानपुर उद्योग वाणिज्य संघमा बुधबार जाम, चिप्स तथा दालमोठ उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ । संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा तालिम भएको हो । तालिमको समापनमा समितिका सभापति नीलम बैद्यको सभापतित्व तथा मउवासंघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै समितिका सभापति बैद्यले महिलाहरुलाई घरमै बनाएको सामाग्री बिक्री गरी आम्दानी गर्न सकिने बताउनुभयो । उहाले व्यवसाय सानोबाट शुरुगरे एकदिन अवश्य ठूलोहुने बताउदै त्यसको लागि लगनशिलता जरुरी भएको बताउनुभयो । कार्यक्रमका प्रमूख अतिथि तथा संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले तालिम बाट प्राप्त ज्ञानले घरमै शुद्ध तथा स्वस्थरुपमा बनाएर खान तथा व्यवसाय शुरु गरेर आत्मनिर्भर बन्न सकिने ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीलाई बुधबार संघमा स्वागत गरेको छ । मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको सभाध्यक्षतामा संघका पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले स्वागत गरेका हुन् । महासंघको हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट जिल्ला नगर संघको तर्फबाट केन्द्रीय सदस्य पदमा उहा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघका पूर्वअध्यक्ष महासंघमा केन्द्रीय सदस्य हुदा उत्साह बढेको र संघलाई सहयोग पुग्ने बताउनु हुदै आउदा दिनमा महासंघको कार्यक्रमहरुमा संघको सहभागितामा वृद्धि हुने बिश्वास व्यक्त गर्नुभयो । उहाले सुमार्गीलाई फूलमाला तथा खादा लगाएर सम्मान गर्नुभएको थियो भने ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कटुवाल तथा पदाधिकारी तथा कार्यसमिति टोलीले जिल्ला प्रशासन कार्यलय, मकवानपुरको प्रजिअ कार्यकक्षमै उहा“लाई स्वागत गर्नुभएको हो । मउवासंघ अध्यक्ष कटुवालले कोभिड १९ लगायत विविध क्रियाकलापहरुमा मउवासंघसंग गर्दैआएको समन्वय र सहकार्यको निरन्तरता हुने आशा व्यक्त गर्नुभयो । उहा“ले देशभरी कोरोनाको उपचारका लागि समस्या रहेको बताउनुहु“दै भेन्टिलेटर तथा आइसियूको जिल्लामा अभाव रहेको बताउनु भयो । हालै नगर क्षेत्रमा एम्बुलेन्सको पनि समस्या देखिएको बताउनुभयो । प्रजिअ रिजालले आफुले प्रजिअकै रुपमा ७÷८ वटा जिल्लामा कार्यगर्दा कहिपनि समस्या नभएको साथै मकवानपुरमा पनि यसअघि नराम्रो कहिल्यै नसुनेको कारण ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले वडा दशैं २०७७ लाई लक्षित गरी कात्तिक १ गतेबाट दैनिक विपन्न परिवारलाई राहत सामग्री वितरण गर्दै आएको थियो । बिहीबार उक्त राहत सामग्री वितरण कार्यक्रमको औपचारिक समापन गरिएको छ । कात्तिक १ गतेदेखि ५ गतेसम्म संघकै स्वामित्वमा रहेको पल्पसा परिसरबाट राहत वितरण गर्दै आएकोमा कात्तिक ६ गतेभने स्थलगतरुपमै राहत वितरण गरिएको हो । हेटौंडा नगरकै विकट क्षेत्रमध्ये एक हेटौंडा–१६, आकाशधारा र आसपासका क्षेत्रमै गई संघका अध्यक्ष कृष्ण कटुवालको सभापतित्व तथा संघका सल्लाहकार आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता राहत सामग्री वितरण गरिएको हो ।
संघका सचिव सन्तोष कुमार अर्यालले संचालन गरेको कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, सदस्य जयवहादुर ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले बुधबार ८० विपन्न परिवारलाई दशैं राहत सामग्री वितरण गरेको छ । कोभिड १९ को कारण प्रभावित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई दशैं राहत सामग्री वितरण गरिएको हो ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा राहत सामग्री वितरण गरिएको थियो ।
प्रमुख अतिथि सुमार्गीले मकवानपुर उद्योग वाणिज्य संघले आपतकालिन अवस्थाहरुमा अग्रणी भूमिका खेल्दै आएको र त्यसैको निरन्तरताकोरुपमा यो कोरोनाको अवधिमा गरेको थुप्रै कार्यहरु मध्ये विपन्नलाई राहत सामग्री वितरण कार्यक्रम एक रहेको बताउनु भयो । यो रोगको बारेमा हेलचेक्र्याई नगरी, वडा दशैं पनि भीडभाड नगरी फरक ... Read More
राहत वितरणको चौथो दिन मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार पनि विपन्नलाई दशैं राहत सामग्री वितरण गरेको छ । संघको पल्पसा परिसरबाट ६० जना विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताव सिं लामा, वडा सदस्यहरु साधना श्रेष्ठ, धर्म बस्नेत र उमा सुनारको आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष तथा राहत वितरण कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ता, महासचिव प्रमोदसिंह रानाभाट, कार्यसमिति सदस्य कुल प्रसाद चौलागाईलगायतको सहमागिता रहेको थियो ।
... Read Moreविपन्नलाई राहत सामग्री वितरण कार्यक्रमको तेश्रो दिन सोमबार पनि मकवानपुर उद्योग वाणिज्य संघले राहत वितरण कार्यलाई निरन्तरता दिएको छ । संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा राहत सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा संघका सचिवद्वय सन्तोष कुमार अर्याल र काव्यमणि अधिकारीको सहभागिता रहेको थियो भने ३७ जनालाई राहत वितरण गरिएको थियो । प्रमुख अतिथि न्यौपानेले विगतदेखि यस किसिमका सहयोगहरु संघले गर्दै आएको र यस पटक कोभिड १९ बाट प्रभावित विपन्न समुदायलाई राहत वितरण गरिएकोमा प्रशंसा गर्नुहुदै सहभागिहरुलाई बडा दशैंको शुभकामना व्यक्त गर्नुभएको थियो ।
... Read Moreमकवानपुर उद्योग वाणिज्य संघले कात्तिक १ गतेबाट शुरु गरेको राहत वितरण कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा राहत वितरणको कार्यक्रमलाई बडा दशैको दोस्रो दिनमा पनि निरन्तरता दिइएको हो । कार्यक्रम घटस्थापनाको शुभदिनमा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतित्थ्यतामा बितरण गरि सुरुवात गरिएको थियो ।
विपन्न मध्येका एकलाई राहत सामग्री प्रदान गरी पूर्व अध्यक्ष तथा प्रमुख अतिथि ढकालले वितरण कार्यको शुभारम्भ गर्नुभएकोे आजको कार्यक्रममा उपाध्यक्ष राम प्रसाद न्यौपाने, कार्य समिति सदस्य कृष्ण ढुंगाना, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
राहत वितरणको पहिलो ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले कात्तिक १ गतेबाट राहत वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ को कारण प्रभावित विपन्नलाई दशैंको अवसरमा राहत सामग्री वितरण गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र हेटौंडा उपमहानगरका नगर प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा घटस्थापनाको पुण्य दिनबाट राहत वितरणको शुभारम्भ गरिएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, सल्लाहकार एकालाल श्रेष्ठको आतिथ्यता रहेको थियो ।
नगर प्रमुख महतले राहत वितरण कार्य विपन्नहरुका लागि उपयोगी हुने र आगामी दिनमा संघका कार्यक्रमहरुमा थप सहकार्य गरिने बताउनु भएको छ । उहा“बाट विपन्न मध्येका एकलाई राहत सामग्री प्रदन गरी वितरण कार्यको शुभारम्भ गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष राम ... Read More
मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिको आयोजनामा ३ (तीन) दिने कौशी–करेशा खेती, च्याउ खेती तथा मस्यौरा उत्पादन तालिम सम्पन्न भएको छ । आश्विन २५ गते तालिम कार्यक्रमको उद्घाटन समारोहमा महिला उद्यमी विकास समितिका सभापति नीलम बैद्यको सभापतित्व र हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नुहुदै सभापति बैद्यले लकडाउन तथा निषेधाज्ञापछि महिलाहरुलाई आयमूलक कार्यतर्फ उत्प्रेरित गर्ने पहलकोरुपमा तालिम सञ्चालन गरेको बताउनुभयो । कार्यक्रमका अतिथि तथा संघका अध्यक्ष कृष्ण कटुवालले तालिमबाट प्राप्त हुने ज्ञानले कौशी करेशा खेतीलाई अगाडी बढाएर आयआर्जनमा क्रियाशील भएमामात्र तालिमको उद्देश्य पुरा हुने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तथा हेउमनपाका ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको बिदाई गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा संघमा भएको बिदाई कार्यक्रममा बोल्नुहुदै अध्यक्ष कटुवालले प्रजिअ दिपकराज नेपालको कार्यकालमा धेरै सहजढंगले सहकार्य भएको बताउनुहुदै कोभिड–१९ को संक्रमण व्यवस्थापनमा सहजताको वातावरण बनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । आगामी कार्यकालको लागि प्रगतिको कामनासहित बिदाई गर्नुहुदै अध्यक्ष कटुवालले खादा तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बन्दाबन्दी तथा निषेधाज्ञाका बावजुद सहजढंगले मकवानपुरमा कार्यसम्पादन गर्न सकिएको बताउनुहुदै केन्द्रको आदेशानुसार केहि बैठकमा कडाढंगले निर्णय गर्नुपरेको तर व्यवहारिकरुपमा एकदमै सहजढंगले मउवासंघलगायतका संस्थाहरुसंग सहकार्य भएको बताउनुभयो । कोभिड १९ ... Read More
मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समिति (मउविस) ले सोमबार अनाथ अपांग बाल पूनर्स्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–१४, मयूरधापस्थित केन्द्रमा मउविस सभापति निलम बैद्यको सभापतित्व तथा संघका अध्यक्ष कृष्ण कटुवालको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा बोल्नुहुदै सभापति बैद्यले कोरोनाकालको बिषम परिस्थतिमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । अध्यक्ष कृष्ण कटुवालले हाल कोरोनाको त्रास कायमै रहेपनि १–२ बर्षभित्रै सबै क्षेत्र पूनर्स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाले केन्द्रलाई एकबर्षको वाइफाईको व्यवस्था गरिदिने बताउनुहुंदै केन्द्रको आग्रहानुसार दुईजना बालकहरुको पढाईको व्यवस्था गरिदिने बताउनुभयो ।
कार्यक्रममा केन्द्रका सञ्चालक रामहरी कोइरालाले बन्दाबन्दीको समयमा केन्द्रलाई समस्या हुने होकि भन्ने डर रहेको भएपनि विभिन्न दाताहरुको ... Read More
मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार मौद्रिक नीति कार्यान्वयन सम्बन्धमा छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा निषेधाज्ञा कहिलेसम्म लम्बिने थाहा नभएकाले उद्योगीहरु धेरै समस्यामा भएको र मौद्रिक नीति २०७७/७८ ले व्यवसायीहरुलाई केही राहतको वातावरण बनाइदिए पनि सुविधा लिने सवालमा भने अन्यौलता रहेकाले के–कस्ता प्रावधान कार्यान्वयनमा आए के–कति बाकी छन् एकिन हुनुपर्ने उहाले बताउनु भयो ।
नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्रि प्रसाद चौलागाईले बैंकले आफ्ना नियमित ग्राहकलाई नया व्यवस्थाअनुरुप व्याज घटाइदिए अर्को बैंकमा ऋण सार्नुपर्ने अवस्था नआउने बताउनुभयो । त्यस्तै नारायणी यातायात कम्पनी प्रालिका माधव अधिकारीले राष्ट्र बैंकको नीति कार्यान्वयनका लागि गरिएको सर्कुलरमा बैंकहरुले शुन्य ... Read More
मकवानपुर उद्योग वाणिज्य संघमा मंगलबार मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग बाणिज्य संघ अन्तर्गतको महिला उद्यमी बिकास समितिका सभापति नीलम बैद्यको सभापतित्व तथा संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा व्युटी पार्लर व्यवसायी तथा प्रशिक्षक संगिता श्रेष्ठको नेतृत्वमा रोशनी धिताल, उमा व्लोन, सुधा बानिया र अन्जु तुम्सिङले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि कृष्ण कटुवालले श्रावण महिनाको मेहेन्दी सम्बन्धी पर्व हाम्रो संस्कृतिसंग जोडिएको र सबै महिलाहरुको साझा पर्व भएको बताउनु हुदै कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । समितिका सभापति नीलम बैद्यले महिलाहरुलाई एकजुट गराउन यस पर्वलाई अवसरको रुपमा लिएको ... Read More
मौद्रीक नीतिमार्फत उध्योग/वाणिज्य क्षेत्रलाई राहत व्यबस्था गर्न प्रमुख जिल्ला अधिकारीज्यु मार्फत नेपाल सरकारका अर्थमन्त्रीज्युलाई संघले ज्ञापन पत्र पेश गरेको छ ।
... Read Moreमकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार सरकारले लकडाउन खुकुलो बनाएसंगै सुरक्षा मापदण्ड पालना गर्ने बिषयमा बस्तुगत संघहरुसंग छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा संघमा आवद्ध अधिकांश बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष कटुवालले सरकारले सुरक्षा सावधानी अपनाउदै केही व्यवसाय सुचारु गर्न गरेको निर्णयपछि सुरक्षा मापदण्ड पालना गर्नु सबैको कर्तव्य रहेको बताउनु भयो । मापदण्ड पालना गराउन आफ्ना–आफ्ना सदस्यहरुलाई उत्प्रेरित गर्न सबै बस्तुगत संघहरुलाई आग्रह गर्नुहुदै उहांले आवश्यक्तानुसार दण्ड जरिवाना समेत तोक्न पनि आग्रह गर्नुभयो । बिभिन्न बस्तुगत संघका तर्फबाट आएको जिज्ञासा माथि जबाफ दिनुहुदै व्यवसायीलाई घरभाडा, कर, बैंक किस्ता र कर्मचारीको तलब गरी ४ ... Read More
मकवानपुर उद्योग वाणिज्य संघमा सोमबार बैकर्श एशोसिएसनसंग छलफल भएको छ । लकडाउनको अबस्थामा उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याहरुको बिषयमा बैकर्श एशोसिएसनसंग छलफल भएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडामा रहेका विभिन्न बैंकहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष कटुवालले लकडाउनको कारण सिर्जित विद्यमान कठिन परिस्थितिले उद्योगी÷व्यवसायीहरुलाई परेको विभिन्न समस्याहरुबारे जानकारी गराउनु हुंदै व्यवसायीहरु गम्भिर समस्यामा पर्दा बैंक पनि समस्यामा पर्ने भएकाले दुवैले एकअर्कालाई सघाउनु पर्ने बताउनुभयो । व्यवसायीका जायज समस्याहरुलाई बैंकको प्रधान कार्यालयसम्म पु¥याइदिन पनि उहांले आग्रह गर्नुभयो । नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले बैंकहरुलाई केन्द्रीय बैंकबाट परिपत्र नआएसम्म नीतिगतरुपमा फरक पर्नेगरी केही गर्न ... Read More
मकवानपुर उद्योग बाणिज्य संघमा शुक्रबार लकडाउनको अबस्थामा बजार व्यवस्थापन, बैंकको किस्ता तथा कर भूक्तानी लगायतका उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याहरुको बिषयमा छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु, राजनैतिक दलका प्रतिनिधिहरु लगायत संघका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष कटुवालले बिद्यमान कठिन परिस्थितिले उद्योगी व्यवसायीहरुलाई परेको विभिन्न समस्याहरुबारे जानकारी गराउनुभएको थियोे । बैंक व्याज तथा किस्ताको सम्वन्धमा लकडाउन अवधिलाई शुन्य समय मान्दै ब्याज मिनाहा र सांवा भूक्तानी अवधि थप गर्नुपर्ने बताउनु भयो । उहांले ८ देखि ९ वटा जिल्लाहरु समय र व्यवसायिक प्रकृति मिलाई खुलिसकेको बताउनु हुंदै मकवानपुर जिल्लापनि निश्चित ... Read More
मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार बैंकको किस्ता तथा व्याज भूक्तानी सम्बन्धमा छलफल भएको छ । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा बैंकर्स एशोसिएसनका प्रतिनिधिहरुसंग बिहीबार बसेको बैठकमा राष्ट्र बैंकको निर्देशनपश्चात पनि हाल व्यावसायीहरुसंग बैंकको किस्ता तथा व्याज भूक्तानीका लागि ताकेता गरिरहेको सम्बन्धमा बैंकहरुको प्रष्ट धारण ल्याउन आग्रह गरिएको थियो ।
बैठकमा बोल्दै मउवासंघका उपाध्यक्ष गुप्ताले राष्ट्र बैंकको निर्देशन अनुरुप दैनिक सबै बैंकहरु खोल्नुपर्नेमा नखोलिएकाले समस्या भएको बताउनुभयो । हाल उद्योगी तथा व्यवसायीहरुले अग्रिम नगद जम्मा नगरेसम्म सामान पाउन गाह्रो भएकाले र एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफरमा समस्या भएको बताउनुभयो । उहाले हरेक दिन २ घण्टा सबै बैंक खोल्दा भिड पनि कम ... Read More
मकवानपुर उद्योग वाणिज्य संघमा कोरोना सक्रमणको जोखिमको कारण हुनसक्ने सम्भावित दैनिक तथा अत्यावश्यक सामाग्रीहरुको अभावलाई मध्यनजर गर्दै सरोकारवालाहरुको शुक्रबार संघमा छलफल कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सदस्यहरु निलम वैद्य, माधव ज्ञवाली, राजाराम कार्कीलगायत कपडा तथा तयारी पोशाकका अध्यक्ष तेजराज अधिकारी, सिलाई व्यवसायी संघका अध्यक्ष नारायण सिंह थिङ, डिलर, खाद्यान्न आदि बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
छलफलमा बोल्नुहुदै ग्यांस व्यावसायी संघका अध्यक्ष दिलिस गोविन्द जोशीले बजारमा ग्यांस अभाव नभएको स्पष्ट पार्नुहुदै उपभोक्ताले स्टक राख्न ... Read More
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति, मनहरीको नयां कार्यसमितिको लागि शुक्रवार निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनमा नारायण सुवेदीको नेतृत्वमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएको संघका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत इश्वर राज ढकालले जानकारी गराएका छन् । सुवेदीले यस अघि नै उपसभापति र कार्यवाहक सभापति भई समितिमा कार्य गरिसकेका थिए । समितिका तत्कालिन सभापति गोविन्द प्रसाद रिजालको निधनपश्चात सुवेदीले कार्यवाहको जिम्मेवारी लिएका थिए । २०७६ फागुन १५ गते साधारण सभा सम्पन्न भएको थियो भने निर्वाचनको कार्यभार बाकी राखी सहमतिबाटै नेतृत्व चयनको प्रयास हुदै आएको थियो ।
चैत्र ७ गते सम्पन्न निर्वाचन प्रकृयाबाट वरिष्ठ उपसभातिमा ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले जिल्लाका बिभिन्न स्थानमा मास्क वितरण कार्यक्रम गरेको छ । २०७६ फागुन २८ गते हेटौंडा अस्पतालमा १००० थान मास्क वितरण गरी शुरु गरेको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा मास्क वितरण गरिएको छ । कोरोना भाइरस फैलिरहेको अवस्थामा यो रोग स्वासप्रश्वासबाट पनि सर्ने भएकाले मास्क बितरण गरिएको हो । संघले मास्क वितरण गरेकोले व्यवसायीहरुले मास्क लुकाएको गुनासो गर्नुपर्ने अवस्था नरहेको संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले कार्यक्रममा बताउनु भएको थियो । हेटौंडा अस्पतालका बालरोग बिशेषज्ञ डा. हरि खड्काले सुविधासम्पन्न अस्पतालहरु काठमाडौंमा मात्र भएकाले हेटौंडामा यस्तो सहयोग अत्यावश्यक रहेको बताउनु भयो । उहाले बिश्वभरि १०० भन्दा बढी देशमा कोरोना भाइरस ... Read More
मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत गठित महिला उद्यमी विकास समितिले आठौं महिला उद्यमी, कृषि व्यापार तथा पर्यटन मेला २०७६ आयोजना गर्ने सम्बन्धमा २०७६ फागुन १८ गते पत्रकार सम्मेलनको कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । सम्मेलनमा महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यले महिला उद्यमशीलतको प्रबर्द्धन गर्ने मुख्य उद्देश्य रहेको यस मेलामा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
मकवानपुर उद्योग वाणिज्य संघले जिल्लामा रहेका सम्पूर्ण महिला उद्यमीहरुलाई संगठित गराउन वि.सं २०५३ सालमा महिला उद्यमी विकास समिति गठन गरी हालसम्म क्रियाशिल गराउंदै आएको छ । गठित समितिले स्थापनादेखि नै मकवानपुरमा छरिएर रहेका महिलाहरुको सिप र कलालाई उद्यमशील बनाउन ... Read More
मकवानपुर उद्योग बाणिज्य संघमा सोमबार पार्किङ व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष कृष्ण कटुवालले पार्किङको कारण बजार अस्तब्यस्त देखिएकोले सबैले यसको समाधानमा पहल गर्नुपर्ने बताउनु हुदै नगरपालिका तथा सम्बन्धित सरकारी निकाय र सरोकारवालाहरुको एउटै धारणा बनाउन छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडालाई प्रदेश राजधानी बनाउन धेरै पहलहरु भएको तर हेटौंडाको बजार व्यवस्थापनमा भने पर्याप्त ध्यान नपुगेको बताउनु भयो । प्रदेशको स्थायी राजधानी भैसकेपछि हेटौंडाबासी माथी बजार व्यवस्थित गनुपर्ने दायित्व बढेको ... Read More
मकवानपुर उद्योग बाणिज्य संघले बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई साउण्ड सिष्टम सहयोग गरेको छ । ट्राफिक सचेतना अभिवृद्धिको लागि संघका अध्यक्ष कृष्ण कटुवाललगायत संघका पदाधिकारी, सदस्य तथा ट्राफिक प्रहरीहरुको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकाललाई उक्त साउण्ड सिष्टम हस्तान्तरण गरिएको थियो ।
... Read More
मकवानपुर उद्योग बाणिज्य संघमा भिसिटिएस प्रणाली सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षता र राजश्व अनुसन्धान कार्यालय, पथलैया, बाराका प्रमुख राजन कुमार बिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख शन्त बहादुर ढकाल, राजश्व अनुसन्धान कार्यालय, पथलैया, बाराका अधिकृतद्धय गगन बहादुर शाही र बिजय कुमार बिडारीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले भिसिटिएस सम्वन्धमा हेटौंडाका व्यवसायीहरुलाई सम्पूर्णरुपमा जानकारी प्रदान गरिदिन आग्रहपश्चात मन्तब्य राख्नुहुदै राजश्व अनुसन्धान कार्यालय, पथलैया, बाराका प्रमुख राजन कुमार बिसीले भिसिटिएस र ... Read More
मकवानपुर उद्योग बाणिज्य संघमा बिहीबार पार्किङ व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, संघका अध्यक्ष कृष्ण कटुवालसहित संघका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । छलफलमा हेटौंडाको बजार क्षेत्रमा बढिरहेको सवारी चापले पार्किङ व्यवस्थापनमा देखिएको समस्या समाधानको लागि छलफल भएको छ ।
... Read Moreमकवानपुर उद्योग बाणिज्य संघ र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित भूकम्पपछिको पुनर्निर्माणमा निजी क्षेत्रको योगदान र भूमिका विषयक एक दिवसीय अन्तक्र्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) का केन्द्रीय अध्यक्ष तथा पूर्व गृहसचिव खेमराज रेग्मीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान शाखाका प्रमूख विमल केपी, जिल्ला कार्यान्वयन ईकाइ शिक्षा शाखाका प्रमुख बद्रि बहादुर पाठक, जिल्ला कार्यान्वयन ईकाइ भवन निर्माण शाखा प्रमूख तुल्सिराम खर्वुजालगायतको आतिथ्यता रहेको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले भूकम्पबाट आफूहरु सबै प्रभावित भएकोमा तीन लाख अनुदान अत्यन्त न्यून भएको बताउनुहुदै ... Read More
सामाजिक सुरक्षा कोष, बबरमहल, काठमाडौंको आयोजना, उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ र एच. आर. सोसाईटी नेपालको सहकार्यमा एक दिवसीय सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कोषका प्रशासकीय अधिकृत कैलास कुमार यादवलगायत, उद्योगी/व्यवसायी, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरु, लेखापरीक्षकहरु तथा निजि विद्यालय संचालकहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको अध्यक्षता, एच.आर. नेपालका अध्यक्ष मोहन ओझा, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता र उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्यालको आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले कोषका सुविधा तथा प्रावधानहरुबारे प्रस्तुतिकरण गरेका थिए ... Read More
नेपाल उद्योग वाणिज्य महासंघ र न्यु विजनेश एज प्रालि, काठमाडौंको आयोजना तथा यस मकवानपुर उद्योग बाणिज्य संघको सहआयोजनामा महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संघका महिला उद्यमी विकास समितिका सभापति निलम बैद्यको सभापतित्व तथा हेटौंडा उपमहानगरपालिका कार्यालयका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभापति बैद्यले अतिथि र सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमले महिला उद्यमीहरुकोे समस्या समाधानमा सघाउ पु-याउन सहजीकरण गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि हेउनपाका उपप्रमुख मिना लामाले कार्यक्रमले उद्यमशिलतालाई प्रोत्साहन गर्ने आशा व्यक्त गर्नुभयो । हेटौडा उपमहानगरपालिकाले महिला उद्यमीहरुलाई सघाउने हिसाबले कामहरु गरिरहेको बताउदै उद्यमशिलताको विकासको लागि आफूहरु लागिरहेको ... Read More
मकवानपुर उद्योग बाणिज्य संघको निमन्त्रणामा दक्षिण कोरियाको मल्टिनेशनल पोल्ट्री कम्पनी हारिम पोल्ट्री फार्मबाट बिशेषज्ञ टोली नेपाल आएका छन् । पौष २९ गते नेपाल आएको टोलीले संघका अध्यक्ष कृष्ण कटुवाल र संघको कृषि समिति संयोजक कृष्ण ढुंगानाको संयोजनमा काठमाडौंमा पोल्ट्री महासंघका प्रतिनिधिहरु र बेलारुसका महावाणिज्य दुत तथा लगानीकर्ता अजेयराज सुमार्गीलयागतका व्यक्तित्वहरुसंग छलफल गरी माघ १ गते हेटौंडा आई माग २ गते बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र संघमै पनि छलफल गरिएको छ । छलफलमा यहाका ईच्छुक किसान तथा लगानीकर्ताले आवश्यकक्ता महशुस गरेमा कोरियामै २ देखि ३ महिनासम्मको तालिम प्रदान गर्न पनि सकिने हारिम पोल्ट्री फार्मका भाईस प्रेसिडेन्ड जुङ मुन सोङले बताएका छन् ... Read More
मकवानपुर उद्योग बाणिज्य संघले उद्योग संघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सम्मानमा सोमबार स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कटुवालले उद्योग संघ मकवानपुरका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्नुहुदै हेटौंडा राजधानी हुनु पहुचका हिसावले सहज हुने भएकोले समग्र उद्योगी/व्यवसायीहरुको समस्याहरु समाधानको पहल गर्ने दायित्व बढेको विचार व्यक्त गर्नुभयो । अध्यक्ष कटुवालले कर, बैंक व्याज जस्ता विषयहरुले सिर्जना गरेको समस्याहरुको बारेमा चर्चा गर्नुभयो । मुख्यमन्त्री, प्रमुख प्रतिपक्षि दलका नेता स्थानीय भएकोले हेटौंडा राजधानी घोषणा सहज भएको पनि उहाले बताउनु भयो । सडक विस्तारको विषयमा मउवासंघले गरेको पहलको बारेमा छलफलमा जानकारी पनि गराउनु भएको थियो ।
संघको ... Read More
जिल्ला प्रहरी कार्यालय मकवानपुरका नव आगन्तुक प्रमुख सुशिल सिंह राठौरको एक कार्यक्रम आयोजना गरी मकवानपुर उद्योग वाणिज्य संघले बुधबार हेटौंडामा स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्युको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, संघका उपाध्यक्षहरु कृष्ण कुमार गुप्ता, गणेश भेटुवाल, राम प्रसाद न्यौपाने, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरि विष्णु ढकाल, प्रहरी नायव निरीक्षक मनोज कुमार यादवलगायत संघका महासचिव प्रमोद सिंह रानाभाटसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यज्युहरुको उपस्थिति रहेको थियो । अध्यक्ष कटुवालले संघको सुरक्षा र ट्राफिक व्यवस्थापनको सन्दर्भमा संघको तर्फबाट विचार राख्नु भएको थियो । त्यसैगरी संघको तर्फबाट सचिव तथा प्रवक्ता ... Read More
मकवानपुर उद्योग वाणिज्य संघ र चुरेहिल हस्पिटल बीच संघका सदस्य तथा परिवारलाई औषधी तथा उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उक्त सहुलियत घोषणा गरिएको हो । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको सभाअध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चुरेहिल हस्पिटलका अध्यक्ष गोकर्ण पराजुली, संघका महासचिव प्रमोद सिंह रानाभाट, कार्यसमिति सदस्यहरु दिवस पराजुली, राजाराम कार्की, कृष्ण ढुंगाना, कुलप्रसाद चौलागाई, त्यसैगरी हस्पिटलका संचालक नारायण लाल श्रेष्ठ, प्रशासन प्रमुख विवेक मानन्धर र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
हस्पिटलका अध्यक्ष पराजुलीले सदस्य स्वयमको हकमा संघमा आवद्ध रही नविकरण गरेको प्रमाणित परिचयपत्र र सदस्यका परिवारका सदस्यहरुको हकमा उक्त परिचयपत्रको ... Read More
ललितपुर उद्योग वाणिज्य संघको भ्रमण टोली अध्ययन अवलोकनको क्रममा बिहीबार हेटौंडा आएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेलगायतका संघका पदाधिकारी तथा सदस्यहरुले ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठको नेतृत्वमा आएको टोलीलाई हेटौंडामा स्वागत गरेका छन । मकवानपुर उद्योग वाणिज्य संघको सभाकक्षमा भ्रमण टोलीलाई स्वागत गर्दै आपसी अनुभव आदानप्रदानको लागि छलफल कार्यक्रम गरिएको थियो ।
विभिन्न जिल्लाहरुको अध्ययन अवलोकन गर्ने क्रममा भ्रमणको पहिलो दिन हेटौंडा आएको टोली बीरगंज, बारा, रौतहट, जनकपुर, सिन्धुली र काभ्रे जिल्ला भ्रमण गर्ने बताइएको छ । कार्यक्रममा कार्यवाहक अध्यक्ष न्यौपानेले मकवानपुर जिल्लाको बस्तुस्थिति र संघको गतिविधि बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा उद्योग ... Read More
व्यवसायिक योजना तथा कर सम्बन्धी तालिम हेटौंडामा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दहालको सभाध्यक्षता र प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा पाच दिने तालिमको बिहीबार समापन गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघले संयुक्तरुपमा तालिम व्यवस्थापन गरेका थिए । २०७६ मंसिर २९ गतेदेखि शुरुभएको तालिममा उद्यमी, पेशाकर्मी र अन्य प्रशिक्षार्थी गरी ३५ जनाको तालिममा सहभागिता रहेको थियो । कर सम्बन्धी तालिम लेखापरीक्षक पूर्णमान श्रेष्ठले प्रदान गर्नुभएको थियो भने व्यवसायिक योजना सम्बन्धमा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत नारायण प्रसाद खनालले प्रशिक्षण दिनुभएको थियो । ... Read More
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा यज्ञोदय दुग्धनाथ थारु वहुमुखी क्याम्पस, सुद्धोधन गाउपालिका, रुपन्देहीका वि.वि.यस. चौथो वर्षका विद्यार्थीहरु र प्राध्यापकको अध्ययन अवलोकन भ्रमण टोलीसंग हेटौंडामा छलफल भएको छ ।
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र प्रयाप्त नहुने र भ्रमणबाट यथार्थ बस्तुस्थिति बुझ्न सकिने भएकोेले भ्रमण कार्यक्रम गरिएको उक्त क्याम्पसका प्राध्यापक दामोदर अर्यालले बताउनु भएको थियो । भ्रमण टोलीलाई अध्यक्ष कटुवालले स्वागत गर्नुहुदै छलफलका क्रममा विद्यार्थीहरुबाट राखिएका जिज्ञासा उपर मकवानपुर जिल्लामा औद्योगिक व्यावसायिक गतिविधि, संघको गतिविधिलगायतको बारेमा जानकारी गराउनु भएको थियो । विद्यार्थीहरु अध्ययनपश्चात विदेश पलायन हुने प्रवृत्ति रहेकोले विदेश गएपनि पुनः नेपाल फर्केर स्वरोजगारमूलक उद्यममा लाग्नुपर्ने धारणा उहांले राख्नुृ भएको थियो । ... Read More
मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको सभाध्यक्षता र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालको प्रमुख आतिथ्यतामा एक दिवसीय कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सरकारले आ.व २०७६/७७ देखि कार्यान्वयनमा ल्याएको E-TDS, Connect IPS, व्च्ट्स लगायतका नयां प्रणालीहरुको बारेमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले सहजिकरण गर्नुभएको थियो । कर सप्ताह मनाउने क्रममा मकवानपुर उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा संघका निवर्तमान अध्यक्ष श्री राजकुमार न्यौपाने, संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा ... Read More