MCCI Agenda

Latest News & Events
57th AGM

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताज्यूको अध्यक्षता, बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यता, प्रतिनिधि सभा सांसदद्वय माननीय दिपक बहादुर सिंह र महेश बर्तौलाको विशिष्ट आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यज्यूको विशिष्ट आतिथ्यता, बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान, बामगती प्रदेश सभा सदस्यद्वय माननीय एकालाल श्रेष्ठ र लक्ष्मी श्रेष्ठलगायत, विभिन्न विशिष्ट महानुभावहरुको आतिथ्यता, पत्रकारज्यूहरु र संघका सदस्यहरुको सहभागितामा संघको ५७ औं वार्षिक साधारण सभा हेटौंडाको पल्पसा सदनमा सम्पन्न भएको छ ।


५७औं वार्षिक साधारण सभामा पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु र सम्पूर्ण महानुभावहरुलाई संघका अध्यक्ष कृष्ण कुमार गुप्ताज्यूले सभामा स्वागत गर्नुहु“दै ... Read More


Blood donation

संघको ५७औं वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम शनिबार आयोजना गरिएको छ । संघ अन्तर्गतको सामाजिक भूमिका तथा अतिरिक्त क्रियाकलाप समितिले कार्यक्रम संयोजन गरेको हो । रक्तदान जीवनदानको स्लोगन राखी कार्यक्रम गरिएको थियो । कार्यक्रममा ४३ जनाले रक्तादान गर्नुभएको थियो ।

 

... Read More

Energy program

मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा उर्जा दक्षताको महत्व सम्बन्धमा एक दिवशीय अन्तर्क्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । मउवासंघले आयोजना गरेको कार्यक्रममा जि. आई. जेड.का प्रतिनिधिहरुले अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा जि. आई. जेड.का कार्यक्रम मेनेजर डा. सञ्जय गोर्खाली, वरिष्ठ उर्जा दक्षता विशेषज्ञ ज्ञानेन्द्र उपाध्याय र उर्जा सल्लाहकार सुदन कायस्थबाट अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा उर्जा अडिट सम्बन्धी जानकारी र आवश्यकताको बारेमा प्रकाश पारिएको थियो । उर्जा अडिट सम्बन्धी राष्ट्रिय नीति निर्माणमा पहल भईरहेको, अनावश्यक खर्च कटौती, प्रति युनिट लागतमा न्यूनिकरण, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, व्यवसायिक विकास सम्बन्धमा चर्चा गरिएको थियो । कार्यक्रममा मकवानपुर जिल्लाका दशवटा उद्योगको उर्जा अडिट ... Read More


Progream with Finance Minister

मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच व्यवसायिक समस्याहरु बारे मंगलबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महत रहनु भएको थियो । कार्यक्रममा बागमती प्रदेश सांसद इन्द्र बहादुर बानियाको विशेष आतित्यता रहेको थियो ।
संघका अध्यक्षबाट वर्तमान उद्योगी/व्यवसायीहरुको समस्याका बारेमा संघको तर्फबाट ज्ञापन पत्र बुझाउनु भएको थियो ।अर्थमन्त्री डा. प्रकाशशरण महतबाट उद्योगी/व्यवासायीहरु लगानी गर्न निरुत्साहित हुनुको कारण बैंकको ब्याज उच्च भएकाले सरकारले व्याजलाई कम गर्दै लगेको यसबाट लगानीको बढन थालेको, घरजग्गा खरिद बिक्री तथा सेयर बजार सुधारोन्मुख हुदै आएको औलाउनु ... Read More


व्यवसायीहरुको नापतौल उपकरणहरु दर्ता तथा नविकरण कार्य २०८० मंसिर १८ गतेदेखि प्रारम्भ भई मंसिर २३ गतेसम्म ६ दिन गरी शनिबार सम्पन्न गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय वीरगंजबाट आएका ४ सदस्यीय टोलीबाट छ दिनमा कुल ३३९ जनाको नापतौल उपकरण दर्ता तथा नविरकण गरिएको थियो । जसमध्ये नया दर्ता १०० जनाको र नविकरण २३९ जनाको भएको थियो । उद्योगी/व्यवसायीहरुले सामान बिक्री गर्न प्रयोग गर्ने नापतौल उपकरणहरु नियमानुसार अनिवार्य दर्ता तथा नविकरण गर्नुपर्ने हुन्छ । सोको लागि मकवानपुर उद्योग वाणिज्य संघको पहलमा व्यवसायीहरुको सहजताको लागि वीरगंजस्थित गुणस्तर तथा नापतौल कार्यालयबाट टोली खटिई आएका हुन् । मउवासंघले हरेक वर्ष करिव एक हप्ताको लािग ... Read More


बंगलादेश–नेपाल उद्योग वाणिज्य संघको भ्रमण टोलीसंग हेटौंडामा व्यवसायिक छलफल गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी संस्थागत तथा व्यवसायिक सम्बन्ध बारे छलफल गरिएको हो । बंगलादेश–नेपाल उवासंघका वरिष्ठ उपाध्यक्ष नविन थापाको नेतृत्वमा चारजना बंगलादेशी व्यवसायीहरु भ्रमण टोलीमा सम्लग्न रहेका थिए । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले छलफलमा मकवानपुरलाई प्राथमिकता दिई आउनुभएकोमा भ्रमण टोलीलाई धन्यवाद ज्ञापन गर्नुहु“दै व्यवसायिक सम्बन्ध विस्तारको लागि अनुरोध गर्नुभएको थियो । उहा“ले मउवासंघले संस्थागत विकासको साथसाथमा गरेका सामाजिक तथा परोपकारी क्रियाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
मउवासंघका पूर्व अध्यक्ष तथा बंगलादेश–नेपाल उवासंघका उपाध्यक्ष अरुणराज सुमार्गीले बंगलादेशदेखि ... Read More


Rahat



जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर २०८० कात्तिक १७ गते रातको ११ः४७ बजे गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट प्रभावितहरुका लागि मकवानपुरबाट राहत सामग्री पु-याइएको थियो । राहत सामग्रीसहित मंगलबार हेटौंडाबाट हिडेको टोली बिहिबार रुकुम पश्चिम पुगेको हो । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कोभिड महामारीको समयमा राहत सहयोगार्थ सहकार्य गरिएका नारायणी यातायात व्यवसायी संघलगायत अन्य १९ वटा संघसंस्थाहरु र कपडा तथा तयारी पोशाक व्यवसायी संघको तर्फबाट राहत सामग्री सहयोग भएको हो । उक्त राहत सामग्रीहरुमा १८x२४ को त्रिपाल ७५ थान, डसना १०० पिस, कुर्थासुरुवाल ७० सेट र कुर्था ३० पिस रहेको थियो ।


संघ, हेटौंडा उपमहानगरपालिका तथा धर्मकाटा ... Read More


More News ...
 
Welcome to Our Website
  Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).

MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.

MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.

The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber ... Read More

Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback