राष्ट्रिय औद्योगिक व्यापार मेला भव्यताका साथ सम्पन्न मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यही कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला भव्यताका साथ सम्पन्न गरिएको छ । मकवानपुर जिल्लाको आर्थिक, सामाजिक, सा“स्कृतिक विकासका लागि संघले प्रत्येक दुइ वर्षमा मेलाको आयोजना गर्ने कार्यक्रम बमोजिम यस पटक ११ दिने मेला कार्यक्रमको आयोजना गरिएको हो । “नेपालीको आशलय, समृद्धिको लागि व्यवसाय” भन्ने मूल नाराका साथ सम्पन्न मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन तथा विक्री वितरण हुनुका साथै आन्तरिक पर्यटनको विकासमा पनि महत्वपूर्ण योगदान पुगेको संघका अध्यक्ष अरुणराज सुमार्गीले बताउनुभयो । उहाले यस मेलाको सफलताले आगामी २ वर्षपछि हुने मेलाको स्वरुप
परिवर्तन गर्दै नेपाल र भारतबीच औद्योगिक तथा व्यापार प्रवद्र्धन गर्न द्विराष्ट्रिय मेला गर्ने योजना रहेको पनि बताउनुभयो । मकवानपुरवासीका साथसाथै छिमेकी जिल्लाहरु बारा, पर्सा, चितवन, रौतहट, सिन्धुली, धादिङ, काठमाडौंलगायत देशका विभिन्न स्थानबाट गरी करीब २ लाख २५ हजारले मेलाको अवलोकन गरेका थिए । मेलामा स्थानीय तथा राष्ट्रिय उत्पादनहरुका समेत गरी ३ सय ९ वटा स्टलहरु राखिएका थिए । माननीय अर्थमन्त्री वर्षमान पुनबाट उद्घाटन गरिएको यस मेला अवधिभर १३ करोड
बराबरको कारोबार भएको थियो । मेला मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघ, आयोजक जिल्ला विकास समिति मकवानपुर, हेटौंडा नगरपालिका, सहआयोजक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षेत्रीय कृषि निर्देशनालय, कृषि विकास कार्यालय मकवानपुर तथा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरु रहेका थिए भने प्रवद्र्धकको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको सहयोग रहेको थियो ।
मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य, घरेलु तथा हस्तकलाका सामाग्रीहरु, शैक्षिक, अटो, खाना, आई.टी. संग सम्बन्धित विभिन्न सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो । मेलालाई थप आकर्षण प्रदान गर्न दैनिकरुपमा राष्ट्रियस्तरका कलाकारहरुको बाक्लो जमघट गराईएको थियो । स्थानीय व्याण्ड तथा कलाकारहरुको पनि दैनिक प्रस्तुति रहेको थियो भने जिल्लाका गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले ‘हिमस्टार हेटौंडा आईडल’ कार्यक्रमको पनि आयोजना गरिएको थियो । साथै जिल्ला विकास समिति मकवानपुरको सहयोगमा लोपोन्मुख पञ्चेबाजा प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।
मेलाको उद्घाटन अवसरमा नै स्व. माधवराज स्मृति कोषद्वारा बैकल्पिक मार्ग निर्माण सहयोगार्थ रु. १ करोडको चेक प्रमुख अतिथि माननीय अर्थमन्त्री वर्षमान पुनज्यूमार्पmत संघलाई
हस्तान्तरण गरिएको थियो । मेलामा बालबालिकाहरुका लागि भव्य बालउद्यानको व्यवस्था गरिएको थियो भने अटो, आई.टी,, कृषि, उद्योग, विद्युतीय सामाग्रीहरु, गार्मेन्ट्स, रेष्टुरेण्ट, घरेलु तथा हस्तकला उद्योगहरुका अलगअलग पेभेलियनहरु राखिएका थिए । मेलामा नया“ प्रश्तुतीको रुपमा कम्प्यूटरको निःशुल्क सर्भिसिड्ड क्याम्पको पनि व्यवस्था मिलाइएको थियो । मेलाको समापन संघका पूर्वअध्यक्ष तथा सल्लाहकार श्री रामकृष्ण गोर्खालीज्यूबाट गरिएको थियो भने समापनकै अवसरमा मेला स्मारिका २०६८ पनि विमोचन गरिएको थियो ।
|
राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यही कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । मकवानपुर जिल्लाको आर्थिक, सामाजिक, सास्कृतिक विकासका लागि संघले प्रत्येक दुइ वर्षमा मेलाको आयोजना गर्ने कार्यक्रम बमोजिम यस पटक कार्तिकमा मेलाको आयोजना गरिन लागेको हो । मेलाको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघ, आयोजक जिल्ला विकास समिति मकवानपुर, हेटौंडा नगरपालिका, सहआयोजक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षेत्रीय कृषि निर्देशनालय, कृषि विकास कार्यालय मकवानपुर तथा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरु छन् भने प्रवद्र्धकको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड रहनेछन् । मेलालाई जीआईजेड इन्क्लुड–सेक्वालगायत विभिन्न संघसंस्थाहरुले पनि सहयोग पु¥याउनेछन् ।
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगी व्यवसायीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, प्रचार प्रसार एवम् विक्री वितरण गराई व्यवसाय प्रवद्र्धन गरी समग्रमा
राष्ट्रको आर्थिक विकास गराउने मुख्य उद्देश्यले संचालन गरिन लागेको मेलामा उद्योग, व्यापार , कृषि, पर्यटन, संचार, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करीब ४ सय ५० वटा स्टलहरु रहनेछन् । मेलालाई करीब ४ लाख दर्शकहरुले अवलोकन गर्ने संघले अनुमान गरेको छ । राष्ट्रियस्तरमा गरिन लागेको यस मेलामा विभिन्न औद्योगिक उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनी हुनेछ भने हस्तकलाका उत्पादनहरु, अटो, वित्तीय संस्थाहरु, सूचना प्रविधि सम्बन्धी वस्तुहरुको अवलोकन तथा खरिद विक्री पनि गर्न सकिनेछ । बालबालिकाहरुको लागि विभिन्न
मनोरञ्जनात्मक खेल तथा प्रदर्शनीहरुको व्यवस्था गरिएको छ भने राष्ट्रियस्तरका थुप्रै ख्यातिप्राप्त कलाकारहरुको पनि मेलामा दैनिक प्रस्तुति रहनेछ ।
“नेपालीको आशय, समृद्धिको लागि व्यवसाय” भन्ने मूल नाराका साथ गरिन लागेको यस मेलाले नेपाल पर्यटन वर्ष २०११ लाई पनि यथेष्ट मात्रामा सघाउने संघले विश्वास लिएको छ ।
मेलाको स्टल बुकिङ कार्य छिट्टै नै शुरु हुदैछ भने स्टल बुकिङ फाराम संघको वेबसाईट www.mcci.org.np बाट डाउनलोड गरी भर्न सकिने पनि व्यवस्था मिलाईएको छ । |