Membership

किन लिने मकवानपुर उद्योग वाणिज्य संघको सदस्यता ?

किनभने संघको सदस्य हुनुभयो भने तपाईले निम्नानुसारका सेवा तथा सुविधाहरु उपभोग गर्न पाउनु हुनेछ ।

तपाईको व्यवसायमा परेको व्यक्तिगत व्यवसायिक समस्या समाधान गर्ने संघ एउटा ठूलो शक्ति हो जसलाई तपाईले उपयोग गर्न सक्नुहुनेछ । संघको सदस्य हुनुभएमा तपाईले आफ्नो व्यवसायको संरक्षकको रुपमा संघलाई पाउनुहुनेछ । संघले प्रदान गर्ने विभिन्न सेवामूलक कार्यहरुमा तपाईले सहुलियत पाउनुहुनेछ । संघ मार्फत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सम्बन्ध विस्तार एवं व्यक्तिगत पहिचान बनाउने अवसर पाउनुहुनेछ । संघले बेलाबेलामा प्रकाशित गर्ने बुलेटिनहरु, मेम्बर्स डाइरेक्टरीहरुबाट जानकारी लिन पाउनुका साथै त्यसै मार्फत आफ्नो व्यवसायको जानकारी अरुलाई प्रवाह गर्न पाउनुहुनेछ । संघ मार्फत विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष रुपमा समाहित हुने अवसर पाउनुहुनेछ ... Read More

मकवानपुर जिल्लामा उद्योग/ब्यबसाय क्षेत्रमा संलग्न ब्यबसायिक उदेश्य भएका नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता पनि रहेका फर्महरुले यस संघको सदस्यता लिन सक्छन् ।

सदस्यताको वर्गीकरण:

क) साधारण सदस्य (उद्योग/वाणिज्य): 

मकवानपुर जिल्लामा उद्योग व्यवसाय सम्बन्धी काम गरी वसेका दर्तावाला (रजिष्टर्ड) जुनसुकै फर्म, कम्पनी, उद्योग र कारोवार गरिरहेका १.५ करोड भन्दा कम चुक्ता पुजी भएका यस जिल्लाका व्यवसायीहरुले संघको साधारण सदस्यता प्राप्त गर्न सक्नेछ । 

 

ख) एशोसियट सदस्य: 
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका रु. १,५०,००,०००।०० (एक करोड पचास लाख) वा सो भन्दा वढी चुक्ता पूजी भएका राष्ट्रिय, बहुराष्ट्रिय उद्योग, कम्पनी, संस्थान, वैक यस संघको एशोसियट सदस्य हुन सक्नेछन् ।


ग) बस्तुगत सदस्य:

विभिन्न व्यवसायिक प्रकृतिका अलग-अलग रुपमा संगठित, संघको रुपमा दर्ता भै मान्यता ... Read More




Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback